• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 16th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

परिवार योजना र सुरक्षित मातृत्वमा ४ प्रदेशका ५ जिल्लामा पत्रकार अन्तरक्रिया

May 4th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
परिवार योजना र सुरक्षित मातृत्वमा ४ प्रदेशका ५ जिल्लामा पत्रकार अन्तरक्रिया

हेल्थ टुडे,
काठमाडौं, २२ बैसाख : मातृमृत्युदर अत्यधिक भएका देशका ४ वटा प्रदेशका ५ वटा जिल्लाका पत्रकारहरुसँग त्यसको न्युनिकरणका विषयमा अन्तरक्रिया गरिएको छ । हेल्थ टुडे मिडियाको आयोजना तथा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको सहयोगमा र जिल्ला स्वास्थ्य कार्यालयको सहकार्यका कोसी प्रदेशका इटहरी, विराटनगर, जनकपुर, नेपालगन्ज र सुर्खेतमा छुट्टा छुट्टै दिन पत्रकार अन्तरक्रिया सम्पन्न भएको हो । अन्तरक्रियामा सम्बन्धित शिक्षा स्वास्थ्य कार्यालयका अधिकारीहरुले जिल्लामा रहेको मातृमृत्युको अवस्था, परिवार योजना कार्यक्रम र सुरक्षित मातृत्वका बिषयमा भइरहेका प्रयासका विषयमा पत्रकारहरुलाई जानकारी गराएका थिए ।
पाँच वटा कार्यक्रम मध्ये नेपालगन्ज र सुर्खेतको कार्यक्रमलाई युएसएआडीको एआरएच कार्यक्रम र नेपाल परिवार नियोजन संघले पनि सहकार्य गरेको थियो । कार्यक्रममा नेपाल परिवार नियोजन संघ नेपालगन्जकी प्रमुख रश्मी श्रेष्ठ र सुर्खेत साखाका प्रमुख शेखर धमलाले सुरक्षित मातृत्व एवं यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा परिवार नियोजन संघले सरकारसँग मिलेर गरिरहेका कामहरुका बिषयमा जानकारी गराएका थिए । युएसएआडी एआरएच कार्यक्रम नेपालगन्जका केशवनरसिंह राणा र सुर्खेतका चन्द्र थापाले सुरक्षित मातृत्वका लागि किशोरी अवस्थादेखि नै ध्यान दिनु पर्ने बताउदै आफूहरुले गरिरहेको कामका बिषयमा छोटो जानकारी दिएका थिए ।
अन्तरक्रियामा मातृमृत्यु दर घटाउन सञ्चार माध्यमले खेल्नु पर्ने भूमिकाका बिषयमा पनि व्यापक छलफल भएको हेल्थ टुडे मिडियाका अध्यक्ष पदमराज जोशीले बताए । मातृमृत्युदर बढ्नुको कारण मध्ये सरकारले प्रदान गरिरहेको स्वास्थ्य सेवाका बिषयमा राम्रो जानकारी समेत नभएको पाइएकोले यस किसिमका अन्तरक्रियाले सञ्चारमाध्यमले जनताका जनचेतनता बिस्तार गर्ने कुरामा विश्वास गर्न सकिने स्वास्थ्य कार्यालय बाकेका प्रमुख अंगतबहादुर शाहीले बताए । कर्णाली स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले कर्णाली प्रदेशका मातृमृत्यु लुम्बिनी प्रदेश बाहेक अन्य प्रदेशको तुलनामा बढी रहेको बताउदै यसलाई घटाउन स्वास्थ्यको प्रयासले मात्र नहुने भएकाले सञ्चार माध्ययको पनि सहकार्य आवश्यक रहेको बताए । ५ वटा जिल्लामा भएको अन्तरक्रियामा १५० भन्दा बढी पत्रकार सहभागी भएका थिए । पत्रकारहरुले स्वास्थ्य विज्ञहरु, चिकित्सक, वरिष्ठ स्वास्थ्य पत्रकार र सम्बिन्धित जिल्लाका सुरक्षित मातृत्व कार्यक्रमका फोकल पर्सनहरुले सुरक्षित मातृत्वका बिषयमा प्रस्तुतिकरणका साथै जानकारी गराएका थिए । कार्यक्रम निकै फलदायी रहेको अन्तरक्रियामा सहभागीहरुले बताएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article युवा सिर्जनशिल समाजद्वारा विद्यार्थीलाई सूर्तिजन्य पदार्थविरुद्व सचेतना
Next article विषदीयुक्त खानपानकै कारण अबको १० वर्षमा ३३ प्रतिसतलाई क्यान्सर हुनसक्छ : डा. राव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131846
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web