• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मेरी स्टोप्सको अगुवाईमा पाठेघरको मुखको क्यान्सर परिक्षण तथा रोकथाम अभियान

March 7th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मेरी स्टोप्सको अगुवाईमा पाठेघरको मुखको क्यान्सर परिक्षण तथा रोकथाम अभियान

हेल्थ टुडे,
काठमाडौं, २४ फागुन : मेरी स्टोप्स इन्टरनेशनल नेपालको अगुवाईमा अष्ट्रेलिया सरकारको विदेश मामिला तथा वाणिज्य विभाग ( डिफ्याट) , एनसेल र स्वास्थ्य सेवा विभागको सहकार्यमा पाठेघरको मुखको क्यान्सर परिक्षण र रोकथामका लागि देशव्यापी सचेतना अभियान घोषणा गरिएको छ । मेरी स्टोप्स इन्टरनेशनल यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रदायक संस्था हो ।
मेरी स्टोप्सले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि देशव्यापी रुपमा सचेतना अभियान सुरु गरिएको जानकारी गराएको छ । अभियानको मुख्य उद्देश्य पाठेघरको मुखको क्यान्सरको परिक्षण गर्ने र खोपको माध्यमबाट पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सघाउ पुर्याउने रहेको मेरी स्टोप्स इन्टरनशनल नेपालका वरिष्ठ सल्लाहकार के.पी.उपाध्यायले जानकारी दिए । यो अभियान एक महिनासम्म सञ्चालन हुने छ । वरिष्ठ सल्लाहकार उपाध्यायका अनुसार यो अभियान सञ्चालन गर्न ऐनसेलले वृहत नेटवर्क, समाजिक सञ्जाल र मेरी स्टोप्सले समुदाय स्तरमा काम गर्ने छ । यसका साथै पाठेघरको मुखको क्यान्सरको परिक्षण र रोकथामका बिषयमा जनचेतना फैलाउन विभिन्न सञ्चार माध्यमहरु समेत प्रयोग गर्ने छ ।
पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महासाखाकी सर्मिला दाहालले पाठेघरको मुखको क्यान्सर नेपालमा महिलामा हुने क्यान्सरहरुमध्ये दोश्रो नम्बरमा पर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै साडे ११ प्रतिसत महिलाले मात्र यसको परिक्षण गर्ने गरेको पाइएकोले जनचेतना अवाश्यक रहेकोमा जोड दिइन । दाहालले नेपालमा हरेक दिन ६ जनामा पाठेघरको मुखको क्यान्सर देखिने गरेको पाइएको बताउदै प्रत्येक दिन ४ जनाको यसकै कारण मृत्यु भइरहेको भयाभव अवस्था रहेको जानकारी दिइन । कार्यक्रममा बोल्दै मेरी स्टोप्स इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत ( सिईओ) साइमन कुकले उपचारले मात्र पाठेघरको मुखको क्यान्सरबाट महिलालाई बचाउन नसकिने भएकाले यसका बिषयमा व्यापक जनचेतना बिस्तार र परिक्षण आवश्यक रहेको बताए ।
अष्ट्रेलिया सरकारकी प्रतिनिधि कबिता काश्यनाथनले अष्ट्रेलियाले पाठेघरको मुखको क्यान्सर विरुद्व महिलालाई जोगाउने सबैभन्दा प्रभावकारी सावित भएको एचपिभी ( ह्युमन पपिलोमाभाइरस) खोप सबैभन्दा पहिले उत्पादन गरेको बताउदै यो अभियानले रोकथामका पक्षमा सफलता पाउने विश्वास व्यक्त गरिन । मार्च महिनाभरि सञ्चालन हुने अभियान अन्तर्गत ९ देखि ४९ वर्ष उमेर समूहका किशोरी र महिलाहरुलाई लक्षित गरेर विभिन्न कार्यक्रम सञ्चालन गरिने छन् । यस बाहेक मेरी स्टोप्सले अन्तर्राष्टिय महिला दिवसको दिन महिलाहरुका लागि काठमाडौंमा सिभिल हस्पिटल र प्रसूति गृह एवं मेरी स्टोप्सका सेवा केन्द्रहरुमा निशुल्क परिक्षण सेवा सेमत प्रदान गर्ने वरिष्ठ सल्लाहकार उपाध्यायले जानकारी दिए ।

े

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उपेन्द्र यादव बन्ने भए स्वास्थ्यमन्त्री
Next article २५ फागुनदेखि चितवनमा हुने नवौं फर्मा एक्स्पोको तयारी पुरा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132897
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web