• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गेटामा मेडिकल विश्वविद्यालय खोल्ने प्रकृया अन्तिम चरणमा : स्वास्थ्य मन्त्री बस्नेत

January 2nd, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गेटामा मेडिकल विश्वविद्यालय खोल्ने प्रकृया अन्तिम चरणमा : स्वास्थ्य मन्त्री बस्नेत

हेल्थ टुडे,
धनगढी, १७ पुस : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले कैलालीको गेटामा मेडिकल विश्वबिद्यालय नै बनाउने गरि सरकारले प्रकृया अगाडि बढाईसकेको भए पनि त्यसका लागि सबैभन्दा पहिले ३०० शैयाको अस्पताल सञ्चालन हुनु पर्ने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार धनगढीमा आयोजना गरेको नेपाल जनसाङ्खिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को सार्वजनिकरण कार्यक्रम अन्तरगत सुदूरपश्चिमको स्वास्थ्य अवस्थाका विषयमा त्यहाँका स्थानिय निकायका प्रतिनिधिसंगको अन्तरक्रिया कार्यक्रममा मन्त्री बस्नेतले मेडिकल विश्वविद्यालय सञ्चालन गर्नका लागि कम्तिमा पनि ३०० शैयाको अस्पताल सञ्चालनमा आएको हुनु पर्ने बताएका हुन । सरकारले गत कार्तिक १ गतेदेखि ओपिडी सहितको सेवा सञ्चालन गरेर एक सय शैयाको गेटा अस्पताल सञ्चालन गरे पनि मेडिकल विश्वविद्यालय स्थापना कहिले हुन्छ भन्ने जिज्ञाषा स्थानिय निकायका प्रमुख र उपप्रम्ुखले उठाएपछि स्वास्थ्य मन्त्री बस्नेतले अस्पताल र मेडिकल विश्वविद्यालयसँग सँगै अगाडि बढ्ने भएकाले अस्पतालको सञ्चालनमा जोड दिन आग्रह गरेका हुन । स्वास्थ्य र शिक्षामा भविश्यमा सुदूरपश्चिमको भविश्य उज्ज्वल भएको बताउदै स्वास्थ्य मन्त्री बस्नेतले भने, ‘ गेटामा मेडिकल विश्वविद्यालय र डडेल्धुरामा मेडिकल कलेज छिट्टै सञ्चालनमा आउदै छन । अब यहाँका बासिन्दाले उपचारका लागि सिमापारी जानु पर्नेछैन । सिमापारीका मानिस उपचारका लागि यता आउने छन । ’
स्वास्थ्यका सुचकांकहरुमा सुदूरपश्चिम केही पछाडि परेको पाइए पनि बिस्तारै सुधारको बाटोमा रहेको मन्त्री बस्नेतले बताए । अन्तरक्रियामा विभिन्न पालिकाका प्रमुख र उपप्रमुखहरुले स्वास्थ्यकर्मीको दरबन्दी अभाव भएको बताउदै दरबन्दी बढाउन स्वास्थ्य मन्त्री बस्नेतको ध्यानकर्षण गराएका थिए । उनीहरुले बजेट अभावमा स्वास्थ्य सेवा प्रभावित भएको समेत जानकारी गराएका थिए । स्थानिय पालिकाका प्रमुखहरुको जिज्ञाषामा मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा विसं २०५४ सालदेखि बढ्न नसेकेको चिकित्सक सहित स्वास्थ्यकर्मीको दरबन्दी थप गर्ने काम अन्तिम अवस्थामा पुगेको जानकारी गराउदै केही दिनमै २० हजार भन्दा बढीको दरबन्दी बढ्ने प्रवल संभावना रहेको बताए । स्वास्थ्य मन्त्रालयको बजेट गत वर्षको भन्दा पनि घटेर आएको प्रष्ट पार्दै मन्त्री बस्नेतले सिमित श्रोत र साधनबाट पनि जनताको उपचार सेवा पाउने हकको रक्षा गर्न स्थानिय सरकारले पनि काम गर्नु पर्नेमा जोड दिएका छन । स्थानिय सरकार, प्रदेश सरकार र केन्द्र सरकारबिच समुन्वय गरेर स्वास्थ्यमा सुधार गर्न यस किसिमको अन्तरक्रिया कार्यक्रम देशका सात वटै प्रदेशमा गर्ने योजना अनुसार छैटौ नम्बरमा सुदूरपश्चिम प्रदेशमा गरिएको र छिट्टै कोशी प्रदेशमा गरिने जानकारी दिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाहले गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने वा मेडिकल विश्वविद्यालय बनाउने बिषयमा अहिलेसम्म पनि अन्यौल नै रहेको बताउदै प्रदेश सरकार पनि त्यसको सञ्चालनमा सक्दो सहयोग गर्न तयार रहेको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेलले चिकित्सकको दरबन्दी नै सिमित भएकाले विभिन्न स्थानिय निकायबाट माग भएर आएपनि माग अनुसार चिकित्सक पठाउन नसकिएको बताए । स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अनुगमन महासाखा प्रम्ुख डा. कृष्ण पौडेलले स्वास्थ्य सर्वेक्षणमाथि प्रकाश पार्दैै स्वास्थ्य सुचांकमा सुदूरपश्चिम पछाडि परेकोले तिन वटै सरकारले स्वास्थ्य सुधारमा ध्यान दिनु पर्ने बताए । सुदूरपश्चिममा स्वास्थ्य विमा गराउनेको प्रतिसत सुदूरपश्चिममा न्युन रहेको, उच्च रक्तचापको समस्या सबै भन्दा बढी रहेको र वालमृत्यु दर पनि उच्च रहेको जानकारी दिए । स्वास्थ्यमा लगानी गरेर नागरिक जिवनस्तर सुधार गर्ने काम तिनवटै सरकारको भएकाले केन्द्र सरकारले मात्र सबै काम गर्नु पर्छ भन्ने भ्रमबाट मुक्त रहनु पर्ने डा. पौडेलले बताए ।
मसुन्वय महासाखाका प्रमुख डा. चुमनलाल दाशले अहिले प्रति एकलाख जिवित जन्ममा १५१ महिलाको मृत्यु हुने गरेको तथ्यांक प्रस्तुत गर्दै यो संख्यालाई घटाउदै सन् २०३० भित्र ७० मा झार्नु पर्ने चुनौति रहेको बताए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका ४५ भन्दा बढी स्थानिय पालिकाका प्रमुख र उपप्रम्ख सहित प्रशासकिय अधिकृतहरुको सहभागिता रहेको थियो । कार्यक्रम सुदूरपश्चिम प्रदेशका समाजिक विकास मन्त्रालयका सचिवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मेलम्चीमा आयुर्वेदको नि:शुल्क स्वास्थ्य सिविर, १३ सयले लिए उपचार सेवा
Next article डा. दाहाललाई केएमसी प्रवेश गर्न नदिएकोप्रति चिकित्सक संघको आपत्ति

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132897
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web