हेल्थ टुडे,
काठमाडौं, ७ कात्तिक : स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पुन: डा.दीपेन्द्र रमण सिंह नियुक्त भएका छन । निमित्त महानिर्देशक डा. आरपी बिच्छा उमेर हदका कारण महानिर्देशकको पदमा बस्न नमिल्ने भएकाले आइतबारदेखि जिम्मेवारी सम्हाले गरि डा. सिंहलाई महानिर्देशकको जिम्मेवारी दिइएको छ । डा. सिंह गत साउन १८ सम्म विभागको महानिर्देशक थिए । उनलाई गत साउन १८ गते विभागबाट मन्त्रालय सरुवा गरिएको थियो । उनको स्थानमा डा. आरपी बिच्छालाई नियुक्त गरिएको थियो । सरकारले डा. बिच्छाको कार्यकाल २ बर्ष थप्ने निर्णय गरिसकेको छ । तर सयम थपिएको विशेषज्ञ चिकित्सकले महानिर्देकको जस्तो कार्यकारी पदमा भने रहन नमिल्ने कानूनी व्यवस्था छ । अब डा. बिच्छाले २ वर्ष विशेषज्ञ सेवा प्रदान गर्ने छन् ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै सिंहलाई महानिर्देशकको जिम्मेवारी दिएका थिए । महानिर्देशक सिंहले आईतबार नै महानिर्देशकको पद बहाली गरेका छन् । उनलाई निमित्त महानिर्देशक डा. बिच्छाले विभागमा स्वागत गरेका थिए ।
Leave a Reply