• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

न्याम्स, बीपी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच द्विपक्षीय सम्झौता

March 22nd, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
न्याम्स, बीपी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच द्विपक्षीय सम्झौता

हेल्थ टुडे,
काठमाडौं, ८ चैत : सरकारका तीन ठूला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच एक आपसमा छुट्टाछुट्टै सम्झौता भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच आपसमा द्विपक्षीय सम्झौता भएको हो।
प्रतिष्ठानका सहकुलपति समेत स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा न्याम्सले बीपी र कर्णाली प्रतिष्ठान, बीपीले कर्णाली र न्याम्ससँग, कर्णालीले बीपी र न्याम्ससँग छुट्टाछुट्टै सम्झौता गरेको हो। एक आपसमा सहयोग र सहकार्य गर्नेगरी सम्झौता भएको न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले जानकारी दिए।
प्राडा बस्नेतका अनुसार सम्झौतामा विद्यार्थी र फ्याकल्टी एक्सचेन्ज लगायतका विषयहरु रहेका छन्।
सम्झौतामा न्याम्सका उपकुलपति प्राडा बस्नेत, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा ज्ञानेन्द्र गिरी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले हस्ताक्षर गरेका छन्। कर्णालीका उपकुलपति डा रावलले यो सम्झौतासँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक गतिविधिसँगै अनुसन्धान लगायतका विषयलाई थप उचाइमा पु¥याउने बताए। यो सम्झौताले तीन वटै प्रतिष्ठानको विकास र विस्तारसँगै दुर्गमका नागरिकको स्वास्थ्य सुधारमा कोशेढुंगा हुने डा बस्नेत बताउँछन्।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेत्रज्योति संघ मार्फत सञ्चालित आँखा अस्पतालमा उपचार गराउने विदेशीको संख्या बढ्दै
Next article नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा विभिन्न अवार्डका लागि दरखास्त आव्हान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133955
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

151
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

141
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web