• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एघारौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन राजधानीमा भोलीबाट सुरु

April 9th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एघारौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन राजधानीमा भोलीबाट सुरु

हेल्थ टुडे,

काठमाडौँ, २७ चैत : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गर्दैै आइरहेको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन चैत २८ गतेबाट राजधानीको सोल्टी होटेलमा सुरु हुदैछ । एघारौ पटक हुन लागेको उक्त सम्मेलनको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले उदघाटन गर्ने कार्यक्रम छ । तिन दिनसम्म चल्ने सम्मेलनमा देश र विदेशका गरि करिव एक हजार स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सहभागिता रहने छ । परिषद्ले बुधबार पत्रकार सम्मेलन गर्दै सम्मेलनका बिषयमा जानकारी दिएको हो ।
सम्मेलनको यस वर्षको मुख्य नारा “स्वास्थ्य, जलवायु र जनसंख्यामा परिवर्तनः दिगो र समावेशी भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली” रहेको छ ।
. पत्रकार सम्मेलनमा बमेल्दै परिषद्का कार्यकारी सदस्य सचिव डा प्रमोद जोशीले सम्मेलनका्े सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । डा. जोशीका अनुसार सम्मेलनमा नेपालसहित भारत, चीन, बेलायत, डेनमार्क, स्विजरल्यान्ड, जर्मनी, अमेरिका लगायत देशका १०० भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञहरूले भौतिक रुपमा तथा भर्चुअल रुपमा सहभागि हुने छन् । डा. जोशीले भने, “ स्वास्थ्य र जनसंख्यामा आधारित अनुसन्धान प्रवद्र्धन गर्नु, प्रमाणमा आधारित नीतिनिर्माण प्रक्रिया सुदृढ गर्नु, र वैज्ञानिक अनुसन्धानकर्ता तथा नीतिनिर्माताबीच सहकार्यलाई बलियो बनाउनु सम्मेलनको उद्देश्य रहेको छ । ”
यसपटकको सम्मेलन जलवायु परिवर्तनका कारण उत्पन्न स्वास्थ्य चुनौतीहरू, स्वास्थ्य प्रणालीको उत्थानशीलता र स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता लगायतका समसामयिक विषयवस्तुमा केन्द्रित हुनेसमेत डा. जोशीले बताए । परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ घिमालले स्वास्थ्य बीमा, दक्ष स्वास्थ्यकर्मीको पलायन, मानसिक रोग, सर्ने–नसर्ने रोग तथा अनुसन्धान नियमन लगायत विषयमा सम्मेलनमा विशेष छलफल हुने जानकारी दिए ।
सम्मेलनलाई पारदर्शी बनाउन स्टेरिङ कमिटि, सेन्टेफिक कमिटि, अर्गनाइजिङ कमिटि तथा अवार्ड सेलेक्सन सब कमिटि गठन गरिएको परिषद्ले जानकारी दिएको छ । सम्मेलनका लागि १४६ वटा मौखिक र १३० वटा पोष्टर प्रस्तुतिकरण प्राप्त भएका छन् । डा. धिमालले त्यसमध्ये ८७ वटा मौखिक र ११५ वटा पोष्टर प्रस्तुतिकरणका लागि छनौट भएको जानकारी दिए । अघिल्ला वर्ष जस्तै परिषद्ले यसपटक पनि विभिन्न विधाका गरि १४ वटा अवार्ड वितरण गर्ने भएको छ । सम्मेलनमा प्रमुख वक्ताको रुपमा योजना आयोगका उपाध्यक्ष र विश्व स्वास्थ्य संगठनका प्रतिनिधि रहने छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोटेश्वर क्याम्पसमा जलवायु परिवर्तन तथा लैंगिकता सम्बन्धि कार्यशाला सम्पन्न
Next article सुर्ती उद्योगीको प्रभावमा परेर उद्योग मन्त्री भण्डारीको जनस्वास्थ्य विरोधी कदम

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133351
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

45
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web