• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

फेनकेन र एनएमएबिच संस्थागत सहकार्यलाई निरन्तरता दिने समझदारी

February 26th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
फेनकेन र एनएमएबिच संस्थागत सहकार्यलाई निरन्तरता दिने समझदारी

हेल्थ टुडे,
काठमाडौं, १४ फागुन : खाद्य, आयुर्बेदिक, न्यूट्रास्युटिकल तथा कस्मास्युटिकल एसोसिएसन (फेनकेन ) र नेपाल चिकित्सक संघ (एनएमए) बिच संस्थागत सहकार्यलाई निरन्तरता दिने समझदारी भएको छ । फेनकेन र एनएमएको केन्द्रिय कार्यसमितिको हालै बसेको संयुक्त बैठकले न्यूट्रास्युटिकल फूड सप्लिमेन्ट्सलाई स्थापित गर्न अगामी दिनमा बिगतका वर्षहरुझै संस्थागत सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको फेनकेनका अध्यक्ष सुरेन्द्र मानन्धरले जानकारी दिए । फूड सप्लिमेन्ट्स औषधिको प्याकमा नेपाल भित्रिने भएकाले त्यसको अनुगमन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको औषधि व्यवस्था विभाग मार्फत हुनु पर्ने औषधि उत्पादकहरुले माग गर्दै आइरहेका छन् भने फूड सप्लिमेन्ट्स व्यवसायी भने फूड सप्लिमेन्ट्सको अनुगमन गर्ने निकाय कृषि मन्त्रालय मातहतको खाद्यप्रविधि तथा गुण नियन्त्रण विभाग भएकोले स्वास्थ्यले हस्तक्षेत्र गर्न नमिल्ने दावी गर्दै आएका छन । कानून अनुसार नेपालमा खाद्य पदार्थ र त्यस सम्बन्धी पदार्थको अनुगमन, दर्ता, परिक्षण सबै गर्ने काम खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागलाई दिइएको छ । फूड सप्लिमेन्ट्सलाई औषधि व्यवस्था विभागको दायराभित्र ल्याउनै नसकिने विज्ञहरु बताउछन । चिकित्सक संघले पनि बिगतमा फूड सप्लिमेन्ट्स औषधि नभएर पौष्टिक आहारको पूर्ति गर्ने खाद्य पदार्थ भएकोले औषधि व्यवस्था विभागले अनुगमन गर्न नमिल्ने सल्लाह दिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ४२ दिनमा निवर्तमान स्वास्थ्यमन्त्रीको एउटै काम ‘वीर अस्पतालको निर्देशक हटाएर आफू निकटलाई नियुक्ति’
Next article गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने सरकारको निर्णय

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134338
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web