• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अब नेपालमै आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम संचालन हुने

June 10th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अब नेपालमै आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम संचालन हुने

हेल्थ टुडे,
काठमाडौं, २७ जेठ : नेपाल नेत्रज्योति संघ र अर्विस ईन्टरनेशनबिच नेपालमा आँखा उपचार सम्बन्धी डिजिटल तालिम हबका रुपमा विकास गर्ने परियोजना संचालनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आँखा स्वास्थ्य क्षेत्रमा आवस्यक पर्ने क्लिनिकल, पारामेडिक्स, ब्यवस्थापन तथा प्रशासनिक कर्मचारीहारुलाई तालीम दिई दक्ष जनशक्ति को रुपमा बिकास गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको हो । नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दका अनुसार समय, आर्थिक अभाव, भाषा र बिदेश गएर तलिम लिन नसक्नेलाई लक्षित गरी विश्वस्तरीय तालिम संचालनका लागि यो परियोजना संचालन गरिएको हो । भविश्यमा आवस्यकता अनुसार विभिन्न देशका विभिन्न भाषामा समेत तालिम संचालन गरिनेछ ।
‘नेपालले आँखा उपचारका क्षेत्रमा गरेको प्रगती विश्वमै उदाहरणिय छ, अब विश्व स्तरमै संचालन हुने क्षमता अभिवृद्धि तालिमहरु नेपालमै संचालनका लागि नेत्रज्योति संघसंगको सहकार्यमा यो परियोजना संचालन हुनेछ’ अर्विस इन्टरनेशन इन्डियाका कन्ट्री डाईरेक्टर डा.ऋषिराज बोराहले भन्नुभयो ।
यो परियोजना अन्तर्गतको तालिममा सहभागी हुने सहभागिहरुले भौतिक रुपमा आफैँ उपस्थित भई वा स्यान्डबीच ब्लेन्डेड लर्निङ्ग एप्रोचबाट आफू कार्यरत जुनसुकै ठाउँबाट मोतिबिन्दुको, ऐन्टेरियर सेगमेन्ट,भिट्रियो रेटिना,जलबिन्दु,अप्ट्रोमेट्री साईन्स, आँखा स्वास्थ्य कार्यक्रम व्यवस्थापन तालिम,वेट ल्याब व्यबस्थाप तालिम लगायतका अप्थाल्मीक बिधाहरुमा तालिममा सहभागी हुन सक्नेछन्, जसमा हाइ टेक्नोलोजी रिमोट सर्जिकल किट्जस्ता अत्यन्तै अत्याधुनिक प्रविधिको प्रयोग समेत हुनेछ । अर्विसको साईबर साईट प्रविधिको प्रयोग गरी विभिन्न विधामा सिएमई र हस्पिटल बेस्ड तालिम नियमित रुपमा संचालन गरिनेछ ।त्यस्तै यो परियोजना अन्र्तगत संचालन हुने तालिममा नेपालमा रहेका सम्पुर्ण आँखा अस्पतालहरु, मेडिकल कलेज, निजि आँखा अस्पतालहरु,स्वास्थ सेवा प्रतिस्ठानहरु, सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत जनशक्तिहरुका साथै विश्वकै विभिन्न स्वास्थ्य संस्थाहरुका जनशक्तिहरु समेत सहभागि हुनसक्नेछन् । उक्त तालिमहरुको सहजिकरण विश्वस्तरमै सम्बन्धीत विषयमा ख्याति प्राप्त विषयबिज्ञहरुद्धारा गराइनेछ ।
संघका कार्यकारी निर्देशक डा.शैलेश कुमार मिश्रका अनुसार परियोजना संचालनका लागि हाललाई बिराटनगर आँखा अस्पतालमा तालिम संचालनका लागि आवश्यक सिमुलेटर,वेट ल्याब र रिमोट सर्जिकल किट लगायतका स्टेट अफ आर्ट फ्यासिलिटी तहको भौतिक संरचना तयार भई संचालन भएको छ भने बिस्तारै भैरहवाको श्री रणअम्बिका शाह आँखा अस्पतालमा समेत यो परियोजना विस्तार हुनेछ ।
यो परियोजनाले नेपालमा मात्र नभई विश्वमा नै उपचार पछि निको हुने अन्धोपना निवारण गर्न कोशेढुंगाा साबित हुने अपेक्षा राखिएको छ । लहान आँखा तथा कान स्वास्थ्य कार्यक्रमका प्रमुख प्रशासक सुधिर ठाकुरले नेपालमै पहिलो पटक यो परियोजना मार्फत यस प्रकार को विश्वस्तरिय तालिम संचालन गरिने बताउनुभयो ।
संघका कार्यक्रम व्वस्थापक रन्जन शाहका अनुसार हाल लाई नेपालका जनशक्तीहरुलाई लक्षित गरी तालिम संचालन गरिने छ भने अर्को वर्ष बाट देश बाहिरको जनशक्तिहरुको लागि समेत खुला गरिने छ । यो परियोजना अन्तर्गत संचालन गरिने तालिमहरु प्रकृति हेरी १ हप्ता, १ महिना, ३ महिना, १ वर्ष र २ वर्ष अवधिका हुनेछन् ।
स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा संघका २८ आँखा अस्पताल, २२४ उपचार केन्द्र र ४४ जिल्ला शाखाहरुको संजाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article औषधीको मूल्य नीति सम्बन्धी प्रतिवेदन प्रति औषधि व्यवसायीको विरोध
Next article दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदामा छलफल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134093
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

136
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

136
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web