• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मेलम्चीमा आयुर्वेदको नि:शुल्क स्वास्थ्य सिविर, १३ सयले लिए उपचार सेवा

December 30th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मेलम्चीमा आयुर्वेदको नि:शुल्क स्वास्थ्य सिविर, १३ सयले लिए उपचार सेवा

हेल्थ टुडे,
मेलम्ची, सिन्धुपाल्चोक १४ पुस : राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरको आयोजनामा सिन्धुपाल्चोकको मेलम्चीमा शनिबार निशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य सिविर तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ । सिविरमा १३ सय जनाले उपचार सेवा लिएका छन् । स्वास्थ्य सिविरको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले उदघाटन गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले आयुर्वेद भरपर्दो उपचार पद्वति भएको बताएका छन् । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरको आयोजनामा सिन्धुपाल्चोकको मेलम्चीमा शनिबार आयोजना गरिएको निशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य सिविर तथा औषधि वितरण कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले आयुर्वेद पद्वतिबाट उपचार गर्दा साइड इफेक्ट नहुने र यो उपचार भरपर्दो पनि भएको बताएका हुन । आयुर्वेद उपचार पद्वति हाम्रो मौलिक उपचार पद्वति भएको बताउदै मन्त्री बस्नेतले यसको विकासका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योजना अनुसार काम गरिरहेको दाबी गरे । मन्त्री बस्नेतले भने, ‘आयुर्बेदको विकास र बिस्तार गर्न सके धेरै रोगबाट मुक्त हुन सकिन्छ । ’ राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले मेलम्चीमा आयोजना गरेको स्वास्थ्य सिविरबाट सयौं स्थानियवासीले स्वास्थ्यलाभ लिन सक्ने बताउदै मन्त्री बस्नेतले सिविरमा उपचार हुन नसक्ने विरामीका लागि तालिम केन्द्रले किर्तिपुरमा निशुल्क उपचारको व्यवस्था गर्ने जानकारी दिए ।
आफुले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य क्षेत्रमा थुप्रै सुधारका काम सुरु गरेको दावी गर्दै मन्त्री बस्नेतले विभिन्न रोगको उपचार स्थानिय स्वास्थ्य संस्थामै हुन सके जनताले उपचारकै लागि काठमाडौं धाउनु पर्ने अवस्थाको अन्त हुने कुरामा जोड दिए । मन्त्री बस्नेतले भने, ‘ मिर्गौला फेल भएका विरामीको सुविधाका लागि चौतारामा ५ वटा डाइलासिस मेसिन पुगिसकेका छन् । केही दिनमै सेवा सुरु हुन्छ । मेलम्चीमा पनि आवश्यकता छ भने स्वास्थ्य मन्त्रालयले पठाइदिन तयार छ । ’
पैसा नभएका कारण कुनै पनि नेपालीले उपचार सेवाबाट बन्चित हुन नपरोस भन्ने उद्घोषका साथ आफुले काम गरिरहेको बताउदै मन्त्री बस्नेतले निकट भविश्यमै चिकित्सा शिक्षा ऐन संसोधन गरेर चिकित्सा शिक्षामा कोटा बढाएर स्वदेशमै पढ्न पाउने वातावरण बनाउन लागेको जानकारी दिए । कार्यक्रममा राष्टिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा. रामआधार यादवले धेरैजसो रोगको उपचार आयुर्वेद पद्वतिको माध्यमबाट गर्न सकिने भए पनि त्यसको महत्व बुझ्न र बुझाउन नसक्दा समस्या देखिएको बताए । पेट सम्बन्धी समस्याका कारण धेरैजसो रोग लाग्ने गरेको बताउदै डा.यादवले आयुर्वेद पद्वतिबाट हुने उपचारले पेट सम्बन्धी रोग निको हुने दावी गरे । स्वास्थ्य सिविरमा पेट सम्बन्धी रोग, पिनास, मधुमेह, पंचकर्म, भिडियो एक्सरे, छाला सम्बन्धी रोग, फिजियो थेरापी सहितका सेवा र निशुल्क औषधि समेत बितरण गरिएको थियो । स्वास्थ्य सिविरमा एक हजार ३ सय भन्दा बढी स्थानिय बासिन्दाले सेवा लिएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गेटामा मेडिकल विश्वविद्यालय खोल्ने प्रकृया अन्तिम चरणमा : स्वास्थ्य मन्त्री बस्नेत
Next article धर्मभक्त प्रत्यारोपणमा अहिलेसम्म १६ जनाको कलेजो प्रत्यारोपण, दुई जनाको यो साता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133999
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

128
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

122
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web