• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 9th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आनन्द बनमा ४० शैयाको ट्रमा एण्ड इमरजेन्सी सेन्टर, स्वास्थ्य मन्त्रीले गरे उद्घाटन

September 18th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आनन्द बनमा ४० शैयाको ट्रमा एण्ड इमरजेन्सी सेन्टर, स्वास्थ्य मन्त्रीले गरे उद्घाटन

पदमराज जोशी,
ललितपुर, २ असोज : ललितपुरको लेलेमा रहेको आनन्द वन लेप्रोसी अस्पतालमा ४० शैयाको अत्याधुनिक ट्रमा एण्ड इमरजेन्सी सेन्टर स्थापना भएको छ । उक्त नव निर्मित ट्रमा एण्ड इमरजेन्सी सेन्टरको आईतबार एक समारोहबिच स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले उद्घाटन गरेका छन् ।

दी लेप्रोसी मिसनको सहयोगमा कुष्ठरोगीहरुलाई निशुल्क गुणस्तरीय सेवा प्रदान गरिरहेको आनन्द बन अस्पतालमा बाल रोग, स्त्री रोग, प्रसूतिm हाड जोर्नी सेवासँगै ४० शैयाको ट्रमा एण्ड इमरजेन्सी सेन्टर स्थापना गरिएको हो । ट्रमा एण्ड इमरजेन्सी सेन्टरमा महिलाको लागि छुट्टै शैयाको व्यवस्था गरिएको छ । सेन्टरमा २ वटा आईसियू र २ वटा अपरेसन थिएटरको व्यवस्था गरिएको छ ।

ट्रमा एण्ड इमरजेन्सी सेन्टरको निर्माण कार्यसम्पन्न भइसकेको भए पनि उपकरण जडान गर्ने काम भइरहेकोले सञ्चालनमा आउन केही समय लाग्ने दी लेप्रोसी नेपालका कन्ट्री डाइरेक्टर शोभाकर कँडेलले जानकारी दिए । आनन्द बन अस्पतालले देश भरिका कुष्ठरोगीलाई निशुल्क उपचार सेवा प्रदान गर्नुका अलावा दक्षिणी ललितपुरको महांकाल, बाग्मती गाउँपालिकाका ग्रामिण बस्तीका बासिन्दा, लेले, चाँपागाउँ, छम्पी लगायत क्षेत्रका बासिन्दालाई स्त्री तथा प्रसूति , हाड जोर्नी, बाल रोग र आकस्मिक उपचार सेवा उपलब्ध गराउदै आइरहेको छ । १३० शैयाको यो अस्पतालमा ४० शैया ट्रमा थप भएपछि अब १७० शैयाको अस्पताल भएको कन्ट्री डाइरेक्टर कँडेलले बताए ।
ट्रमा एण्ड इमरजेन्सी सेन्टरको उद्घाटन समारोहमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खापुङले कुष्ठरोगीको उपचार मात्र नभएर अन्य विरामीको उपचारमा उदाहरणीय कार्य गरिरहेकोमा आनन्द बन अस्पतालसँग सरकारले सहकार्य गरेर अगाडि बढ्न खोजेको बताए । ‘कुन मोडालिटीमा चलाउने हो ? र सरकारले कहाँ सहकार्य गर्नु पर्छ ? तपाईहरु आउनुहोस मन्त्रालय सहकार्य गर्न तयार छ , उनले भने ।

कार्यक्रममा दी लेप्रोसी नेपालका कन्ट्री डाइरेक्टर कँडेलले अस्पतालले जनताको आवश्यकता अनुसार सेवा बिस्तार गर्दै लगेको र भविश्यमा स्नायु सम्बन्धी उपचार सेवा सुरु गर्न लागेको जानकारी दिए । कार्यक्रममा एमालेका निवर्तमान सांसद नवराज सिलवाल, आइडियाका ग्लोबल कोअर्डिनेटर अमर तिमिल्सिना, दी ल्याप्रोसि नेपालका अध्यक्ष अशोक अधिकारी र ललितपुरका स्थानिय निकायका प्रतिनिधिले ट्रमा एण्ड इमरजेन्सी सेन्टर स्थापना भएपछि बिशेष गरि ललितपुरका ग्रामिण भेकका जनताले उपचार सेवा पाउने विश्वास व्यक्त गर्दै खुशी व्यक्त गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अर्बुद रोग निवारण संस्थाले मनायो ४० बार्षिकोत्सव, कामनपाको धूम्रपान निषेध गर्ने निर्णयको स्वागत
Next article नेपाल अंग प्रत्यारोपण समाजको सिएमई सम्पन्न

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Feb 7th 3:21 PM
समाचार

चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी

Feb 7th 1:36 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा

Feb 5th 12:11 PM
समाचार

पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1854
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz