• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सूर्तिजन्य पदार्थको प्रयोगमा कडाई गर्ने उद्घोष गर्दै छैटौं एपी क्याट सम्मेलन जाकर्तामा सम्पन्न

December 7th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सूर्तिजन्य पदार्थको प्रयोगमा कडाई गर्ने उद्घोष गर्दै छैटौं एपी क्याट सम्मेलन जाकर्तामा सम्पन्न

हेल्थ टुडे,
काठमाडौं, २१ मंसिर : सूर्तिजन्य पदार्थको प्रयोगमा कडाई गर्ने उद्घोष गर्दै छैटौं एपी क्याट (सुर्तीजन्य पदार्थ र नसर्ने रोग विरुद्घ एशिया प्रसान्त क्षेत्रका नगरहरुको दबाब समूह) सम्मेलन इन्डोनेशियाको जाकर्तामा सम्पन्न भएको छ । सम्मेलनमा १२ देशका मेयरहरु सहित एशिया प्रशान्त क्षेत्रका १९ देशका १३० नगरका ८०० भन्दा बढी गभर्नर, जनस्वास्थ्य विज्ञ, युवा , सञ्चारकर्मी र सरोकारवाला निकायका अधिकारीको सहभागिता थियो ।

क्षयरोग तथा फोक्सो रोग विरुद्घ क्रियाशिल अन्तर्राष्ट्रिय संस्था दि युनियनको प्रमुख आयोजनामा मंगलबार भएको सम्मेलनमा नेपालको तर्फबाट भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुर महानगरले सूर्तिजन्य पदार्थ न्युनिकरणका क्षेत्रमा गरेका क्रियाकलाप र भविश्यमा चाल्ने कदमहरुका बिषयमा जानकारी गराएकी थिइन् । एक वर्ष अगाडि नै भरतपुर महानगरलाई सूर्तिजन्य पदार्थ रहित शहर घोषणा गरेर सर्वपक्षिय सहकार्य गरेर आफुले काम गरिरहेको बताउदै मेयर दाहाले सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थ सेवन गर्नेहरुलाई कारवाही स्वरुप जरिवाना गरेर गत बर्ष मात्र एक लाख रुपैया राजश्व संकलन गरेको बताइन । कोरोना भाइरसका कारण छैटौं एपी क्याट समिट भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

इण्डोनेशियाको बगोर सिटीका मेयर डा. बिमा अर्याले सूर्तिजन्य पदार्थको सेवन गर्नेहरुमा कोभिड १९ को जोखिम बढी देखिएको दावी गर्दै सूर्तिजन्य पदार्थको सेवन घटाउन सके कोभिड १९ मात्र नभएर यस्ता किसिमका अन्य महामारीबाट बच्न सकिने बताए । राजनीतिक इच्छाशक्ति भए सूर्तिजन्य पदार्थको सेवन घटाउन सक्ने डा. अर्याको थियो । सम्मेलनमा नेपाल, भारत, सिंगापुर, इन्डोनेशिया, मलेसिया, बंगलादेश, म्यानमार लगायतका देशका मेयरहरु, विश्व स्वास्थ्य संगठन, इण्डोनेशियाका स्वास्थ्य मन्त्री, दी युनियनका बरिष्ठ अधिकारी र नसर्ने रोगका विज्ञहरुले सम्बोधन गर्दै सूर्तिजन्य पदार्थको सेवन कम गर्न कडा कानून बनाउन र बनेका कानून लागु गर्न मेयरहरुको भूमिका अहं हुने बताएका थिए ।

सम्मेलनलाई सम्बोधन गर्दै दि युनियनका निर्देशक डा. तारासिंह बमले कोभिड १९ जस्ता महामारी रोक्न राजनीतक नेतृत्वमा सूर्तिजन्य पदार्थको सेवन रोक्ने दृढ संकल्प हुनु आवश्यक रहेको र सम्मेलनले विभिन्न देशका मेयरहरु र सरोकारवालाहरुलाई दृढ संकल्प गर्ने स्पेस दिएको बताए । एपी क्याटले नसर्ने रोगको बढ्दो संक्रमण घटाउनका लागि सुर्तीजन्य पदार्थको उपभोग रोक्न सरोकारवाला निकायलाई दबाब दिदै आइरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जुम्लामा आजदेखि एमबीबीएसको पढाई शुभारम्भ गरिंदै
Next article नेपालमा अनुमानित एचआईभी संक्रमितको संख्या ३० हजार, उपचारमा जम्मा २० हजार मात्र

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134423
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web