• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 28th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाल चिकित्सक संघ निर्वाचन : लोकतान्त्रिक समूहको १७ वटा अजेण्डा सार्वजनिक

December 30th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाल चिकित्सक संघ निर्वाचन  : लोकतान्त्रिक समूहको १७ वटा अजेण्डा सार्वजनिक

हेल्थ टुडे,
काठमाडौं, १५ पुष : देश भरिका चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक समूहले आफ्नो अजेण्डा सार्वजनिक गरेको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शुक्रबार लोकतान्त्रिक समूहले संघको आसन्न निर्वाचनलाई मध्यनजर गरेर आफ्नो समूहको १७ वटा प्रमुख अजेण्डा सार्वजनिक गरेको हो ।
विपी कोइराला क्यान्सर अस्पताल भरतपुरका वरिष्ठ चिकित्सक एवं संघका वर्तमान वरिष्ठ उपाध्यक्ष डा.अनिल विक्रम कार्कीको नेतृत्वमा लोकतान्त्रिक समूह चुनावी मैदानमा ओर्लिएको छ । लोकतान्त्रिक समूहले चिकित्सकहरुको तलव वृद्धिका लागि दवाव सिर्जना गर्ने, सबै चिकित्सकहरुको स्वास्थ्य बिमा सरकारले गर्ने व्यवस्था मिलाउन पहल गर्ने, चिकित्सकहरुका लागि छुट्टै अस्पताल स्थापना गर्ने, चिकित्सक सेवा आयोगको स्थापनाका लागि पहल गर्ने लगायतका अजेण्डा अगाडि सारेको छ । त्यसैगरि स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन सतप्रतिसत कार्यन्वयन गर्ने, अस्पताल लगायत स्वास्थ्य संस्थाको सुरक्षाका निम्ती छुट्टै स्वास्थ्य सुरक्षा बल बनाउन पहल गर्ने, चिकित्सा शिक्षामा पिजीको सिट बढाउने लगायतका अजेण्डा सार्वजनिक गरेको छ । नेपाल चिकित्सक संघको आगामी निर्वाचनमा लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार डा. अनिल बिक्रम कार्कीले बिगत दुई दशकदेखि आफु नेपाल चिकित्सक संघ र नेपालको स्वास्थ्य सुधारमा डटेर लागिरहेकाले आफूलाई उम्मेदवार बनाइएको दावी गरे ।
देश भरिका चिकित्सकहरुका पक्षमा आफूहरुले काम गरेकोले सबैको विश्वास जितेर आफुले नेतृत्व गरेको लोकतान्त्रिक समूह भारी मतका साथ निर्वाचित हुने आशा डा. कार्कीले व्यक्त गरे । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिव, कोषाध्यक्ष, सहसचिव, सदस्यहरु गरि १९ पदका लागि हुने संघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष, ३ जना उपाध्यक्ष, सहसचिव र सहकोषाध्यक्ष गरि ७ जना पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने अध्यक्ष, महासचिव सहति १२ पदका लागि माघको पहिलो साता र तेश्रो साता निर्वाचन हुने छ । पत्रकार सम्मेलनमा नेपाल चिकित्सक संघका वर्तमान अध्यक्ष डा. लोचन कार्कीले आफ्नो नेतृत्वको संघल बिगत ३ वर्षमा चिकित्सकहरुका पक्षमा थुप्रै काम गरेकाले फेरि पनि लोकतान्त्रिक समूह नै बिजयी हुने दावी गरे । संघका पूर्व अध्यक्ष डा.केदार नरसिंह केसीले संघको नेतृत्वका लागि डा. अनिल कार्की सक्षम र क्षमतावान भएकाले उनलाई भावी नेतृत्वका लागि उम्मेदवार बनाइएको बताए । संघका भावी नेतृत्वका लागि महासचिवका उम्मेदवार डा. सञ्जिव तिवारीले स्वास्थ्य क्षेत्रको सुधारका लागि डा. अनिल नेतृत्वको समूहलाई बिजय गराउन देश भरिका चिकित्सकहरुलाई आग्रह गरे ।
डा. अनिल बिक्रम कार्की नेतृत्वको लोकतान्त्रिक समूहले उपाध्यक्ष (मधेश प्रदेश संयोजक) डा. निरजकुमार सिंह, उापध्यक्ष (बाग्मती प्रदेश संयोजक) डा. प्रकाश बुढाथोकी, उपाध्यक्ष (गण्डकी प्रदेश संयोजक), उपाध्यक्ष (सुदूरपश्चिम संयोजक) डा. प्रशान्त भट्ट र महासचिवमा डा. सञ्जिव तिवारीलाई उम्मेदवार बनाएको छ । त्यसैगरि सदस्यमा अमित रन्जन मिश्र, डा. किशोर खत्री, डा. मनोर दिन सय्यद, डा. सिर्जना बिष्ट, डा. तेज्सु सिंह मल्ल र डा. योभेन कुमार यादव छन ।
संघको आसन्न निर्वाचनमा उम्मेदवारी दिएका वरिष्ठ उपाध्यक्षमा डा.बद्री रिजाल, उपाध्यक्ष (प्रदेश नम्बर १ संयोजक) मा डा. बिपेश आचार्य, उपाध्यक्ष (लुम्बिनी प्रदेश संयोजक) मा डा. नन्दा कुमारी गुरुङ, उपाध्यक्ष (कर्णाली प्रदेश संयोजक) मा डा. केशल बहादुर ढकाल, कोषाध्यक्षमा डा. प्रमोद जोशी, सहसचिवमा डा. लिजन महर्जन र सह कोषाध्यक्षमा डा. विक्रान्त ढकाल निर्विरोध निर्वाचित भएका छन ।
चिकित्सक संघका १२ हजार भन्दा बढी चिकित्सक मतदाता छन । बिसं २००७ मा स्थापना भएको संघको इतिहासमा लोकतान्त्रिक चिकित्सकहरुको समूहले मात्र बिजय हासिल गरेको छ । यो पटकको निर्वाचनमा प्रगतिशिल, स्वतन्त्र समूह र लोकतान्त्रिक गरि ३ पक्षबिच प्रतिस्पर्धा हुने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जाडोमा झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न प्रहरीको अनुरोध
Next article स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघको अध्यक्षमा डा. धिताल र महासचिवमा डा. केसी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

Jan 19th 2:06 PM
समाचार

कर्णालीमा अस्पताल छ, डाक्टर र औषधि छैन

Jan 19th 1:47 AM
समाचार

चिकित्सक संघको चुनावमा लोकतान्त्रिक समूहको पल्ला भारी

Jan 17th 4:24 PM
समाचार

डा.रुइतले पाए १३ करोड रासीको इसा अवार्ड, नेपालीले पाएको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय अवार्ड

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1843
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

12
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

12
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz