• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

मधुमेहबाट बच्न डा. ज्योति भट्टराईका दशवटा सल्लाह

October 16th, 2021 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मधुमेहबाट बच्न डा. ज्योति भट्टराईका दशवटा सल्लाह

१. नियमित शारीरिक व्यायाम गरौँ :  मधुमेहबाट जोगिनका लागि प्रत्येक दिन कम्तीमा ३० मिनेटका दरले हप्तामा पाँचपटक व्यायाम गरौँ ।  त्यसरी गरिने व्यायाम चलायमान हुनुपर्छ । अर्थात् हिँडेर, दौडेर वा पौडी खेलेर गर्न सकिन्छ ।

२. मानसिक तनाव कम गराऔँ : तनाव बढ्दा मधुमेहसमेत बढ्ने हुनाले यसको नियन्त्रण अति आवश्यक हुन्छ । त्यसका लागि योगा, ध्यान गर्न सकिन्छ । एकान्तमा नबस्ने, साथीभाइसँग घुम्ने, बोल्ने गरेर पनि नियन्त्रण गर्न सकिन्छ । रातमा निद्रा परेन भने चिकित्सकको सल्लाह लिएर औषधि सेवनसमेत गर्न सकिन्छ ।

३. सुर्तीजन्य÷मदिराजन्य पदार्थ नखाऔँ : सुर्तीजन्य पदार्थको प्रयोगले मधुमेहको समस्या देखिने र देखिइसकेकालाई झन्–झन् बढाउँदै लैजाने भएकाले यसको प्रयोग नगरौँ । त्यस्तै, मदिराजन्य पदार्थको अधिक सेवनले पनि मधुमेह हुने र भइसकेकालाई बढ्ने भएकाले यसको प्रयोगमा निषेध ल्याउन जरुरी छ ।

४. सन्तुलित र प्राकृतिक भोजन गरौँ : मधुमेहका लागि सन्तुलित भोजन गरौँ । प्राकृतिक रेसायुक्त भोजन गराँै । त्यो भनेको दुई मुठी अन्न, तीन–चार टुक्रा मासु, दाल, दूध, दही, गेडागुडी  र नुन कम हालेको फाइबरयुक्त तरकारी खाने । भोकै नबस्ने, दैनिक चारपटक खाने, तर थोरै–थोरै ।

५. रातो मासु÷जंकफुड सकभर नखाऔँ : सकभर मासु नखाएको राम्रो । खानै परे रातो मासु नखाने, त्यसको सट्टा सेतो मासु अर्थात् कुखुरा र माछा मात्र खाने । माछामासुभन्दा रेसायुक्त सागसब्जी खानु राम्रो । त्यस्तै चिप्स, कुकिज, बिस्कुट, कोक–फेन्टालगायत पदार्थको सेवन नगर्ने वा नियन्त्रण गर्ने ।

६. आफ्नो तौल नियन्त्रणमा राखौँ : मधुमेहका लागि तौल नियन्त्रणमा राख्नु महत्त्वपूर्ण उपाय हो । अधिक तौल वा मोटोपनाले मधुमेह हुने सम्भावना हुन्छ । तौल आफ्नो उचाइअनुसार हुनुपर्छ । आफ्नो उचाइ सेन्टिमिटरमा नाप्ने र त्यसमा एक सय घटाउने । बाँकी जति रहन्छ, त्यतिबराबर तौल हुनुपर्छ । त्यस्तै, मोटोपनामा नाइटोदेखि गोलाइ नाप्दा पुरुषको ९० सेमि र महिलाको ८० सेमिभन्दा बढी हुनुहुँदैन ।

७. गर्भवतीलाई पोसिलो खाना खुवाऔँ : गर्भावस्थामा कुपोषण भएमा जन्मने बच्चा र आमालाई समेत मधुमेहले समाउँछ । त्यसैले, गर्भावस्थामा पोषिलो पौष्टिक आहार अनिवार्य छ । हरियो सागपात, गेडागुडी, फलफूल, दूध, दहीलगायत खानेकुरा प्रशस्त खुवाऔँ । तर, फेरि गर्भावस्थामा अधिक मोटोपना पनि हानिकारक हुन्छ । त्यसैले सन्तुलित रूपमा रहौँ ।

८. जिब्रोमा गड्ने गुलिया पदार्थ नखाऔँ :  खानासाथ जिब्रोमै गड्ने गुलिया पदार्थ नखाऔँ । जस्तै, चिनी, मिठाई, आइसक्रिम, कोक–फेन्टा नखाऔँ । यसले मधुमेह लगाउने र लागिसकेकालाई बढाउने काम गर्छ । तर, जमिनमुनि फलेका तरकारी, फलफूल र कन्दमूलहरू खान सकिन्छ ।

९. धेरैपटक तारेको खाद्यान्न नखाऔँ : धेरैपटक तारेको खाद्यान्नमा ट्रान्सफ्याट (विषाक्त चिल्लो पदार्थ) हुने र यसले मधुमेह रोगका लागि अनुकूल अवस्था गरिदिने भएकाले यस्तो खाद्यपदार्थ नखाएको राम्रो । होटेल तथा रेस्टुरेन्ट र फ्याक्ट्रीमा बनेका तयारी खाजा तथा खानामा ट्रान्सफ्याट बढी हुन्छ । त्यसैले मधुमेहबाट जोगिन यस्ता खाद्यान्नबाट जोगिनुपर्छ ।

१०. वर्षको एकपटक स्वास्थ्य परीक्षण गरौँ :  मधुमेहबाट जोगिन वर्षको एकपटक स्वास्थ्य परीक्षण अनिवार्य हुन्छ । यो वंशाणुगतसमेत भएकाले बाबुआमा, बाजेबज्यैलाई यस्तो समस्या छ भने छोराछोरी, नातिनातिनीलाई पनि देखिन सक्छ । त्यसैले, परिवारमा रोग देखिएकोमा २५ वर्ष पुगेपछि र रोग नदेखिएको परिवारका सदस्यले ४० वर्षदेखि यो रोगको परीक्षण गर्नुपर्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी खतिवडालाई
Next article स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पुन : डा. दीपेन्द्ररमण, डा. बिच्छाले गरे स्वागत

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133119
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web