• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. पुकार भन्छन, ‘आफ्नो गल्ती ढाकछोप गर्न दुव्यवहारको आरोप लगाइयो। ’

September 10th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. पुकार भन्छन, ‘आफ्नो गल्ती ढाकछोप गर्न दुव्यवहारको आरोप लगाइयो। ’

हेल्थ टुडे,
भक्तपुर, २४ भदौ : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ अंग प्रत्यारोपण विज्ञ डा.पुकारचन्द्र श्रेष्ठले आफूले कुनै चिकित्सक माथि दुव्यवहार नगरेको दाबी गर्दै केन्द्रमा कार्यरत ड. अनिषा तिवारीले आफुले गरेको गल्ती ढाकछोप गर्न र हुन सक्ने संभावित कारवाहीबाट बच्न दुव्यवहारको आरोप लगाएको बताएका छन् ।

केन्द्रमा कार्यरत सर्जन डा.तिवारीले साउन २४ गते  शल्यक्रिया गर्ने क्रममा डा. पुकारले आफुलाई अप्रेसन थिएटरबाट बाहिर निकालेर दुव्यवहार गरेको भन्दै प्रहरी महिला सेल, स्वास्थ्य मन्त्रायल र मेडिलक काउन्सिलमा उजुरी दिएपछि त्यसको प्रतिवाद गर्दै डा.पुकारले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफू माथिको आरोप पुष्टि गर्न चुनौति दिदै आफू निर्दोष रहको बताएका हुन । उनले घटनाको बिषयमा निश्पक्ष छानविन हुनु पर्ने र दोषी माथि कारवाही गर्न सहयोग गर्न स्वास्थ्य मन्त्रालय र सरोकारवाला निकायसँग माग गरेका छन् । शल्यक्रिया जस्तो संवेशनसिल कुरामा जिम्मेवारी बहन नगर्ने र विरामी बचाउन आफुले प्रयास गर्दा दुव्यहार गरियो भन्दै मिडियामा गएर उल्टै आरोप लगाउने डा. अनिषाका कारण केन्द्र नै बदनाम भएर विरामी सेवाबाट बन्चित हुने अवस्था आउन नहुने उनले बताएका छन ।

डा. श्रेष्ठल भने, ‘ डा.अनिषा समयमा नआइदिएर विरामीको  पित्त थैलीको शल्यक्रियामा समस्या देखिएको जानकारी पाएपछि विरामीको ज्यान बचाउन म र डा.राकेश बर्मा अप्रेसन थिएटर गएका हौ । हामीले रगत बग्न रोक्ने प्रयास गरिरहेका बेला डा. अनिषाले बिचमा आएर अबरोध गर्न थालेपछि मैले बाहिर जानुस भनेको हूँ । विरामीको ज्यान बचाउनु कुनै दुव्यवहार होइन । ’ आफु केन्द्रको निर्देशक मात्र नभएर सर्जरी विभाग प्रमुख भएका नाताले समेत जुनियर सर्जनले ह्यान्डल गर्न नसकेको शल्यक्रिया आवश्यकता अनुसार ह्यान्डल गर्नु कर्तव्य भएको डा. पुकारको भनाई छ ।
केन्द्रका चिकित्सक, नर्सिङ स्टाप र विरामीका आफन्तहरुले समेत डा. पुकारलाई झुटो लाल्छना लगाएर डा. अनिषाले आफु बच्न दुव्यहारको आरोप लगाएकोले उनीमाथि हदैसम्मको कारवाही गरिनु पर्ने माग पत्रकार सम्मेलनमा गरेका छन । गत साउन २४ गते भक्तपुरकी कमल केसरी कोजूको पेट पित्त थैलीको शल्यक्रिया गर्दा डा.अनिषा तिवारी समयमा अपरेशन थिएटरमा नआएकाले शल्यक्रियामा समस्या पैदा भएपछि अप्रेसन थिएटरका कर्मचारीले डा. पुकार र डा. राकेश बर्मालाई आग्रह गरेपछि दुबै जना डाक्टरले रगत बग्न रोकाएको विरामी कमल केसरीका दाजु गणेशराम कोजूले बताए । आफु समयमा नआउने अनि विरामीको ज्यान बचाउन प्रयास गर्दा उल्टै डा. पुकारलाई आरोप लगाउनु निन्दनिय भएको काजूले बताए ।

केन्द्रका एनिस्थेसियोलोजिस्ट डा. आरती राईले अप्रेसन गर्दा रगत बग्न नरोकिएपछि सिनियर सर्जन आएर विरामीको ज्यान बचाउन खोज्नु अर्को चिकित्सकमाथि दुव्यवहार नभएर सहयोग भएको बताइन ।

मिर्गौला पिडित समाजका उपाध्यक्ष बलराम सुवेदीले हजार भन्दा बढीको मिर्गौला प्रत्यारोपण गरेर ज्यान बचाएका डा. पुकारमाथि नभएको आरोप लगाएर बदनाम गर्न खोज्ने डा. अनिषा र उनलाई उक्साउने जो सुकैलाई पनि कारवाही गर्नु पर्ने बताए । केन्द्रका प्रशासकिय अधिकृत हरिहर पोखरेलले जिम्मेवारी बहन नगरेर उल्टै निर्देशकमाथि दुव्यवहारको आरोप लगाउने डा. अनिषा तिवारीलाई स्पष्टिकरण सोधेर कारवाही अगाडि बढाइएको बताए ।

 

धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जारी गरेको विज्ञप्ति

हालै विभिन्न अनलाइन मिडियामा प्रकाशित समचार प्रति छानविन गरियोस
यस अस्पताल र मेरो नाम जोडी विभिन्न अनलाईन मिडिया तथा सामाजिक संजालमा भ्रमपूर्ण प्रचार बाजी गरी, जनमानसमा नकारात्मक सन्देश प्रवाह हुनेगरी , द्वेशको भावना राखी , नियोजित एंव प्रायोजित ढङ्गले प्रस्तुत भई आफ्नो गल्तिको ढाकछोप गर्ने उद्देश्यले गरिएको प्रचारबाजी प्रति यस केन्द्रको गम्भीर ध्यानाकर्षण भएको छ ।
यस अस्पतालमा एक जना बिरामीको पित्त थैलीमा समस्या भई यस केन्द्रको ओपिडिमा डा। अनिसा तिवारीलाई देखाएको र निज विरामी यस केन्द्रका कर्मचारी श्री गणेशराम कोजुको आफन्त समेत पर्ने हुँदा यसै केन्द्रमा पित्त थैलीको अपरेशन गर्ने भनी मिति २०७९।०४।२४ गते भर्ना भई अपरेशन थिएटरमा लगिएको तर अपरेशन गर्न विहान ९ बजे अपरेशन थिएटरमा आउन पर्नेमा नआएपछि डा। अनिसा तिवारीलाई पटक पटक फोन गर्दा समेत नआएको र आफू बाहिर रहेकोले डा। प्रदेश सापकोटालाई गर्दै गर्नु भनी सो अपरेशन शुरु भएको र विहान १२ बजे तिर डा। अनिसा तिवारी अपरेशन थिएटरमा आए पछि डा। प्रदेश सापकोटाले सो केश डा। अनिसा तिवारीलाई जिम्मा दिएको र अपरेशन गर्दै जाँदा विरामीमा अत्याधिक रक्तस्राव भई जटिल परिस्थितिको सृजना भएको थियो ।
सोही क्रममा बिरामीका आफन्त तथा यस केन्द्रका कर्मचारी अत्तालिदै केन्द्रका सिनियर सर्जन समक्ष पुगेको र सिनियर सर्जन आउँदा यो तपाइको विषय होइन भनि वादविवाद श्रृजना गरी सिनियर सर्जन प्रा। डा। राकेश कुमार बर्मालाई काममा असहयोग गरेको र एक छिन पछि कलेजो तथा वरिष्ठ मृगौला रोग विशेषज्ञ साथै केन्द्रको कार्यकारी निर्देशक डा। पुकार चन्द्र श्रेष्ठ आउदा समेत डा। तिवारीले अस्वभाविक व्यवहार देखाएका साथै विरामीको उपचारमा सहयोग नगरी गैर जिम्मेवार बनेको, अपरेशन थियटर बाहिर गई केन्द्रका अर्का चिकित्सक सञ्जीत कुमार शाहलाई फोन गर्दै बसेको, अपरेशन नसकिदै अस्पतालबाट बाहिर गएको , अपरेशन थिएटरमा जारी भइराखेको केश गर्न समेत नदिन खोजेको र विरामीको अवस्था झन झन जटिल हुँदै गई अत्यन्त गम्भीर अवस्था आउन लागेको हुँदा उक्त केश विभागीय प्रमुख, केन्द्रका डा पुकार चन्द्र श्रेष्ठ स्वयंले जिम्मा लिई अपरशेन गर्न खोज्दा डा। अनिसा तिवारीले डा। सञ्जीत कुमार शाहलाई अपरेशन थियटरमा बोलाई अनाधिकृत रुपमा बिरामीको गोपनियता समेत भंग हुनेगरी भिडियो खिच्न लगाएको साथसाथै अपरेशनमा समेत बाधा पु¥याएको हुँदा मैले मेरो मातहतको जुनियर सर्जन डा अनिसालाई यो केश छोड्नुहोस तपाँई बाहिर जानुहोस् भनेको मात्र हुँदा यस्ता भ्रामक, दिग्भ्रमित पार्ने खालका निवेदन डा। अनिसाबाट भएको व्यहोरा समेत प्रष्ट पार्न चाहान्छु । जुनियर सर्जन ९रजिष्ट्रार, सिनियर रजिष्ट्रार० ले आफ्नो कन्सल्टेन्को मातहातमा रही उहाँको निर्देशन र सुपरिवेक्षणमा कार्य गर्नु पर्नेमा रक्तश्राव भई गम्भीर हुँदा समेत खबर नगर्ने आफन्तले खवर गर्दा अवरोध खडा गर्ने, असहयोग गर्ने, चिकित्सकीय अनुशासनको ठाडो उल्ङघन गर्नु कत्तिको जायज कार्य हो रु
“महिला कार्ड“ प्रयोग गरी महिला भएकै कारणले कुनै विरामीको ज्यान नै जोखिममा पार्ने खालका घटना घटाउनु अक्षम्य हो । अझ एक गम्भिर घटनामा सहानुभुति प्राप्त गर्न खोज्ने नियत एक आपत्तिजनक विषय हो । यस घटनामा डा। अनिसा तिवारीको अत्यन्त लापरवाही पूर्ण व्यवहार तथा हरकतले विरामीको ज्यान जान सक्ने घटना एक अनुसन्धानको विषय हो ।
आफ्नो चिकित्सकीय मर्यादा विपरित अपरेसन थिएटरमा भएको विरामीको ज्यानै जोखिम पार्ने घटना लुकाउन र अनावश्यक विवाद खडा गरी केन्द्रको कामकारवाही प्रभावित पार्ने वदनियत सहित सञ्चार माध्यमामा गरिएका प्रचार केबल एक दुस्प्रपञ्च मात्र हो । यस्ता कामका घोर भर्त्सना गर्दै घटनाको गाम्भिर्यता मुल्याङ्कन गरी समयमै उपस्थित भई विरामीको ज्यान जोगाउन भुमिका खेलेको व्यहोरा समेत प्रष्ट पार्न चाहान्छु ।
यस घटना बारे सत्य कुरा अपरशेन कार्यमा संलग्न सम्पूर्ण डाक्टर, नर्स तथा अन्य प्राविधिक कर्मचारी र बिरामीको आफन्त पर्ने अपरेशन थियटर असिस्टेन्ट गणेश राम कोजु बाट समेत यहाँहरुले बुझ्न सक्नु हुन्छ ।
मैले विरामी बचाउदा गल्ती गरेको हुन्छ रु डाक्टरको गल्तीले केही भयो भने ढाकछोप गर्ने की विरामीलाई बचाउने काम गर्ने रु मेरो प्रश्नहरुको जवाफ माथी छानविन गरिदिनुहोला । एउटा अनलाइन मिडियामा उत्तेजित ९एचयखयपभ० भनेर लेखेकोमा मेरो आपत्ती छ । मैले मेरो कुनै पनि कर्मचारी प्रति त्यस्तो खालको व्यवहार नगरेको समेत प्रष्ट पार्न चाहान्छु ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र
मिति २०७९।०५।२४

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यौनिक अल्पसंख्यकका लागि परिवार नियोजन संघमा खुल्यो हर्मोनल तथा लेजर थेरापी क्लिनिक
Next article सुदूरपश्चिम प्रदेशमा यसै आर्थिक वर्ष भित्र मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134002
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

130
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

122
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web