• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सा शिक्षा आयोगले सरकारीमा पिजी सिट कम दिएको भन्दै चिकित्सक संघको विरोध

February 6th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सा शिक्षा आयोगले सरकारीमा पिजी सिट कम दिएको भन्दै चिकित्सक संघको विरोध

हेल्थ टुडे,
काठमाडौं, २४ माघ : चिकित्सा शिक्षा आयोगले सरकारी प्रतिष्ठानहरुमा स्नातकोत्तर तह (पिजी) अन्तर्गत एमडी÷एमएस÷एमडीएसको सिट संख्या कम तोकेको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ। संघले बिहीबार विज्ञप्ति जारी गर्दै आयोगको निर्णल न्यायसंगत नभएको भन्दै उसले गरेको निर्णयको विरोध गरेको हो ।
चिकित्सा शिक्षा आयोगद्वारा आज मिति २०८१ माघ २४ गते प्रकाशित गरिएको एमडी÷एमएस÷एमडीएसको सिट संख्याप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ’सरकारका प्रतिष्ठानहरुमा क्षमता भएको तथा विज्ञ टोलीद्वारा निर्धारण गरिए अनुसार सिट थप हुने अवस्था हुँदा हुँदै सिट संख्या बढेर नआउनु खेदजनक रहेको छ।’
संघले सरकारी प्रतिष्ठानमा सिट संख्या कम तोक्दा नेपाल भित्रका जेहेन्दार चिकित्सकहरु स्नातकोत्तर तालिमको अवसरबाट बञ्चित भइ विदेश जान बाध्य हुने ठहर गरेको छ।यसैगरी, संघले चिकित्सा शिक्षा ऐन तथा नियमावलीमा आवश्यक संशोधन गरी समस्याहरुको यथाशीघ्र दीर्घकालीन स्थायी समाधान गर्न पनि माग गरेको छ। यस किसिमका निर्णयका कारण नेपाली चिकित्सक विदेशिने क्रम बढेको भन्दै चिििकत्सकलाई आन्दोलित हुनु पर्ने अवस्था आउन नदिन आयोगले पुनर्विचार गर्नु पर्ने जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्रालयले अधिकार क्षेत्र विर्सेर हस्तक्षेप गरेको भन्दै न्युट्रास्युटिकल व्यवसायीको आपत्ति
Next article चुरोट तथा सुर्तीजन्य पदार्थमा १०० प्रतिशत चेतावनीमूलक सन्देश छाप्नुपर्ने निर्देशिका स्वीकृत

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134430
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web