• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

August 4th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित


हेल्थ टुडे,

काठमाडौँ, १९ साउन : नेपाल औषधी उत्पादक संघको अध्यक्ष पदमा विप्लव अधिकारी सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । अध्यक्षमा उम्मेद्धारी दिएका उनका प्रतिस्पर्धी दीपक दाहालले उम्मेद्धारी फिर्ता लिएपछि अधिकारी सर्वसम्मत रुपमा अध्यक्ष बन्ने बाटो खुलेको हो । त्यसअघि दाहालले उठाएका मुद्धालाई अधिकारीले समेटेर अघि बढ्ने गरी सहमति भएको थियो ।
अध्यक्षमा निर्वाचित अधिकारी एपोनका पूर्व महासचिव हुन् । अघिल्लो पटक अध्यक्ष पदमै उठेर पराजित बनेका उनी यसपटक भने सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । उम्मेद्धारी फिर्ता लिएका दाहाल एपोनमा एक कार्यकाल अध्यक्ष भई सकेका व्यक्ति हुन् । यसपटक देखि अध्यक्ष, निवर्तमान अध्यक्ष सहित सात जना पदाधिकारी र छ जना सदस्य सहित कुल १३ जनाको कार्यसमिति रहने छ ।
नेपाल औषधी उत्पादक संघ (एपोन) ११ सदस्यीय कार्यकारी पदमा पनि सहमति भएको छ । अध्यक्ष पदमा सहमतिमा विप्लव अधिकारी चुनिएपछि ११ सदस्यीय कार्यकारी पदमा पनि सहमति भएको हो । सहमतिबाट प्रभात रुङ्गटा, पंकजकुमार तिवारी, शरदचन्द्र ओझा, ईश्वरकुमार भण्डारी, सुमितचन्द्र श्रेष्ठ र गिरीराज पाठक ( गणेश) सदस्यमा छानिएका छन् । यस्तै शैलेश वैद्य, सजलराज रेग्मी, पृथ्वी राज भण्डारी, सन्तोष बराल र प्रवन दाहाल पनि सर्वसम्मत रुपमा सदस्य पदमा छानिएका छन् । यसअघि ११ पदका लागि १५ जनाको उम्मेद्धारी परेको थियो । अध्यक्षमा सहमति भएपछि सदस्यहरुमा पनि सहमति हुनु पर्ने आवाज उठेको थियो । बैठकले पूर्व अध्यक्षहरुलाई सदस्यहरुको टुंगो लगाउन कार्यदेश दिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा
Next article कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133409
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

74
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

63
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web