• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोरोना संक्रमित चिकित्सकहरुको उपचारमा चिकित्सक संघको चासो, संक्रमित र प्रभावित चिकित्सकको विवरण उपलब्ध गराउन साखाहरुलाई पत्राचार

August 19th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरोना संक्रमित चिकित्सकहरुको उपचारमा चिकित्सक संघको चासो, संक्रमित र प्रभावित चिकित्सकको विवरण उपलब्ध गराउन साखाहरुलाई पत्राचार

हेल्थ टुडे,

काठमाडौं  : पछिल्ला दिन कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक समेत संक्रमित हुनेको संख्या बढे पनि सरकारले उनीहरुको उपचारमा चासो नदिएको भन्दै देशभरिका चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघ (एनएमए) ले कोरोना संक्रमित र प्रभावित चिकित्सकहरुको उपचारमा चासो देखाएको छ ।

एनएमएले आफू मातहत देशभरिका नेपाल चिकित्सक संघका साखाहरुलाई कोरोना संक्रमित र प्रभावित चिकित्सकहरुको विवरण केन्द्रमा पठाउन पत्राचार गरेको छ । एनएमएको तथ्यांक अनुसार अहिलेसम्म ७० जना भन्दा बढी चिकित्सक कोरोना संक्रमित भएका छन् । देशभरि संक्रमित चिकित्सकहरुको संख्या त्यो भन्दा बढी भएको हुन सक्ने उसको आकलन छ ।

देशभरिबाट प्राप्त विवरणका आधारमा संघले आफ्ना सदस्यहरुको जिवन रक्षा र उपचारका लागि बिषेश पहल गर्नु पर्ने देखिएकोले साखाहरुलाई विवरण पठाउन पत्राचार गरेको नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीले बताए । कोरोना संक्रमितको उपचारमा फ्रन्ट लाइनमा रहेर उपचार गरिरहेका चिकित्सकहरु आफै संक्रमित भएपछि उनीहरुको उपचारमा सरकारले चासो र चिन्ता नदेखाएर गैरजिम्मेवारपूर्ण काम गरेको डा. कार्कीको आरोप छ । उनले भने, ‘ संक्रमित चिकित्सक आफै अस्पताल र शैय्या खोज्दै जानु परिरहेको छ । कत्तिलाई त हामीले शैय्या खोजीदिनु परेको छ । सरकार यस बिषयमा संवेदनशिल नै देखिएन । ’

देशभरिमा कति जना चिकित्सक संक्रमित छन भन्ने बिषयमा समेत सरकारले  सत्यतथ्य जानकारी दिन नचाहेको बताउदै डा.कार्कीले संघले देशभरिका संक्रमित र प्रभावित सबै सदस्य चिकित्सकहरुको विवरण चाडै संकलन गरेर उनीहरुको उपचार र सेवा सुविधाका लागि ठोस पहल गर्ने बताए । नेपाल चिकित्सक संघको देशभरि करिव १० हजार चिकित्सक सदस्य छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article निषेधाज्ञाको अवधिमा सरकारले यी काम गरोस्
Next article चीनको भ्याक्सिन कम्पनी क्यानसिनोले पायो कोरोना भ्याक्सिनको प्याटेन्ट

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134423
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

34
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web