हेल्थ टुडे,
काठमाडौं, २९ साउन : नेपाल औषधि तथा विक्री प्रतिनिधि संघले आफ्नो स्थापनाको ५० औं बार्षिकोत्सव मनाएको छ । नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ, काठमाडौं इकाईको आयोजनामा राजधानीको सभागृहमा बुधबार बार्षिकोत्सब समारोह सम्पन्न भएको हो । कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनालले औषधि तथा विक्री प्रतिनिधि संघले उठाएका मागहरु सरकारले गम्भिरताका साथ लिएर समाधान गर्नु पर्नेमा जोड दिए । आयुर्वेदिक औषधिलाई पनि प्राथमिकतामा राखेर संघले बजार बिस्तारमा लाग्नु पर्ने आवश्यकता रहेको पूर्व प्रधानमन्त्री खनालले बताए । कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तीराम श्रेष्ठले चिकित्सक र औषधि बिक्री प्रतिनिधिबिचको संम्बन्ध नङ र मासुको जस्तो हुने बताउँदै संघका मागहरुलाई सरकारले ध्यान दिनु पर्ने बताए । सरकारले स्वदेशी औषधि कम्पनीलाई प्रोत्साहन गर्ने किसिमको नीति ल्याउनु पर्नेमा उनले जोड दिए । नेपाल औषधि तथा विक्री प्रतिनिधि संघका अध्यक्ष शित्तल श्रेष्ठले नेपाली औषधि बजारका करिव ४ हजार औषधि तथा विक्री प्रतिनिधि कार्यरत रहेको जानकारी गराउँदै सरकारले आफूहरुको पहिचान स्थापित गाउनु पर्ने माग गरे । विसं २०२६ सालमा स्थापना भएको संघको मातहतमा १३ इकाई छन् ।
Leave a Reply