• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मधेश प्रदेशमा ७ प्रतिसत जनताले मात्र गराए स्वास्थ्य बिमा

November 28th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मधेश प्रदेशमा ७ प्रतिसत जनताले मात्र गराए स्वास्थ्य बिमा

हेल्थ टुडे,
काठमाडौं, १२ मंसिर : मधेश प्रदेशमा ७ प्रतिसत जनताले मात्र स्वास्थ्य बिमा गराएका छन् । देशभरि औषत साडे २२ प्रतिसतले स्वास्थ्य बिमा गराएकोमा मधेश प्रदेशमा सबैभन्दा कम ७ प्रतिसतले मात्र स्वास्थ्य बिमा गराएको पाइएको छ ।
दातृ निकाय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त आयोजनामा सोमबारदेखि भक्तपुरमा सुरु भएको दुई दिने राष्ट्रिय संयुक्त वार्षिक समिक्षा कार्यक्रममा स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले मधेश प्रदेशमा देशका अन्य सात प्रदेशको तुलनामा स्वास्थ्य बिमा गराउनेको प्रतिसत कम भएको बताए । जनचेतनाको अभावमा बिमा गराउनेको संख्यामा कमि आएको हुन सक्ने बताउदै मधेश प्रदेशमा जनचेतनामूलक कार्यक्रम आवश्यक रहेकोमा डा. बसौलले जोड दिए । स्वास्थ्य बिमामा ५९ लाख ६८ हजार मानिस समाहित भएको बताउदै डा. बसौलाले गत वर्षमात्र ९ अर्व ७३ करोड उपचार गराए वाफत स्वास्थ्य संस्थाहरुलाई भुक्तानी दिइएको जानकारी दिए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा. बसौलाले बिगत ६ वर्षदेखि सञ्चालनमा आएको स्वास्थ्य बिमा कार्यक्रम मार्फत २४ अर्ब ६६ करोड भुक्तानी दिइएको बताए । स्वास्थ्य विमा प्रति जनताको आकर्षण बढेको दावी गर्दै उनले भने, ‘ २३ लाख ९३ हजार जनाले स्वास्थ्य बिमा मार्फत सेवा लिएका छन । यो संख्या बढ्दो छ । ’
देशका ७५३ स्थानिय निकायमध्ये ४१० मा यो सेवा पुग्न नसकेको स्विकार्दै डा. बसौलाले सबै स्थानिय निकायमा स्वास्थ्य बिमा पुर्याउन बोर्ड लागि परेको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले स्वास्थ्य बिमा कार्यक्रमप्रति जनताको विश्वास र गुनासो दुबै उत्तिकै भएकाले यो कार्यक्रमलाई सफल बनाउन सबै पक्ष जिम्मेवार भएर लाग्नु पर्ने बताए ।
समिक्षा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोषन पोखरेलले हालै सार्वजनिक गरिएको जनसांख्यिक स्वास्थ्य सर्वेक्षणको संक्षिप्त रिपोर्टले स्वास्थ्य क्षेत्रमा भएका प्रगति सन्तोषजनक भएको नपाइएकोले गम्भिर समिक्षा गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए । स्वास्थ्य बिमा बोर्डले काम गरिरहेको भए पनि जनता खुशी नभएको तिताृे यथार्तलाई आत्मसात् गर्दै अस्पतालहरु पनि उत्तिकै जिम्मेवार हुनु पर्ने बताए । समिक्षा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका विभाग, महासाखा र प्रदेशको स्वास्थ्य अवस्थाको प्रगतिका बिषयमा समिक्षा हुने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दोस्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन भव्यताका साथ काठमाण्डौमा शुरु
Next article परिवार नियोजन संघकी जमुना सिटौलालाई थाइल्याण्डको कम्युनिटी अली हिरो अवार्ड

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133185
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

34
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web