• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुर्ती उद्योगीको प्रभावमा परेर सरकारले कर नबढाएकोमा सरोकारवालाको आपत्ति

September 12th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुर्ती उद्योगीको प्रभावमा परेर सरकारले कर नबढाएकोमा सरोकारवालाको आपत्ति

हेल्थ टुडे,
काठमाडौँ २६ भदौ : सूर्ती उद्योगीको प्रभावमा परेर सरकारले सूर्तीजन्य पदार्थमा लाग्ने कर नबढाएकोमा सरोकारवालाले आरोप लगाएका छन् । उनीहरुले नेपालमा सूर्तीजन्य पदार्थमा लाग्ने कर सार्क देशहरुमध्ये सबैभन्दा कम रहेकाले कर बढाउनु पर्नेमा जोड दिएका छन । विश्व स्वास्थ्य संगठनले ७० प्रतिसतसम्म कर लगाउनु पर्ने बताइरहेको बेला नेपालले करिव ३५ प्रतिसत करमात्र लगाएको छ । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालले विश्वका ८० वटा मुलुकमा गरेको सुर्ती नियन्त्रणमा उद्योगको हस्तक्षेप सम्वन्धि अध्ययन् प्रतिवेदन मंगलवार सार्वजनिक कार्यक्रममा विज्ञहरुले सरकार सूर्ती उद्योगीको प्रभावमा पर्न नहुने बताएका हुन ।
नेपालमा सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रण गर्ने कार्यलाई सुर्ती उद्योगीहरुले प्रत्यक्ष अप्रत्यक्ष रुपमा हस्तक्षेप तथा प्रभावित पार्ने कार्य जारी नै राखेको पाइएको छ ।
स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालले गरेको अध्ययनमा नेपालमा सुर्ती उद्योगहरुले नीतिगत तहमा नै प्रभाव पारेकै कारण सुर्तीको कर वृद्धि हुन नसकेको उल्लेख गरिएको छ । विश्वका ८० वटा मुलुकमा गरेको सुर्ती नियन्त्रणमा उद्योगको हस्तक्षेप सम्वन्धि अध्ययन् प्रतिवेदन मंगलवार सार्वजनिक कार्यक्रममा विज्ञहरुले सुर्तीले जनताको स्वास्थ्य मात्रै विगार्ने नभइ समग्र सामाजिक, आर्थिक अवस्थामा नै आघात पार्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि महानगरले प्रयास थालनी गरेको बताए । उनले ऐतिहासिक सम्पदालाई सुर्ती निषेधित क्षेत्र घोषणा गरी कार्यान्वयनमा ल्याइएको भन्दै कानूनले निषेध गरेका स्थानलाई क्रमश प्रतिवन्ध लगाउँदै जाने उल्लेख गरे । उनले युवा पुस्तामा अहिले हुँका, इ सिगरेटहरुको चलन बढेको भन्दै यसलाई नियन्त्रण गर्ने अवको योजना रहेको बताए । उनले नसर्ने रोग नियन्त्रणका लागि सुर्ती जन्य पदार्थ नियन्त्रण गर्नु पर्ने बताए ।
स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्ररमण सिंहले सुर्तीमा मात्रै नेपाली जनताले वर्षेनी १ खर्ब २१ अर्ब रुपैयाँ खर्च गर्ने गरेको तथ्यांक प्रस्तुत गरे । उनले ९० लाख जनताले सुर्ती सेवन गर्ने गरेको र सुर्ती सेवनकै कारण थप करोडौं रुपैयाँ स्वास्थ्य उपचारमा खर्च हुने गरेको दृष्टान्त उनले प्रस्तुत गरे । उनले सुर्ती नियन्त्रण सम्वन्धी कानून कार्यान्वयन गरी यसको प्रयोगलाई नियन्त्रण गर्नु अहिलेको आवश्यकता रहेको बताए ।
वरिष्ठ जनस्वास्थ्यविद प्राडा शरदराज वन्तले सुर्ती स्वास्थ्यसँग मात्र सम्वन्धित नभइकन बहुआयामिक भएकाले यसले समग्र अर्थतन्त्रमा असर पार्ने स्पष्ट पारे । जनताको स्वास्थ्य र समग्र जीवन नै खराब पार्ने तत्वलाई राज्यको कर उठ्ने तत्वको रुपमा नलिइकन प्रतिवन्धतर्फ जानुपर्ने धारणा उनले राखे ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डा. लोनिम प्रसाइँले सुुर्ती नियन्त्रणमा नेपालको स्थिति खराब हुँदै गएको बताइन । उनले भनिन्,‘ गरिबले सुर्ती र मदिरामा गर्ने खर्च आम्दानीको ५० प्रतिशतभन्दा वढी रहेको पाइएको र उनीहरुले शिक्षा र स्वास्थ्यलाई भन्दा नशालाई प्राथमिकता दिने गरेका कारण यसलाई प्रतिवन्ध नै गरिनुपर्दछ । ’
धुम्रपान गर्ने व्यक्तिका कारण धुम्रपान नगर्ने व्यक्तिहरुलाई पनि उत्तिकै असर गर्ने गरेका कारण सार्वजनिक स्थलहरुमा धुम्रपान निषेध गर्न तीनवटै तहका सरकार लागिपर्नु पर्ने धारणा उनले राखिन् ।
स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालका राष्ट्रिय संयोजक शान्तलाल मुल्मीले सुर्तीजन्य वस्तुको प्रवद्र्धन र उत्पादन बन्देजको नै आवश्यकता भइसकेको अवस्थामा कानुन बमोजिम सुर्तीमुक्त सार्वजनिक स्थल नै घोषणा गर्न नसकेको बताए । सुर्तीजन्य पदार्थलाई बन्देज लगाएको खण्डमा नाफाखोर उद्योगीलाई बाहेक राज्य र जनतालाई फाइदा नै हुने उनले बताए ।
सुर्ती उद्योगको हस्तक्षेपसम्वन्धि अध्ययनकर्ता समेत रहेका मुल्मीले नेपालको कानुनले र सुर्ती नियन्त्रणसम्वन्धी अन्तराष्ट्रिय अभिसन्धि (एफसीटीसी) गाइडलाइनले पनि कुनै पनि नाममा सुर्तीको प्रचारप्रसार गर्न नपाइने उल्लेख गरेता पनि सुर्ती उद्यमीले चलाखीपूणर् तवरले ब्राण्डको प्रचार गर्ने, चुरोट सेवन गर्न उत्प्रेरणा दिने, कानुन कार्यान्वयनमा भाँजो हाल्ने काम निरन्तर रुपमा भइरहेको बताए ।
सुर्ती नियन्त्रणमा उद्योगको हस्तक्षेपसम्वन्धि अध्ययनका अर्का अध्ययनकर्ता पूणर्भक्त दुवालले उद्योगीको प्रभावकै कारणले चुरोट सेवनको नियन्त्रण गर्न प्रहरी प्रशासन फितलो देखिएको पाइएको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पुर्व राष्ट्रपति डा.यादव वीर अस्पताल भर्ना, अवस्था बुझ्न वीर पुगे स्वास्थ्यमन्त्री
Next article चिकित्सा शिक्षा आयोगका नव नियुक्त उपाध्यक्ष प्रा. डा अञ्जनीकुमार झाद्धारा पदवहाली

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132662
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

15
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web