• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य अनुसन्धान परिषदको सुदूरपश्चिममा साखा विस्तार,काउन्सिलरमा डा.अन्सारी नियुक्त

January 18th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य अनुसन्धान परिषदको सुदूरपश्चिममा साखा विस्तार,काउन्सिलरमा डा.अन्सारी नियुक्त

हेल्थ टुडे,
काठमाडौं, ५ माघ : नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सुदूरपश्चिम प्रदेशमा आफ्नो साखा विस्तार गरेको छ । परिषदले सुदूरपश्चिम प्रदेश स्वास्थ्य अनुसन्धान काउन्सिलरमा डा.मेराज आलम अन्सारीलाई नियुक्त गरेको छ । काउन्सिलर नियुक्त गरेसँगै परिषदले छिट्टै साखा कार्यालय स्थापना गरेर सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य अनुसन्धानका गतिविधि अगाडि बढाइने परिषदका कार्यकारी सदस्य सचिव डा.प्रमोद जोशीले जानकारी दिए ।
स्वास्थ्यका क्षेत्रमा विभिन्न अनुसन्धान गर्ने र गराउने जिम्मेवारी पाएको परिषदले देशका सात वटै प्रदेशमा स्वास्थ्य अनुसन्धान परिषद्का साखा विस्तार गर्न क्रममा सुदूरपश्चिम प्रदेशमा साखा विस्तार गरेको हो । विसं २०४७ सालमा स्थापना भएको स्वास्थ्य अनुसन्धान परिषदले स्वास्थ्य सम्बन्धी अध्ययन अनुसन्धान गर्ने र गराउनुका साथै अनुसन्धान सम्बन्धी नीति तर्जुमा गर्ने र अनुसन्धानका प्राथमिकताका क्षेत्र तोक्ने काम गर्छ । परिषद्का सदस्य सचिव डा. जोशीका अनुसार संविधानको मर्म अनुरुप संघीय, प्रादेशिक र स्थानिय सरकारसँग समुन्वय, सहजीकरण र सहकार्य गर्दै स्वास्थ्य अनुसन्धान प्रणालीलाई संघिय संरचना अनुरुप विकास र विस्तार गर्न सुदूरपश्चिममा साखा विस्तार गरिएको हो ।
स्वास्थ्य अनुसन्धानका विषयमा सुदूरपश्चिम सरकारसँग पनि सकारात्मक कुराकानी भइरहेको डा. जोशीले बताए । सुदूरपश्चिम सरकार सामाजिक विकास मन्त्रालयले पनि बजेट नै विनियोजन गरेर स्वास्थ्य अनुसन्धानका क्षेत्रका काम गर्ने योजना बनाएको र त्यसलाई सहयोग पुग्ने गरि परिषद सहकार्य गर्दै अगाडि बढ्ने जोशीले जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य अनुसन्धान परिषदको साखा विस्तार नभएकाले त्यहाँ स्वास्थ्य अनुसन्धानका विषय अगाडि बढ्न सकेका छैनन् । साखा विस्तार भएपछि आवश्यकता र औचित्यताका आधारमा सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य अनुसन्धानका गतिविधि अगाडि बढ्ने नव नियुक्त काउन्सिलर डा.अन्सारीले बताए । डा.अन्सारी नेपाल चिकित्सक संघका सुदूरपश्चिम प्रदेश सचिव हुन । उनी निसर्ग हस्पिटलका मेडिकल डाइरेक्टर हुन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सहरिया भइरहेकाछन् खाएरै रोगी
Next article पक्षाघातको औषधी निःशुल्क उपलब्ध गराउने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133371
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

57
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

45
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web