• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

संघीय दात तथा मुख रोग अस्पताल स्थापना सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

July 10th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
संघीय दात तथा मुख रोग अस्पताल स्थापना सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

हेल्थ टुडे,
काठमाडौं, २६ असार : आँखा,नाक,कान,घाटी तथा मुख स्वास्थ्य,उपचारात्मक सेवा महाशाखाले सरोकार तथा बिज्ञहरुसंगको एक दिने कार्यशाला गोष्ठीको आयोजनाा गरेको छ । स्वास्थ्य सेवा बिभाग काठमाडौंमा सम्पन्न भएको उक्त गोष्ठीको अध्यक्षता उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. पवनजंग रायमाझी गरेका थिए । कार्यक्रमको माईलस्टोन, जानकारी तथा उद्देश्यका बिषयमा शाखा प्रमुख डा. प्रकाश बुढाथोकी र मस्यौदाका बिषयमा परामर्शदाता प्रा.डा.शैली प्रधानले प्रस्तुतीकरण गरेका थिए । कार्यशाला गोष्ठीलाई सम्बोधनमा स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा.दिपेन्द्र रमण सिंहले अस्पताल स्वतन्त्र भएपनि स्वास्थ्यका अन्य बिधाहरुसंग एकिकृत गर्दे लैजानु पर्नेमा जोड दिएका थिए । निर्देशक डा. रायमाझीले एकिकृत हुन नसकेको तथा ओझेलमा परेको यस दात तथा मुख सेवा स्वास्थ्यका तल्ला तहदेखी नै शुरु गर्दै संघीय अस्पताल एक रिफरल अस्पताल बन्ने गरी निचोड निकाल्नु पर्ने सुझाव दिएका थिए ।
कार्यशाला गोष्ठीमा नेपालगन्ज,कान्तिपुर,किष्ट,काठमाडौ,नेपाल,पिपल्स डेन्टल कलेज,न्याम्स,पाटन,पोखरा प्रतिष्ठान,नीजि डेण्टल अस्पताल तथा सैनिक,शसस्त्र,प्रहरी, बीर,लुम्बिनी,बीरगन्ज,भरतपुर,भक्तपुर लगायतका अस्पतालमा कार्यरत ३० जना कन्सल्टेण्ट दन्तचिकित्सकहरु र सरोकारवालाको सहभागिता थियो । ३ वटै समुहबाट बीपीकेआईएचएस धरानका प्रा.डा. ज्योत्सना रिमाल,कान्तिपुर डेण्टल कलेजका प्रा.डा. रबिन्द्रमान श्रेष्ठ र नेसनल डेण्टल हस्पिटलका डा.अनारकली पीयाले पुन छलफल गरी मस्यौदालाई अन्तिम रुप दिईएको डा. बुढाथोकीले जानकारी दिएका छन् । अन्तिम मस्यौदा डा. श्रेष्ठले प्रस्तुत गर्दे थप छलफलसहित निचोडमा पुगिएको डा. बुढाथोकीले बताए ।
संघीयताको मर्मलाई आत्मसात गर्दे दाड, हेटौडा पछि काठमाडौ उपत्यकामा अस्पताल स्थापना गर्न र अस्पताल स्थापना गर्दा स्थानीय जनप्रतिनीधिको ईच्छाशक्ति,उपलब्ध जनशक्ति तथा मेडिकल ब्याकअप भएको स्थान छनौट गर्न सिफारिस गरेको छ । त्यस्तै संघीय दन्त अस्पताल कम्तीमा १ सय डेन्टल चियर र प्रादेशिक दन्त अस्पताल ५० डेण्टल चियर भएको दात तथा मुख रोग अस्पताल खोल्न सुझाएको छ । रोगको गाम्भिर्यता अनुसार जनशक्ति बिशेषज्ञ सेवा,ओरल हाईजिन ईकाई,दन्त ल्याब लगायतका बिभाग,जनशक्ति,सर्पाेटिभ जनशक्तिसहित प्रमुखतया सर्वसाधारणका लागी बिशेषज्ञ सेवा दिन अस्पताल खोलिनपर्ने निष्कर्ष निकालेको छ । अस्पतालले रोकथाम,उपचारात्मक,पुनस्थापना सहितका सवै दन्त सेवा एकै छानाबाट दिनपर्ने बताएको छ ।
महाशाखाको आबको स्विकृत कार्यक्रम अनुसार प्राविधिक कार्य समुहको सुझावअनुसार काठमाडौ उपत्यका,दाड उपत्यका,पोखरा र चितवनमा संभाव्यता अध्ययन गरिएको थियो । प्राविधिक कार्य समुहको बिज्ञहरुमा पुर्व स्वास्थ्य सचिव प्रा.डा. प्रविण मिश्र, डा. शुशिल कोईराला र प्रा. डा. शुरजराम भक्त माथेमा थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. पाण्डेलाई ‘हेल्थ रिसर्च लाइफटाइम एचिभमेन्ट अवार्ड’, स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौँ समिट सम्पन्न
Next article वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133183
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web