• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

तिलगंगा आँखा अस्पतालमा ‘डिप स्ट्रेपिङ्ग इन्डोथेलियल केराटोप्लान्टी’ प्रविधिबाट आँखा प्रत्यारोपण

November 15th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
तिलगंगा आँखा अस्पतालमा ‘डिप स्ट्रेपिङ्ग इन्डोथेलियल केराटोप्लान्टी’ प्रविधिबाट आँखा प्रत्यारोपण

हेल्थ टुडे,
काठमाडौ,२९ कात्तिकः तिलगंगा आँखा अस्पतालले एक जनाको आँखाबाट ४ जनालाई दृष्टि दिने प्रविधि भित्राएको छ । अस्पतालले १० महिनाअघि नै एक व्यक्तिको आँखाको नानी निकालेर चार जनालाई दृष्टि दिन सकिने ‘डिप स्ट्रेपिङ्ग इन्डोथेलियल केराटोप्लान्टी’ नामक अन्तराष्ट्रिय प्रबिधि भित्राएको हो । यो प्रविधिबाट एक व्यक्तिका दुइटा आँखाले चार जनालाई दृष्टि दिन सकिने अस्पतालले जनाएको छ ।
यो प्रविधि भित्र्याउनुअघि एक व्यक्तिको आँखा दुई जनालाई मात्रै प्रत्यारोपण गर्न सकिन्थ्यो । यो प्रविधिबाट नानीको कुन भागमा समस्या भएको हो पहिल्याएर, सोही भाग मात्रै प्रत्यारोपण गर्न सकिन्छ। नानीका पाँच तह हुन्छन्। उक्त प्रविधिबाट कुन तहमा समस्या भएको हो, सोही पत्रमा मात्र प्रत्यारोपण गर्न सकिने हुँदा एक व्यक्तिको २ आँखा ४ जनालाई प्रत्यारोपण गर्न सम्भव भएको हो ।
यो प्रविधिबाट हालसम्म ६० जनालाई सेवा दिइएको अस्पताल व्यवस्थापकले जनाएको छ । प्रविधि भित्रिएपछि १५ जना व्यक्तिबाट ३० वटा आँखा संकलन गरेर ६० जनालाई प्रत्यारोपण गरिएको छ । प्रविधि भित्रिए पनि नानी प्रत्यारोपणको तालिम प्राप्त चिकित्सकको कमि, प्रत्यारोपणमा आवश्यक साधनको कमिका कारण सोचेजति प्रत्यारोपण गर्न नसकिएको जनाइएको छ ।
अहिले आँखा प्रत्यारोपण गराउनसक्ने चिकित्सक १२ जना मात्रै छन्।यो प्रविधिबाट प्रत्यारोपणलाई अझै शशक्त रुपमा लैजान प्रत्येक प्रदेशमा आँखा संकलन केन्द्र बनाउने, आँखा प्रत्यारोपण गर्नसक्ने चिकित्सक उपलब्ध गराउने, तालिम गराउन ‘रिकभरि सेन्टर’को संचालन लगायतका योजना रहेको अस्पतालले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कलेजो प्रत्यारोपण सम्बन्धि जनचेतना जगाउन मंसिर ७ गते मिनीम्याराथन
Next article नेपाल चिकित्सक संघको निर्वाचनः अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट डा.लोचनको उम्मेद्वारी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133176
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

32
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web