• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

डा. अवस्थी तपाईं बेवकुफ हो !

January 7th, 2020 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. अवस्थी तपाईं बेवकुफ हो !

अर्जुन शाह,
डा. गुणराज अवस्थी सर, सुरुमै आग्रह गर्छु कि मेरो लेखाइले ‘हेल्थ हिरो’ कहलिएको तपाईंको आत्मसम्मानमा पर्न जाने चोटका लागि माफ गर्नु होला ।
तपाईंलाई एक पृथक् र आफ्नो कर्तव्यमा दत्तचित्त राष्ट्रसेवकका रूपमा दशक अघिदेखि चिन्दै आएँ, बुझ्दै आएँ । तर आज म मेरो बुझाइमा कतै त्रुटि त छैन भन्नेमा पुगेको छु । अझ निम्छरो शब्दमै भन्नु पर्दा तपाईं बेवकुफ हो कि भन्ने पो लाग्दैछ ।
मैले थाहा पाएसम्म तपाईलाई नपुग्दो केही छैन । नोकरी अवधि अझै बाँकी छदैछ । त्यसैमा तपार्इंले सरकारी नोकरी छाडेकै दिन मनग्गे तनखा दिएर तपाईंलाई आबद्ध गर्न दातृ निकायबीच हानथाप हुने पक्का छ रे भन्ने पनि सुन्दै आएको छु । चार सदस्य रहेको सुखी परिवार । एक छोरा एक छोरी, आफू दुई बूढाबूढी । कस्तो सुखी र खुसी परिवार आहा ! आफू कहलिएको डाक्टर, धर्मपत्नी त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक । छोराछोरी दुवैले पूर्ण छात्रवृत्ति पाएर एमबीबीएस पूरा गरिसके । छोरा त सरकारी सेवामै होमिइसके । छोरी एमबीबीएसपछि पनि पूर्ण छात्रवृत्तिमै अमेरिकामा विद्यावारिधि गर्दैछिन् रे । छोरीले आफू अध्ययनरत युनिभर्सिटीमा टपेको सुनेर तपाईंमा सन्तानप्रति बिछट्टै खुसी छ सायद । किनकि अब त छोरीको हैसियत नै बेग्लै हुने तपाईं ढुक्क हुनुहुन्छ । र केही दिन पछि तपाईले भनेको कुरो सुनेर त तपाई झन् महाबेवकुफ जस्तो पो लाग्यो मनमनै । तपाई भन्दै हुनुहुन्थ्यो ‘छोरीले अमेरिकामा ३५ लाख पुरस्कार पाइन् । उनले बाबा यो पैसा केमा खर्च गर्नेभन्दा मैले सकेसम्म स्वास्थ्य सेवामा खर्चिनु भने रे ।’ तपाईंमा स्वास्थ्य सेवाको नसा देखेर म हैरान भए । अनि बस्ने कटेरो पनि छैन भन्नु छैन । काठमाडौंमा उहिल्यैदेखि राम्रै घर छ क्यार ।
तपाईं दार्चुलाको कुनामा जन्मेको भए पनि पारिवारिक पृष्ठभूमि पनि नाम चलेकै छ । तपाई त्यस्तो परिवारको सदस्य, जुन परिवारका सदस्यहरूको नाम लिदा जानेबुझेकाहरूको शिर निहुरिन्छ । डा. जयराज अवस्थी परिवारको सदस्य । डा. जयराज अवस्थीलाई समग्र शैक्षिक जगत्ले दियो ठान्छ । यत्ति भने पुग्ला । तपाई पनि पारिवारिक पदचाप पछ्याउँदै स्वास्थ्य सेवाको क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल हुनु भयो क्यार ।
यही पृष्ठभूमिको तपाईलाई खरो भएको देख्दा आजकल मलाई ताज्जुब लाग्न थालेको छ । दिनरात एउटै रटान छ तपाईको है, ‘स्वास्थ्य सेवाका दृष्टिले सुदूरपश्चिम प्रदेशलाई नमुना प्रदेश बनाउनै पर्छ’ । बेक्कारमा टाउको दुखाइ ! मज्जाले नोकरी पचाए हुन्न ?, तलवभत्ता त बसीबसी पाकिहाल्छ नि ! कि कसो डा. साप ।
मलाई त अझ यतिसम्म भन्न मन छ कि तपाई साह्रै कुबुद्धि भएको उच्च ओहोदाको सरकारी अधिकृत । तपाईमा सुदूरपश्चिमको स्वास्थ्यसेवाको अवस्थामा सुधार गरिछाड्ने हुटहुटी छ है ? म सोच्छु अहिलेको समाजमा तपाईको उद्देश्य कसरी फिट होला ? तपाईं कसरी फिट हुन सक्नु होला ? किन जताततै देख्छु, केही गर्न खोज्नेलाई प्रोत्साहनभन्दा पनि स्वार्थकेन्द्रित भई पछार्न खोज्नेहरूको पल्लाभारि भएको समाज छ । तपाईलाई लाग्दो हो ‘विगतमा पनि सजिलो त कहाँ थियो र । तर गर्न खोजे त रोकिँदो रहेनछ नि !’ तर अह ः मलाई अहिले त्यस्तो लाग्दैन ।
आमा र बुवाको निधन हुँदा आफूले पाउने १५ दिनको किरिया बिदासमेत छोट्ट्याएर बीचैमा काममा फर्किने तपाई , ‘लुट्न सके लुट कान्छा’ भन्ने सिद्धान्त र व्यवहार अपनाउनेहरूकै हाईहाई भइरहेको यो जमानामा तपाई चाहि घर बिदा, पर्व बिदा अन्य के के बिदाका सुविधाहरू पनि नलिएर सेवामै समय खर्चिन चाहने तपाईलाई बेवकुफ नभनी के भन्नु ?
तपाईलाई सेवा सुधारको बहुत धेरै नशा चढेको छ है ! मजाक लाग्छन् तपाईंका योजनाहरू । रोजेको ठाउँमा बस्न खोजे कतैबाट पनि रोकतोक नहुने अवसर हुँदाहुँदै पनि भर्खर जन्मेको अस्तव्यस्त प्रदेश संरचनामा नेतृत्व लिएर अनावश्यक कचकचमा फस्न चाहने तपाईलाई बेवकुफ नभनी के भन्नु ? संघीय मन्त्रालयको कुनै विभागमै बसेर मजाले घुमीघुमी गफ दिएर जागिर खाए हुन्न ? तर दुर्भाग्य, म जत्तिको भयंकर विद्वानको सुझाव पनि ग्रहण गर्ने समय त तपाईलाई कहाँ छ र है । किनकि तपाईमा त स्वास्थ्य सुधारको नशा जो छ ।
अझ पनि मनैदेखि भन्छु । स्वास्थ्य सुधारका नयाँनयाँ योजना ल्याएर वाहवाही कमाउला भन्ने लागेको भए त्यो तपाईको महाभूल हुनेछ । तपाईं जतिजति नयाँ योजना ल्याउनुहुन्छ नि, त्यत्ति तपाई फस्नु हुनेछ । अनावश्यक तनावले च्यापिनु हुनेछ तपाई । तपाईले जति पनि योजना बनाउनु भएको छ नि सर, दाबाका साथ भन्छु, ती सब बेकार हुन् । आप्नै पालामा सरकार र दातृ निकायको सहयोगमा पहाडी कुनै एक जिल्लामा ट्रमा सेन्टर बनाएरै छाड्छु, सुत्केरी र गर्भवतीलाई अकालमा मर्ने अवस्थामा सुधार ल्याउँछु, बालबालिकालाई कुपोषण हुने अवस्थाबाट जोगाउने प्रयास गर्छु, खोपबाट कुनै पनि बालबालिका बञ्चित हुने अवस्थामा आउन दिन्न, निःशुल्क औषधिको पूरापूर बन्दोबस्तको प्रयास गर्छु, मातहतका कर्मचारीलाई मनपरी गर्न दिन्न भन्ने तपाईको जुन प्रण छ नि त्यसैले तपाईले घेरिनु हुनेछ ।
दातृ निकायसँग सहकार्य गरेर तपाईले सुदूरपश्चिममा सुविधासम्पन्न क्षयरोग उपचार केन्द्र (हस्पिटल) बनाई रहनुभएको छ नि त्यसको सुकिलामुकिलालाई के मतलव । तपाई त डाक्टर भएकाले थाहा नहुने कुरै भएन, आजकल क्षयरोग सुकिलाहरूलाई लाग्ने रोग हैन नि हजुर ? त्यसैले तपाईले क्षयकुष्ठ अस्पताल बनाएको थाहा पाउने बित्तिकै थाहा छ, कतिपयले तपाईलाई के भन्नेछन् ‘डा. अवस्थीले त्यो अस्पताल बनाउने क्रममा त यति करोड हसुरे छ नि’ । अनि के गर्नुहुन्छ त्यसबेला ? त्यसैले त्यस्तो बेक्कारको टेन्सन नलिएकै बेस । ट्रमा सेन्टर बनाउने बेला पनि त्यस्तै होला । त्यो बनाउने बेला त झन् अर्बको कुरा हुन्छ सर अर्बको कुरा छ ।
स्वास्थ्य संस्थामा टेली अल्ट्रासाउन्डको सुविधा लन्च गर्ने उपकरण उपलब्ध गराउने परिकल्पना गर्दा पनि तपाईले झन्झट वा अड्चन व्यहोर्नै पर्नेछ । खरिद प्रक्रियामा शंका लागे अनुसन्धान गर्नुको साटो तपाईले अल्ट्रासाउन्ड उपलब्ध गराउने योजना नै त्रुिटपूर्ण छ भन्नेहरूको पल्ला भारी हुन बेर छैन । त्यसैले दुर्गमका सुत्केरी र गर्भवतीको अकालमा ज्यान जाने अवस्थामा न्यूनीकरण गर्छु भन्ने तपाईले योजना पनि बेकार हो । आधारभूत स्वास्थ्यपालिकाहरूमा निहित भइसक्यो । तपाई किन टाउको दुखाउनुहुन्छ गाउँमा आधारभूत स्वास्थ्य सेवाको रटान गरेर ।
तपाईलाई लाग्दो हो म खुबै जब्बर छु, म प्रष्ट छु । त्यो सोचाइ पनि बेकार हो । तपाईमा आरोप र षड्यन्त्रको राजनीति गरिरहेकाहरूले लजिकल आलोचना गरिदिए हुन्थ्यो भन्ने तपाईको इच्छा होला तर त्यो इच्छा पूरा कसरी होला र हजुर तथ्यभन्दा पनि प्रिपेड धारणा बनाउने यो समाजमा ? त्यसैले तपाई स्वास्थ्य सेवाका अनेक महत्वाकांक्षी योजना बुन्दै दिनरात खटिने बेवकुफ हो ।
यो सबका पछाडि स्वार्थ समूहहरूलाई तपाई खुसी पार्न सक्नु हुन्न । त्यसैले तपाईमाथि प्रहार हुनेछ । उल्टो तपाई कति धेरै महसुर है, झन्झन् ब्यान्ड गर्दिनु हुन्छ भन्या त्यस्ता समूहलाई । अचम्म !
अहिले तपाईले चाहेजस्तो जमाना हो र ? कार्यक्रममा बोलाएको सहभागी दुई मिनेट ढिला आउनेबित्तिकै हप्काए जस्तो कहाँ हुन्छ र हजुर । नेपाली समय भन्ने थाहा छैन तपाईलाई ? तपाई चै हर काम तोकिएको समयमा गर्नै पर्छ भन्ने अडान लिनुहुन्छ । समयमा कसैसंग सम्झौता हुन्न भन्नुहुन्छ । अनि कुरो मिल्छ कसरी त ?
बैतडी होस् या दैलेख या बाजुरा वा अन्य जिल्ला । तपाईले आफू बसेका जिल्लामा तहल्कै मच्चाउनु भयो है । तपाईका योजनाको पदचाप धेरैले समाते । सफलता मिल्यो । तर अहिले त्यो अवस्था होइन नि सर । तपाईं भन्नुहुन्छ, बालविवाहमुक्त प्रदेश बनाऔं, छाउपडी गोठमुक्त प्रदेश बनाऔं, सार्वजनिक कार्यालय धूमपानमुक्त बनाऔं । समयको पालना गरौं । नमुना प्रदेश बनाउन स्वास्थ्य क्षेत्रमा नमुना कार्यक्रम लन्च गरौं, दातृ निकायको भरपुर उपयोग गरौं । अप्ठेरोमा परेका सुत्केरीको उद्धारका योजना बनाऔं, पत्रकारलाई स्वास्थ्य पुरस्कार, स्मार्ट हेल्थ योजना ल्याऔं । तर म त भन्छु यो तपाईको अर्को बेवकुफ हुनेछ ।
(लेखकका यी व्यक्तिगत विचार हुन् ।)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य क्षेत्रमा महिलाको दरिलो पकड
Next article सुदर्शन बस्नेतको अध्यक्षतामा प्राकृतिक तथा योग हस्पिटल एशोसिएसन (निहान) गठन

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132545
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web