हेल्थ टुडे,
काठमाडौं, २१ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकाश देवकोटा नियुक्त भएका छन् । बुधबार साझ बसेको मन्त्रीपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त सचिवमा डा. देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको हो । डा. देवकोटा स्वास्थ्य सेवा विभागको महानिर्देशक थिए । बढुवा समितिले स्वास्थ्य सचिवका लागि डा. देवकोटाका अलावा डा. संगीता मिश्र र डा. टंक बाराकोटीको नाम सचिवका लागि सिफारिस गरेको थियो । बाह्रौ तहका तिन जना चिकित्सक मध्ये डा. देवकोटालाई सरकारले सचिव नियुक्त गरेको हो । डा. रोसन पोखरेल उमेरका कारण गत फागुन १२ गतेदेखि सेवा निवृत भए पछि प्राविधिक तर्फको सवास्थ्य सचिवको पद रिक्त थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन र प्राविधिक गरि दुई वटा सचिव रहने व्यवस्था छ । नव नियुक्त सचिव डा. देवकोटाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता, स्वास्थ्य सेवा विभागको महानिर्देशक, बालस्वास्थ्य महासाखाको निर्देशक, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव लगायतका जिम्मेवारी सफलताका साथ निभाई सकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकाश देवकोटा नियुक्त

Leave a Reply