• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 4th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

यूएनएफपीएद्वारा तथ्यांक विश्लेषण र प्रतिवेदन प्रणालीयुक्त एआई प्रविधि परियोजना सार्वजनिक

March 31st, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यूएनएफपीएद्वारा तथ्यांक विश्लेषण र प्रतिवेदन प्रणालीयुक्त एआई प्रविधि परियोजना सार्वजनिक


हेल्थ टुडे,

काठमाडौँ, १८ चैत : नेपालस्थित यूएनएफपीएले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गुगल, यूएनएफपीएको सूचना प्रविधि सेवा कार्यालय (आईटीएसओ) र ब्रिटिश दूतावास काठमाडौँको सहकार्यमा आज एक विशेष कार्यक्रममा एआईमा आधारित डेटा विश्लेषण प्रणाली सार्वजनिक गरेको छ । कार्यक्रममा सरकारी निकाय, विकास साझेदार, तथा निजी क्षेत्रका प्रमुख प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
एआईमार्फत डेटा अनलक गर्दैः डेटा विश्लेषण र प्रतिवेदनका लागि एआईको उपयोग शीर्षकमा आयोजना गरिएको उक्त कार्यक्रममा डेटा विश्लेषण र प्रतिवेदन तयार पार्ने तरिकालाई रूपान्तरण गर्ने क्षमता भएको अत्याधुनिक पाइलट एआई प्रणालीको प्रस्तुति गरिएको थियो ।
उक्त प्रविधिले प्रयोगकर्ताहरूलाई जटिल डेटासेटहरूमाथि सरल प्रश्नमार्फत वास्तविक समयमै एआई–सञ्चालित तथ्याङ्क, ग्राफ, तालिका, तथा प्रतिवेदनहरू निर्माण गर्न सक्षम बनाउँछ। प्रणालीको परीक्षणका लागि नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को डेटा प्रयोग गरिएको थियो । प्रणालीको केन्द्रमा रहेको क्षेत्र–प्रज्ञ सेमान्टिक क्वेरी इन्जिनले प्रयोगकर्ताको प्रश्न कुन विषयसँग सम्बन्धित हो भन्ने कुरा बुझ्ने क्षमता राख्दछ ।

यूएनएफपीए नेपालकी प्रतिनिधि वोन यङ होङले भनिन्, ‘ एआईले सर्वेक्षण कसरी सञ्चालन गरिन्छ र प्रतिवेदनहरू कसरी तयार गरिन्छ भन्ने कुरामा मूलभूत रूपमा रूपान्तरण ल्याउने सम्भावना राख्दछ । जसले डेटा सङ्कलन र विश्लेषणलाई अझ समयमै, प्रभावकारी र सटीक बनाउँछ । ’ उनले अगाडि भपिन, ‘यो प्रणालीले सरकारलाई डेटा विश्लेषण र विवरणात्मक प्रतिवेदनहरू छिटो सार्वजनिक गर्न सहयोग पु¥याउने क्षमता राख्दछ, जसले उत्तरदायित्व बढाउँछ र लागत–कुशलता ल्याउँछ । जुन आजको जटिल विश्वव्यापी आर्थिक परिवेशमा विशेषगरी अत्यावश्यक फाइदा हो । यस्तो प्रगतिलाई सम्भव बनाउन बेलायती दूतावास नेपालको नवप्रवर्तनशील साझेदारीप्रति हामी आभारी छौं ।’

नेपालका लागि बेलायती राजदूत महामहिम रोबर्ट डोमिनिक रसेल फेनले भने, ‘डेटालाई पहुँचयोग्य, समयमै र उपयोगी बनाउँदै एआई–सञ्चालित विश्लेषणमार्फत गरिएको यो पहलले विकासलाई समावेशी बनाउने उदाहरण पेश गरेको छ । यसले संस्थाहरू र नागरिकहरूबीचको दूरी घटाएर, प्रमाणमा आधारित नीति निर्माणलाई सशक्त बनाउनेछ। हामी यूएनएफपीए सँगको यस डिजिटल रूपान्तरण प्रयासमा सहकार्य गर्न पाउँदा गर्व गर्छौं । ’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले भने, ‘डेटा विश्लेषणमा देखिने मानव स्रोत तथा प्राविधिक क्षमताको अभावलाई सम्बोधन गर्न एआई प्रविधि उपयोगी हुन्छ। यसले सार्वजनिक संस्थाहरूलाई तत्काल प्रमाणमा आधारित छिटो र सशक्त निर्णय लिन सक्षम बनाउँछ । ’
कार्यक्रममा एआई प्रणालीको प्रत्यक्ष प्रदर्शन गरिएको थियो र भविष्यमा यस प्रणालीलाई सरकारी डेटा प्रणाली तथा प्रक्रियासँग एकीकृत गर्ने योजना प्रस्तुत गरिएको थियो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय तथ्याङ्क कार्यालय, संयुक्त राष्ट्रका निकायहरू, शैक्षिक संस्था, निजी क्षेत्र, प्रविधि कम्पनीहरू र सञ्चारमाध्यमका झण्डै १५० जना प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
यो पहलले अन्य क्षेत्र र डेटा सेटहरूमा समेत एआई प्रविधिको प्रयोगमार्फत सार्वजनिक निर्णय प्रक्रियालाई अझ सशक्त र प्रभावकारी बनाउने दिशामा भविष्यका साझेदारीहरूलाई उत्प्रेरित गर्ने विश्वास गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जडीबुटी उत्पादन कम्पनीमा राजावादीले गरे आगजनी
Next article पिजीको हालको म्याचिङ प्रक्रिया रोकी पूर्वनिर्धारित सिट अनुसार गर्न चिकित्सक संघको माग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131910
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web