• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

स्वास्थ्य क्षेत्रमा महिलाको दरिलो पकड

January 3rd, 2020 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य क्षेत्रमा महिलाको दरिलो पकड

हेल्थ टुडे, सम्पादकिय :
समाजका हरेक तह र तप्कामा महिलाको सहभागिता आधा हुनुपर्छ भन्ने मुद्दा लामो समयदेखि बहसमा छ । तर नेपालमा सबै क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागिता समेत हुन सकेको छैन । संसद् र स्थानीय निकायमा कम्तीमा पनि ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित भएकाले त्यहाँ महिला सहभागिता देख्न सकिन्छ । तर त्यो बाध्यात्मक व्यवस्था भएकाले मात्र सम्भव भएको हो । देशभरिका ९५ प्रतिशत नगरपालिका र गाउँपालिकामा महिलाको सहभागिता उपप्रमुख वा वडा सदस्यहरूमा मात्र सीमित रहेको देखिन्छ । निजामती सेवामा महिलाको संख्या १० प्रतिशतभन्दा बढी पुग्न सकिरहेको छैन । बंैकिङ र शिक्षण पेसामा महिला सहभागिता आशाप्रद भए पनि नेपाल प्रहरी र नेपाल आर्मीमा भने न्यून छ । जनसंख्याको आधाभन्दा बढी संख्या महिला भएको हाम्रो देशमा अधिकांश क्षेत्रमा महिलाको सहभागिता न्यून छ ।
तर स्वास्थ्य क्षेत्रमा भने महिलाको दरिलो सहभागिता छ । देशभरिका हरेक नगरपालिका, गाउँपालिकाका प्रत्येक वडामा महिला स्वास्थ्य स्वयम्सेविका कार्यरत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाको तथ्यांकअनुसार अहिले देशभरि ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका सेवारत छन् । तलब नलिएर स्वास्थ्य सेवा प्रदान गरिरहेको यो तालिम प्राप्त जनशक्ति हो । यसकै बलमा नेपालमा अधिकांश स्वास्थ्यका कार्यक्रम ग्रामीण स्तरसम्म पुग्न सकेका छन् । नेपालमा स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिका पछाडि उनीहरूको ठूलो योगदान छ । यसैगरी दन्त चिकित्सा पेसामा पनि महिला चिकित्सकहरूको दरिलो उपस्थिति छ ।
दन्तचिकित्सा नै एउटा यस्तो क्षेत्र हो, जसमा महिलाले अस्पताल, डेन्टल कलेज र घरपरिवार समेतमा काम गर्न सक्छन् । सुरुमा काम महत्वका रूपमा हेरिने दन्त चिकित्साको बजार पछिल्लो समयमा नेपालमा पनि फराकिलो बन्दै गएको छ । दन्त चिकित्साशास्त्र पढाउने करिब एक दर्जन कलेज र सयौंको संख्यामा अस्पतालमा महिलाको संख्या बढ्दै गएको छ । नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार नेपालमा दन्त चिकित्सकहरूमध्ये करिब ८० प्रतिशत महिला छन् । घरपरिवार, पेसा र करिअरलाई सँगै अगाडि बढाउन सकिने भएकाले दन्त चिकित्सामा महिला आकर्षण बढ्दै गएको पाइन्छ ।
दन्त चिकित्साबाहेक महिला चिकित्सकको बाहुल्य भएको क्षेत्र हो, स्त्री तथा प्रसूति चिकित्सक । नेपालमा कार्यरत स्त्री तथा प्रसूति रोग विज्ञहरूमध्ये ९० प्रतिशत महिला छन् । स्त्री तथा प्रसूति विशेषज्ञ समाजका अनुसार देशभरि चार सयको संख्यामा रहेका स्त्री तथा प्रसूति रोग विशेषज्ञमध्ये साढे ३ सय महिला छन् । महिलाको समस्यालाई नजिकबाट बुझ्न सजिलो हुने र कुरा नलुकाई भन्न सकिने भएकाले महिलाका लागि सकभर महिला चिकित्सक नै सहज हुने गरेको सेवाग्राही बताउँछन । देशभरिका सरकारी र निजी क्षेत्रका अस्पतालहरूमा गरी १० हजारभन्दा बढी नर्स कार्यरत छन् । यसबाहेक प्यारामेडिक्समा पनि महिलाको उपस्थिति बलियो छ । स्वास्थ्यमा महिलाको उपस्थिति बलियो हुनुलाई सकारात्मक मान्नुपर्छ । अघिल्लो वर्षदेखि प्रदेश नम्बर ३ ले एक विद्यालय एक नर्स कार्यक्रम लागू गरेको छ । यसले स्कुलदेखि नै विद्यार्थीहरूले स्वास्थ्य चेतना र स्वास्थ्य सेवा पाउनेछन् । यसले भविष्यमा गएर स्वस्थ्य समाज निर्माणमा ठूलो सहयोग पुग्नेछ । अन्य प्रदेशहरूले पनि एक स्कुल एक नर्स कार्यक्रम लागु गर्न ढिला गर्नु हुँदैन । सरकारले पनि स्वास्थ्य क्षेत्रमा महिला जनशक्तिले पु¥याइरहेको सेवालाई चिन्न सक्नुपर्छ । उनीहरूलाई उत्प्रेरणा दिने कार्यक्रम अगाडि बढाउनु पर्छ । त्यसपछि मात्र स्वस्थ्य समाजको निर्माण हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. अवस्थी तपाईं बेवकुफ हो !
Next article दोश्रो मेडिकल टुरिजम एशिया समिट २०१९ सम्पन्न

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134422
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web