• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

कोलेस्टोरेल घटाउन कस्तो खानेकुरा खाने ?

March 12th, 2024 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोलेस्टोरेल  घटाउन कस्तो खानेकुरा खाने ?

हेल्थ टुडे,
काठमाडौं, २९ फागुन : कोलेस्टेरोल एक प्रकारको चिल्लो पदार्थ हो, जुन रगतमा पाइन्छ । सरल भाषामा भन्नुपर्दा रगतमा पाइने बोसोलाई कोलेस्टेरोल भनिन्छ । यसले प्रत्येक कोषिकालाई जीवित राख्न मद्दत गर्छ । त्यसैले रगतमा कोलेस्टेरोल हुनु सामान्य कुरा हो, जुन कलेजोले उत्पादन गर्छ ।
हरेक दिन कलेजोले एक वयस्क व्यक्तिमा पन्ध्र सय मिलिग्राम कोलेस्टोरोल उत्पादन गर्छ । शरीरमा ८५ प्रतिशत कोलेस्टेरोलको निर्माण कलेजोले गर्छ भने २० प्रतिशत कोलेस्टेरोल खानाबाट प्राप्त हुन्छ । तर शरीरमा अतिरिक्त कोलेस्टेरोल जम्मा भएमा वा रगतमा कोलेस्टेरोलको मात्रा उच्च भएमा यसले रक्त धमनीमा अवरोध पैदा गरी मुटुसम्बन्धी गम्भीर समस्या निम्त्याउने गर्छ । यसबाट हृदयघातको जोखिम बढाउँछ ।

कोलेस्टेरोलको प्रकार

कोलेस्टेरोल दुई प्रकारका हुन्छन् । एलडीएल (लो डेन्सिटी लिपोप्रोटिन) अर्थात् खराब कोलेस्टेरोल, एचडीएल (हाई डेन्सिटी लिपोप्रोटिन) अर्थात् राम्रो कोलेस्टेरोल र एलडीएल (लो डेन्सिटी लिपोप्रोटिन) । एलडीएललाई खराब कोलेस्टेरोल पनि भन्ने गरिन्छ । सेचुरेटेड फ्याट (निश्चित तापमानमा मात्र पग्लिने बोसो)को अधिक सेवन, कोलेस्टेरोलयुक्त खानपान, अत्यधिक जंकफुडको सेवन, कलेजोमा कोलेस्टेरोलको बढ्ता उत्पादन र गुलियो खानेकुरा एवं मद्यपानको अत्यधिक सेवनले खराब कोलेस्टेरोल बढ्छ ।

एचडीएल (हाई डेन्सिटी लिपोप्रोटिन)

एचडीएललाई राम्रो कोलेस्टेरोल मानिन्छ ।

कोलेस्टेरोलको भूमिका

कोलेस्टेरोलले शरीरको जैविक कार्यमा महत्वपूर्ण भूमिका खेल्नुका साथै सेक्स हार्मोनको बनाउन पनि मद्दत गर्छ । त्यस्तै यसले सूर्यको किरणलाई भिटामिन डीमा परिणत गर्नुपर्छ ।

कोलेस्टेरोल कहिले हानिकारक हुन्छ ?

शरीरमा कोलेस्टेरोल दुई किसिमले बढ्छ । पहिलो अत्यधिक प्रशोधित खानेकुरा सेवन र दोस्रो शरीरमा अत्यधिक कोलेस्टेरोलको उत्पादन । अर्थात् वंशाणुगत कारण पनि हुनसक्छ । यसका कारण रगतमा कोलेस्टोरोलको मात्रा बढ्छ । कोलेस्टेरोल बढ्दा मुटुको रोग मात्र होइन, मोटोपन, उच्च रक्तचाप, मधुमेह जस्ता रोगको जोखिम बढी हुन्छ ।

कोलेस्टेरोल कसरी पत्ता लगाउने ?

शरीरमा कति कोलेस्टोल छ भनेर लिपिड प्रोफाइल परिक्षण गरेर थाहा पाउन सकिन्छ । रगतमा कोलेस्टेरोलको मात्रा थाहा पाउन गरिने समूहगत जाँचलाई लिपिड प्रोफाइल भनिन्छ । जुन खाली पेटमा गर्नुपर्छ । सामान्यतया रगतमा कोलेस्टेरोलको मात्रा दुई सय मिलीग्राम प्रतिडेसिलिटरभन्दा कम भएमा त्यसको स्तरलाई सामान्य मानिन्छ र योभन्दा बढी भएमा सावधानी अपनाउनुपर्ने हुन्छ । यी समस्या भएमा कोलेस्टेरोलको समस्या हुनसक्छ ।

उच्च रक्तचाप, मोटोपन वा थाइराइड गडबडी जस्ता कुनै समस्या भएमा, परिवारमा कसैलाई मुटुरोग भएमा, रगतमा कोलेस्टेरोलको उच्च स्तर भएको पारिवारिक इतिहास भएमा, अत्यधिक मदिरा सेवन गरेमा वा परिवार नियोजनका लागि पिल्स चक्की लामो समयसम्म खाइरहने गरेमा मानिसहरुलाई हुनसक्छ ।

कोलेस्टेरोल आफैंमा रोग होइन

खानेकुराको माध्यमबाट रगतमा कोलेस्टेरोल नियन्त्रण गर्ने उपाय
तेलको छनोट कुनै पनि खानेतेल किन्नु भन्दा अगाडि यसमा तीनवटा कुराहरुको ध्यान दिनुपर्छ– स्याचुरेटेड फ्याट, पोली अनस्याचुरेटेड र मोनो अनस्याचुरेटेड फ्याट । स्याचुरेटेड फ्याटले स्वास्थ्यलाई हानि पु¥याउँछ, त्यसैले यसको मात्रा जति कम भए राम्रो हुन्छ । यो सामान्य तापक्रममा पनि ठोस अवस्थामा रहन्छ । यस्तो चिल्लो प्रायः जनावरबाट प्राप्त हुन्छ ।
मोनो अनस्याचुरेटेड फ्याटले शरीरलाई फाइदा गर्छ, त्यसैले यसको मात्रा बढी हुनु राम्रो मानिन्छ । जुन वनस्पतिबाट प्राप्त हुन्छ । पोली अनस्याचुरेटेड फ्याटको मात्रा बढी हुनु पनि राम्रो हो । मोनो अनस्याचुरेटेड फ्याटलाई पोली अनस्याचुरेटेड भन्दा राम्रो मानिन्छ । स्याचुरेटेड र ट्रान्स फ्याट स्वास्थ्यका लागि हानिकारक हुने भएकोले यसको मात्रा जति कम भए राम्रो हुन्छ ।

ड्राइफुड्सको सेवन गर्दा यसमा कोलेस्टेरोल हुँदैन भन्ने होइन तर राम्रो फ्याटको मात्रा बढी हुन्छ । त्यसैले खराब कोलेस्टेरोल बढ्न नदिन काजु, बदाम, ओखर दैनिक खान खानुपर्छ ।हरियो सागसब्जी, फलफूल, गेडागुडी जस्ता खानेकुरामा भरपुर मात्रामा फाइबर पाइन्छ । जसले शरीरमा कोलेस्टेरोल जम्मा हुनबाट रोक्न मद्दत गर्छ ।
दैनिक कम्तीमा एउटा काँचो लसुन खानुपर्छ । यसले कोलेस्टोरोल समस्या भएमा कम गर्छ । र, कोलेस्टेरोलको मात्रा सन्तुलनमा राख्न मद्दत गर्छ । प्रायः खानासँग सलाद खाइन्छ । तर खानासँग मात्र नभई भोक लागेको बेला पनि सलाद मात्र खान सकिन्छ । जस्तै गाँजर, मूला, काँक्रो, प्याज, गोलभेंडा इत्यादि खान सकेमा खराब कोलेस्टेरोललाई कम गर्न सकिन्छ ।
सकेसम्म दैनिक ३० देखि ४५ मिनेट नियमित व्यायाम गर्नुपर्छ । यसले रगतबाट शरीरको बोसो हटाउने क्षमता बढाउँछ । रगतमा बोसो लामो समयसम्म रहन सक्दैन । यसबाहेक कोलेस्टोरेल नियन्त्रण गर्न तारेको, भुटेको, रातो मासु, जंकफुड, प्रशोधित खानेकुरा, गुलियो खानेकुरा, सफ्ट ड्रिंक्स र जाँड–रक्सी चुरोट जस्ता खानेकुरा खानुहुँदैन । यी खानेकुराको अत्यधिक सेवन तथा मद्यपान धेरै गर्नाले नराम्रो फ्याट बढ्छ । त्यस्तै मासुको सेवन गर्नेले सकेसम्म दैनिक मासुको सेवन नगर्ने वा सन्तुलन मात्रामा खानुपर्छ ।
ऐजेन्सीको सहयोगमा

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मेडिसिटी हस्पिटलमा १४ महिनामा जम्मा २३ जनाको मिर्गौला प्रत्यारोपण
Next article उप प्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री यादवद्वारा पदभार ग्रहण

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134311
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web