• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 9th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कृपाको अध्ययन भन्छ, ‘ अमेरिकी ग्लोबल ग्याग रुलले नेपालको प्रजनन् स्वास्थ्य क्षेत्र झनै संटकतिर धकेल्यो ’

May 31st, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कृपाको अध्ययन भन्छ, ‘ अमेरिकी ग्लोबल ग्याग रुलले नेपालको प्रजनन् स्वास्थ्य क्षेत्र झनै संटकतिर धकेल्यो ’

हेल्थ टुडे,
काठमाडौं, १८ जेठ : अमेरिकी सरकारले २०१७ देखि लागु गरेको ग्लोबल ग्याग रुलका कारण नेपालको प्रजनन् स्वास्थ्य सेवा प्रभावित हुन थालेको पाइएको छ । अमेरिकी सरकारले परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा लगायतका क्षेत्रमा दिदै आएको सहयोग रासी कटौती गरेपछि त्यसको असर नेपालको प्रजनन् स्वास्थ्यका क्षेत्रमा पनि देखिन थालिएको हो । प्रजनन स्वास्थ्यका क्षेत्रमा अनुसन्धान गरिरहेको वातावरण, स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) ले गरेको एक अध्ययनले यो कुरा देखाएको हो । कृपाले गरेको अध्ययन आईतबार वेबीनार पत्रकार सम्मेलन आयोजना गरि सार्वजनिक गरिएको हो । ग्याग रुलले गुणस्तरीय यौन तथा प्रजनन् स्वास्थ्य सेवाको पहुँच र प्रजनन् अधिकारमा कमी ल्याउनुका साथै नेपालका नागरिक समाजको आवाजलाई कमजोर बनाएको अध्ययनका प्रमुख अनुसन्धानकर्ता एवं कृपाका सहनिर्देशक डा. महेश पुरीले बताए । उनले भने, ‘यसका अलावा, यो नीतिले आर्थिक अनुदानको कमि हुनुका साथै विभिन्न संस्थाहरु र नागरिक समाजहरु बीचको साझेदारी, सहकार्य र आवाजलाई पनि कमजोर बनाएको छ ।’ नेपालमा युएसएआईडीको सहयोगमा संचालित परिवार नियोजनसंग सम्बन्धीत कार्यक्रम सिफो २ बन्द भएको उदाहरण प्रस्तुत गर्दै डा. पुरीले देशका विभिन्न भागमा सुरक्षित गर्भपतन र परिवार नियोजन सम्बन्धी सेवाहरु पनि आर्थिक अभावले कटौती हुदै गएको अध्ययनले देखाएको बताए ।
यस अध्ययनमा ३७ जना सरोकारवालाहरुसंग अन्तर्वार्ता लिईएको थियो । अध्ययनले देखाए अनुसार विस्तारित ग्लोबल ग्याग रुलको कार्यान्वयन पश्चात यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारका सेवाको उपलब्धता र पहुँच तथा उपयोगमा अन्तर आएको छ र यसले मुख्य रुपमा सिमान्तकृत र सेवाको पहुँच बाहिरका जनसंख्यालाई असर पुर्याएको देखाएको छ ।
डा. पुरीका अनुसार ग्याय रुपका कारण स्वास्थ्य सेवाप्रदायकहरुलाई प्रदान गरिने परिवार नियोजन सम्बन्धी तालिम र परिवार नियोजनका साधनहरुकोआपूर्तिमा असर पु¥याएको छ जसले गर्दा सेवाको गुणस्तर घटाएको, प्रजनन स्वास्थ्य तथा अधिकारका क्षेत्रमा कार्यरत संस्थाहरुको संजाल र साझेदारीमा अवरोध ल्याएको र नागरिक समाजले एकजुट भएर प्रभावकारी र कुशलतापुर्वक गर्ने कार्यहरुलाई सिमित बनाएको छ । यस नीतिका प्रावधानहरु पालना नगरेका कारण चार वटा संस्थाहरुले आफ्नो आर्थिक स्रोत गुमाउनुपरेको, अन्य साझेदारीहरुको विकल्प कम भएको तथा अन्य संस्थागत स्रोत र कार्यक्रमहरु कम गरिरहनु परेको अध्धयनमा उल्लेख छ ।
सन् २०१७ को विस्तारित ग्लोबल ग्याग रुलका अनुसार परिवार नियोजन, प्रजनन स्वास्थ्य, मातृ तथा शिशु स्वास्थ्य, पोषण, एच.आइ.भी र एड्स, क्षयरोग, औलो, सरुवा रोगहरु, ध्यान नपुगेका उष्ण प्रदेशिय रोगहरु र पानी तथा सरसफाई सम्बन्धी कार्यक्रमहरु गर्न अमेरिकी विश्व स्वास्थ्य सहयोग प्राप्त गर्दै आएका नेपाली गैर सरकारी संस्थाहरुलाई गर्भपतन सम्बन्धी जानकारी दिन, प्रेषण गर्न वा कानुनी मान्यता प्राप्त गर्भपतन वा सुरक्षित गर्भपतनलाई परिवार नियोजनको साधनको रुपमा वैधानिकताको लागि वकालत गर्न प्रतिबन्ध गरेको छ । यी संस्थाहरुलार्इृ आफ्नै आर्थिक स्रोतबाट समेत यस्ता कार्यहरु गर्न प्रतिवन्ध गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article धुम्रपानका कारण नेपालमा बर्षिनी २७ हजारको मृत्यु ,सूर्तिजन्य पदार्थको सेवन गर्नेहरुमा कोभिड १९ को संक्रमण गम्भिर
Next article सुदूरपश्चिममा थप १८ जनाका कोराना संक्रमण, कुल संक्रमित ६३ पुगे, आज कैलालीमा १० र कञ्चनपुरमा ८ थपिए

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Feb 7th 3:21 PM
समाचार

चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी

Feb 7th 1:36 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा

Feb 5th 12:11 PM
समाचार

पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1854
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz