• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यमन्त्री पौडेलद्वारा बालबालिकाको क्यान्सर रोक्न अन्तर्राष्ट्रिय समुदायसँग निःशुल्क खोप माग

October 16th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यमन्त्री पौडेलद्वारा बालबालिकाको क्यान्सर रोक्न अन्तर्राष्ट्रिय समुदायसँग निःशुल्क खोप माग


हेल्थ टुडे,

काठमाडौं, ३० असोज : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हेटौंडामा रहेको विश्व स्वास्थ्य संगठनको हेटौंडामा रहेको कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रलाई क्षेत्रीय अनुसन्धान केन्द्रका रुपमा विकास गर्न सघाउन आग्रह गरेका छन् ।
जर्मनीको बर्लिनमा आयोजित विश्व स्वास्थ्य सिखर सम्मेलनका क्रममा संगठनका महानिर्देशक डाक्टर टेड्रोस गिब्रिएसस्सँगको कुराकानीका क्रममा यस्तो अनुरोध गरेका हुन् । नेपाल मात्र नभएर दक्षिणपूर्वी एसियाकै अनुसन्धान केन्द्रका रुपमा विकास गर्न सकिने भन्दै मन्त्री पौडेलले यसका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताए ।
जवाफमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोसले नेपालले संगठनको स्वास्थ्य लक्ष्य पूरा गर्न महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै यस विषयमा सकारात्मक रहेको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखा प्रमुख डाक्टर भीम सापकोटाले जानकारी दिए ।
६ प्रकारका खोप निःशुल्क उपलब्ध गराउन विश्व समुदायसँग आग्रह
मन्त्री पौडेलले सम्मेलनका क्रममा विश्वव्यापी खोप अलाएन्स गाभीका कार्यकारी अधिकृत सानिया निस्तारसँग पनि भेट गरे । उनले नेपाल बालबालिकामा हुने क्यान्सरसँग जुध्नका लागि लागि परेको भन्दै बाल क्यान्सर नियन्त्रणका लागि खोपको सहायताका लागि आग्रह गरे । मन्त्रालयले सानै उमेरदेखि नै क्यान्सर नियन्त्रणका लागि योजना बनाएर काम थालेको भन्दै मन्त्री पौडेलले गाभीबाट प्राप्त हुने सहयोगले साथ मिल्ने बताए ।
जर्मन स्वास्थ्य मन्त्रीसँग डिजिटल स्वास्थ्य सुदृढिकरणका लागि छलफल
मन्त्री पौडेलले जर्मनीका संघीय स्वास्थ्यमन्त्री कार्ल लउटरबचसँग पनि भेटवार्ता गर्दै नेपालले डिजिटल स्वास्थ्यमार्फत स्वास्थ्य सुधार अघि बढाउने बताए । जर्मन मन्त्रीले जर्मन अन्तर्राष्ट्रिय सहायता एजेन्सीमार्फत नेपाललाई दिन लागिएको करिब ३० मिलियन युरो स्वास्थ्य सहायताको प्राथमिकताबारे जिज्ञासा राखेका थिए । जवाफमा मन्त्री पौडेलले डिजिटल प्रणालीको सुधार अघि बढाउने बताएका हुन् ।
नेपालका महिला स्वास्थ्यस्वयंसेविकाका कारण मातृशिशु स्वास्थ्य र पोषणमा सुधार
नेपालका महिला स्वास्थ्यस्वयंसेविकामार्फत बालबालिका तथा महिलाको खोप तथा पोषणमा भैरहेको सुधारको विश्वका स्वास्थ्य क्षेत्रका सरोकारवालाले प्रशंसा गरेका छन् ।
विश्व स्वास्थ्य सिखर सम्मेलनमा कार्यक्रममा बोल्ने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलल नेपालको दूरदराजका क्षेत्रमा समेत ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाले पोषण र स्वास्थ्यका क्षेत्रमा मातृ र शिशुका लागि उदाहरणीय काम गरेको बताएका थिए ।
स्थानीय समुदायका महिलाले प्रभावकारी योगदान दिएकै कारण मातृशिशु मृत्युदर कम गर्न सकेको मन्त्री पौडेलले बताए पछि सहभागीहरुले त्यस कार्यको प्रशंसा गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
सम्मेलनमा सहभागी हुने क्रममा मन्त्री पौडेलले नर्वेका स्वास्थ्य मन्त्री जाँ क्रिश्चियन भेस्ट्रे तथा युनिसेफका शीर्ष अधिकारीसँगसमेत भेटवार्ता गर्दै स्वास्थ्य सुधारमा नेपालले गरिरहेको प्रयासमा ऐक्यबद्धताका लागि आग्रह गरेका थिए ।
युनिसेफका डेपुटी प्रोग्राम डिरेक्टर ओमर अब्दीसँग मन्त्री पौडेलले महिला स्वास्थ्य स्वयंसेविकाको परिचालन व्यवस्थित ढंगले गर्नका लागि सशक्तिकरणका लागि पर्याप्त सेवा सुविधा उपलब्ध गराउन सघाउन आग्रह गरेका थिए । जवाफमा युनिसेफका डेपुटी प्रोग्राम डिरेक्टरले नेपालका महिला स्वास्थ्य स्वयंसेविकाको योगदान प्रशंसनीय भन्दै सघाउन तयार रहेको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका समन्वय महाशाखा प्रमुख सापकोटाले जानकारी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कसरी बच्न सकिन्छ डेंगुबाट ?
Next article बाढी प्रभावितका लागि नेपाल चिकित्सक संघको स्वास्थ्य सिविर तथा राहत वितरण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133338
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web