• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

धर्मभक्त प्रत्यारोपणमा अहिलेसम्म १६ जनाको कलेजो प्रत्यारोपण, दुई जनाको यो साता

December 29th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
धर्मभक्त प्रत्यारोपणमा अहिलेसम्म १६ जनाको कलेजो प्रत्यारोपण, दुई जनाको यो साता

हेल्थ टुडे,
काठमाडौँ, १३ पुस : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पछिल्लो साता थप दुई जनाको कलेजो प्रत्यारोपण गरिएको छ । यो संगै सो केन्द्रमा कलेजो प्रत्यारोपण गराउनेको संख्या १६ पुगेको छ ।
प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं अंग प्रत्यारोपण शल्य चिकित्सक डा पुकारचन्द्र श्रेष्ठका अनुसार गत ८ र ९ पुसका दिन दुई जनाको कलेजो प्रत्यारोपण गरिएको हो । पहिलो केश भक्तपुरका २२ बर्षीय छोरालाई आफ्नै ४७ बर्षका बाबुले कलेजो दान गरेका थिए । यस्तै दोस्रो केशमा सप्तरीका २५ वर्षीय भाइलाई उनकी ३५ बर्षीया दिदीले कलेजो दान गरेका थिईन् । डा श्रेष्ठले कलेजो दाता र ग्रहण कर्ता दुबैको स्वास्थ्य सामान्य रहेको बताए ।
त्यसो त यो साता दुईवटा कलेजो बाहेक अरु तीनवटा मिर्गौला समेत प्रत्यारोपण भएको छ । पछिल्लो तीनवटा संगै प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गरिनेको संख्या १ हजार १७२ पुगेको डा श्रेष्ठले बताए ।त्यसो त प्रत्यारोपण केन्द्र नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गर्ने अस्पताल हो । विसं २०७३ मङसिर २२ गते, दक्षिण कोरियाका चिकित्सकहरुको प्रविधिक सहयोगमा देशमै पहिलो पटक कलेजो प्रत्यारोपण गरेकोमा तत्पश्चात भएका कलेजो प्रत्यारोपण सेवामा छिमेकी राष्ट्र भारतको म्याक्स अस्पतालका विशेषज्ञ चिकित्सकहरुको सहयोगमा हुँदै आएको छ ।
डा श्रेष्ठले कलेजो प्रत्यारोपणका लागि नेपाल सक्षम बन्दै गएको समेत बताए । उनले भने, पछिल्लो ५ जनाको प्रत्यारोपणमा त हामीले एक जना मात्र भारतीय चिकित्सकको सहयोग लिएका छौँ । यसबाट पनि केन्द्र केलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै गएको प्रष्ट हुन्छ ।
देशमा सबै भन्दा धेरै प्रत्यारोपण गर्ने यस केन्द्रले शुरुको केही वर्ष वार्षिक एक दुई जनाको मात्र कलेजो प्रत्यारोपण गर्दै आएको थियो । तर यो वर्ष ६ जनाको सफल केलेजो प्रत्यारोपण भै सकेको र केही हप्तामै अरु थप ४ जनाको कलेजो प्रत्यारोपण गर्ने तयारी गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article औषधि लिमिटेडले छिट्टै २० प्रकारका औषधि उत्पादन गर्ने प्रधानमन्त्रीको दावी
Next article मेलम्चीमा आयुर्वेदको नि:शुल्क स्वास्थ्य सिविर, १३ सयले लिए उपचार सेवा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132864
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web