• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आनन्द बनमा ४० शैयाको ट्रमा एण्ड इमरजेन्सी सेन्टर, स्वास्थ्य मन्त्रीले गरे उद्घाटन

September 18th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आनन्द बनमा ४० शैयाको ट्रमा एण्ड इमरजेन्सी सेन्टर, स्वास्थ्य मन्त्रीले गरे उद्घाटन

पदमराज जोशी,
ललितपुर, २ असोज : ललितपुरको लेलेमा रहेको आनन्द वन लेप्रोसी अस्पतालमा ४० शैयाको अत्याधुनिक ट्रमा एण्ड इमरजेन्सी सेन्टर स्थापना भएको छ । उक्त नव निर्मित ट्रमा एण्ड इमरजेन्सी सेन्टरको आईतबार एक समारोहबिच स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले उद्घाटन गरेका छन् ।

दी लेप्रोसी मिसनको सहयोगमा कुष्ठरोगीहरुलाई निशुल्क गुणस्तरीय सेवा प्रदान गरिरहेको आनन्द बन अस्पतालमा बाल रोग, स्त्री रोग, प्रसूतिm हाड जोर्नी सेवासँगै ४० शैयाको ट्रमा एण्ड इमरजेन्सी सेन्टर स्थापना गरिएको हो । ट्रमा एण्ड इमरजेन्सी सेन्टरमा महिलाको लागि छुट्टै शैयाको व्यवस्था गरिएको छ । सेन्टरमा २ वटा आईसियू र २ वटा अपरेसन थिएटरको व्यवस्था गरिएको छ ।

ट्रमा एण्ड इमरजेन्सी सेन्टरको निर्माण कार्यसम्पन्न भइसकेको भए पनि उपकरण जडान गर्ने काम भइरहेकोले सञ्चालनमा आउन केही समय लाग्ने दी लेप्रोसी नेपालका कन्ट्री डाइरेक्टर शोभाकर कँडेलले जानकारी दिए । आनन्द बन अस्पतालले देश भरिका कुष्ठरोगीलाई निशुल्क उपचार सेवा प्रदान गर्नुका अलावा दक्षिणी ललितपुरको महांकाल, बाग्मती गाउँपालिकाका ग्रामिण बस्तीका बासिन्दा, लेले, चाँपागाउँ, छम्पी लगायत क्षेत्रका बासिन्दालाई स्त्री तथा प्रसूति , हाड जोर्नी, बाल रोग र आकस्मिक उपचार सेवा उपलब्ध गराउदै आइरहेको छ । १३० शैयाको यो अस्पतालमा ४० शैया ट्रमा थप भएपछि अब १७० शैयाको अस्पताल भएको कन्ट्री डाइरेक्टर कँडेलले बताए ।
ट्रमा एण्ड इमरजेन्सी सेन्टरको उद्घाटन समारोहमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खापुङले कुष्ठरोगीको उपचार मात्र नभएर अन्य विरामीको उपचारमा उदाहरणीय कार्य गरिरहेकोमा आनन्द बन अस्पतालसँग सरकारले सहकार्य गरेर अगाडि बढ्न खोजेको बताए । ‘कुन मोडालिटीमा चलाउने हो ? र सरकारले कहाँ सहकार्य गर्नु पर्छ ? तपाईहरु आउनुहोस मन्त्रालय सहकार्य गर्न तयार छ , उनले भने ।

कार्यक्रममा दी लेप्रोसी नेपालका कन्ट्री डाइरेक्टर कँडेलले अस्पतालले जनताको आवश्यकता अनुसार सेवा बिस्तार गर्दै लगेको र भविश्यमा स्नायु सम्बन्धी उपचार सेवा सुरु गर्न लागेको जानकारी दिए । कार्यक्रममा एमालेका निवर्तमान सांसद नवराज सिलवाल, आइडियाका ग्लोबल कोअर्डिनेटर अमर तिमिल्सिना, दी ल्याप्रोसि नेपालका अध्यक्ष अशोक अधिकारी र ललितपुरका स्थानिय निकायका प्रतिनिधिले ट्रमा एण्ड इमरजेन्सी सेन्टर स्थापना भएपछि बिशेष गरि ललितपुरका ग्रामिण भेकका जनताले उपचार सेवा पाउने विश्वास व्यक्त गर्दै खुशी व्यक्त गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल अंग प्रत्यारोपण समाजको सिएमई सम्पन्न
Next article डा. अचला बैद्यलाई बेलायतको रोयल कलेजको फेलोसिप

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134101
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

130
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

136
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web