हेल्थ टुडे,
काठमाडौँ, २६ जेठ : दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति बनाउने क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मस्यौदालाई अन्तिम रुप दिन भन्दै प्राविधिक कार्यदल सहितको बृहत छलफल आयोजना गरेको छ । अन्तरक्रियामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समुन्वय महासाखा प्रमुख भिम सापकोटा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. श्यामबाबु यादव लगायत मन्त्रालयका अधिकारी र सरोकारवालाको सहभागिता रहेको थियो ।
मस्यौदा र त्यसमा थप घट गर्नुपर्ने विषयका बारेमा अन्तरक्रिया गरिएको सरोकारवालाहरुसँग व्यापक छलफल गरिएको मस्यौदा समितिका संयोजक डा कृष्णप्रसाद पौडेलले जानकारी दिए । सो कार्यक्रममा कार्यदलका सदस्य सचिव डा पुष्पराज पौडेलले रणनीतिक मस्यौदामा अहिलेसम्म उल्लेखित विषयका बारेमा प्रस्तुति दिएका थिए । उनको प्रस्तुति पछि छलफलमा सहभागीहरुले आफ्ना सुझावहरु दिएका थिए ।‘ दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति (२०८१÷०८२ देखि २०९१ ÷०९२ ) को अन्तिम मस्यौदामा प्राविधिक कार्यदल सहितको विस्तारित बैठक हो । यसमामा आएका केही सुझावहरुलाई समेटेर अब यसलाई निर्णयार्थ प्रस्तुत गरिनेछ,’ टोलीका एक सदस्यले बताए । मौजुदा नीति तथा कार्यक्रमहरुलाई प्रभावकारी एवं व्यवस्थित रुपमा कार्यन्वयन गराउन यो रणनीति तयार गरिएको हो ।
दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदामा छलफल

Leave a Reply