• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालमा अनुमानित एचआईभी संक्रमितको संख्या ३० हजार, उपचारमा जम्मा २० हजार मात्र

December 1st, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालमा अनुमानित एचआईभी संक्रमितको संख्या ३० हजार, उपचारमा जम्मा २० हजार मात्र

हेल्थ टुडे,

काठमाडौँ, १५ मंसिर :  नेपालमा अनुमानित एचआईभी संक्रमितको संख्या ३० हजार रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व एड्स दिवसको अवसरमा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा अनुमानित ३० हजार ३०० संक्रमित मध्ये २० हजार मात्र उपचारमा छन ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले मंगलबार आयोजना गरेको पत्रकार अन्तरक्रिया केन्द्रकी निर्देशक डा सुधा देवकोटाले सन् २०३० भित्र नेपालबाट एचआईभी संक्रमण निर्मूल पार्ने लक्ष्य भए पनि १० हजार अनुमानित संक्रमित उपचारमा आउन नसकेकाले समस्या भएको बताइन । पछिल्ला वर्षमा सरकारले एचआईभी नियन्त्रणमा सफलता पाइरहेको भएपनि हराइरहेकाहरुको खोजी नहुदा चुनौति अझै बाकी रहेको डा. देवकोटाले जानकारी दिइन ।
उनले संक्रमणमा परेकाहरु आफूप्रति हुनसक्ने सामाजिक भेदभाव तथा कलंकको डरले लुकेका पनि हुनसक्ने डा. देवकोटाको अनुमान छ ।

केन्द्रका बरिष्ठ मेडिकल सुपरीटेन्डेन डा पवनकुमार साहले नेपालमा एचआईभी संक्रमणको उच्च जोखिम समूहहरु सुईद्धारा लागूपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मीहरु, पुरुष समलिंगी तथा तेस्रो लिंगीहरु र रोजगारीका लागि विदेशीहरु भएको बताए । उनले त्यसमध्ये पनि सुईद्धारा लागूपदार्थ लिने र पुरुष समलिंगी यौनकर्मीहरुमा संक्रमणदर अरु जोखिमसमूहमा भन्दा उच्च रहेको बताए ।

केन्द्रको तथ्यांक अनुसार सन् २०२० मा ७५४ व्यक्तिहरुमा एचआईभीको नयाँ संक्रमण भएको अनुमान गरिएको छ । तर यो संख्या सन् २०१० को तुलनामा ६३ प्रतिशतले घटेको हो । त्यसबेला २ हजार ६१ जना नयाँ संक्रमित रहेको अनुमान थियो । यस्तै सन् २०२० मा ८० बच्चाहरुमा नयाँ संक्रमण भएको अनुमान गरिएको छ । तर यो संख्या पनि सन् २०१० को तुलनामा ६३ प्रतिशतले नै कमी हो । त्यसबेला २१५ जना बच्चाहरुमा नयाँ संक्रमण देखिएको थियो ।
मेडिकल सुपरीटेन्डेन्ट डा साहले एड्सबाट मृत्यु हुनेको संख्यामा पनि उल्लेख्य कमी आएको बताए । सन् २०१० मा १ हजार ४१३ जनाको एड्सबाट मृत्यु भएको थियो तर सन् २०२० मा ६३६ जनाको ज्यान गयो । ‘ज्यान जानु राम्रो कुरा त होइन तर यो संख्या ५५ प्रतिशतले घट्नु हाम्रो कामहरु प्रभावकारी भएका छज् भन्नु हो,’ डा साहले भने ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article छैटौं एपी क्याट समिट इन्डोनेशियाको जाकर्तामा हुने
Next article सूर्तिजन्य पदार्थको प्रयोगमा कडाई गर्ने उद्घोष गर्दै छैटौं एपी क्याट सम्मेलन जाकर्तामा सम्पन्न

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132861
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web