• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 3rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

इन्डोनेसियाको बालीमा स्वास्थ्यमन्त्री पौडेलको सम्बोधन– पाठेघरको मुखको क्यान्सरविरुद्ध लड्न प्रतिवद्व छौ

December 4th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
इन्डोनेसियाको बालीमा स्वास्थ्यमन्त्री पौडेलको सम्बोधन– पाठेघरको मुखको क्यान्सरविरुद्ध लड्न प्रतिवद्व छौ

हेल्थ टुडे,
काठमाडौं, १९ मंसिर : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको भन्दै यसका लागि देशव्यापी खोप कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताएका छन् ।
इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्य गाभीको बैठकमा सम्बोधन गर्दै मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि नेपालले आगामी फेब्रुअरी महिना(माघ २२ गते) मा दुई सातासम्म किशोरीहरुलाई खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।
‘यो खोप अभियान नेपालका लागि मात्र होइन सर्भाइकल क्यान्सर अन्त्यको वैश्विक रणनीति मा महत्वपूर्ण उपलब्धि हुनेछ,’ मन्त्री पौडेलले भने ।
गाभीसँग सहकार्य गरेर नेपालले खोपलक्षित प्राथमिकता तय गर्नेछ उल्लेख गर्दै मन्त्री पौडेलले नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत हेपाटइटिस बी तथा हैजाबिरुद्धसमेत खोप कार्यक्रम ल्याउने योजना बनाएको जानकारी दिए ।
‘हामी यसबारे विमर्श गरिरहेका छौं,‘ मन्त्री पौडेलले भने, ‘नेपालले यसका लागि चाँडै औपचारिक अनुरोध गर्नेछ ।’
नेपालमा खोप कार्यक्रम सञ्चालन गर्न कुल बजेटको कम मात्र अंश स्वास्थ्यका लागि विनियोजन हुनु तथा नयाँ संघीय व्यवस्थामा जनशक्ति अभावजस्ता समस्यासँग जुधिरहनुपरेको मन्त्री पौडेलले बताए ।
हाम्रो स्वास्थ्य क्षेत्र सुदृढिकरण सहायता क्षमता अभिवृद्धि सहायतामा तपाईंहरुबाट सहयोगको अपेक्षा गरेका छौं, मन्त्री पौडेलले सम्बोधनका क्रममा भने, यस्तो सहयोगले नेपाल र नेपालजस्ता देशहरुका लागि खोपहरुको पहुँच र सुलभता महत्वपूर्ण हुनेछ ।
‘कोही पनि पुर्ण खोप अभियानबाट बञ्चित नहुन् भन्नका लागि नेपालले विश्वव्यापी खोप अभियानसँग गर्ने साझेदारी महत्वपूर्ण हुनेछ,’ मन्त्री पौडेलले भने । नेपालको खोप कार्यक्रमका लागि विश्वव्यापी खोप अलायन्स गाभीले ६५ प्रतिशत सहयोग गर्दे आइरहेको छ ।
नेपाल दक्षिण पश्चिम एसिया क्षेत्रमा खोप ऐन ल्याउने पहिलो देश भएको भन्दै मन्त्री पौडेलले राष्ट्रिय खोप कार्यक्रमबाट हरेक वर्ष ५ लाख लाभान्वित हुने गरेको सुनाए ।
खोपबाट बचाउन सकिने १३ प्रकारका रोगविरुद्ध नेपालले खोप अभियान सञ्चालन गर्दै आइरहेको छ । मन्त्री पौडेलले नेपालको खोप कार्यक्रमले सबै लिंग, वर्ग तथा भौगोलिक क्षेत्रमा समान काम गरिरहेको भन्दै देश सन् २०१० मा पोलियोमुक्त बनेको तथा रुबेला संक्रमण नियन्त्रण गर्न सफलता पाएको उदाहरण दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article राष्ट्रपति पौडेलको त्रिवि शिक्षण अस्पतालमा प्रोस्टेटको शल्यक्रिया सम्पन्न
Next article ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. रिजाललाई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131641
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web