• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

September 17th, 2025 लेखविचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

डा. अमित शाह,
मधुमेह अहिले आममानिसहरुको साझा समस्याका रुपमा देखा परेको छ । शहरी भागमा मात्र होइन ग्रामिण क्षेत्रमा पनि मधुमेहको समस्या आम समस्या भइसकेको छ । खानपान र जिवनशैलीमा परिवर्तन ल्याउन सके यसलाई नियन्त्रण गर्न सकिन्छ । तर सावधानी अपनाउन सकिएन भने यसलmे हाम्रा शरीरका विभिन्न अंगहरुलाई फेल गराएर मृत्युको मुखमा समेत पुर्याउन समय लगाउदैन । त्यसैले मधुमेहको समस्या भएका व्यक्तिहरुले निम्न ५ वटा कुरामा मात्र ध्यान दिएर व्यवहारमा लागु गर्न सकियो भने यसलाई नियन्त्रणमा राख्न सकिन्छ र सक्रिय जिवन निर्वाह गर्न सकिन्छ ।
१.जीवनशैली परिवर्तन :
मोजमस्ती जीवनशैलीलाई मधुमेहले स्वीकार गर्दैन । खानपान, रहनसहन बानी व्यहोरामा तपाईंले केही परिवर्तन गर्नै पर्ने हुन्छ । तर यसको मतलव कठोर जीवनशैली अपनाउनुपर्छ भन्ने कदापि होइन । सबैभन्दा ठूलो कुरा मधुमेह रोगलाई सहज र सरल किसिमबाट स्वीकार्नु पर्दछ । विश्वमा करोडौं मानिसहरू मधुमेह रोगबाट ग्रस्त छन्, तर पनि नियमित औषधोपचारलगायतको परिवर्तित जीवनशैलीको कारणबाट मधुमेहलाई नियन्त्रणमा राखी अन्य स्वस्थ मानिसहरू सरह स्वाभाविक जीवन बिताई स्वस्थ र दीर्घजीवी भइरहेको हामीले देखेका छौं । सही र उचित औषधोपचारको उपलब्धताले विवेकी मधुमेहीले यो रोगबाट पूर्ण मुक्ति पाउन असमर्थ भए पनि यसलाई पूर्ण रूपमा नियन्त्रणमा राख्न सक्दछ । मधुमेही भोजन, योगाभ्यास, सहनशील, सादा जीवन र उच्च विचारको जीवनशैलीले मधुमेह नियन्त्रण गर्न ठूलो सहयोग मिल्नेछ । चिन्ता र भयमुक्त वातावरणमा हाँस्ने हँसाउने मनस्थितिमा रहनु मधुमेहीको निमित्त अत्यन्त लाभदायिक हुन्छ ।
२.आहार :
मधुमेहीहरूले आफ्नो आहारमा विशेष ध्यान दिनु पर्दछ ।
नियमित निर्धारित समयमा खाना र खाजा खानु पर्दछ ।
लामो समयसम्म नखाइकन भोको वस्नु हुँदैन

चिनी भएका खाद्यान्न जस्तैः चिनी हालेको चिया वा कफी, हर्लिक्स, कोकाकोला, पेप्सीकोला आदि । त्यस्तै आइसक्रिम, मह, चकलेट, सक्खर, खुदो, चाकु, जाम आदि खानु हुँदैन । खाना खाँदा एकै चोटि धेरै टन्न नखाई दिनको चार पटक खाना खाने । एक पटक भात र अर्को छाक रोटी खानु वेश हुन्छ ।
३.औषधि सेवन :
मधुमेहको किसिमअनुसार ९त्थउभ क्ष् वा त्थउभ क्ष्क्ष्० चिकित्सकको सल्लाहमा मधुमेहीले औषधि उपचार गर्नु पर्दछ । इन्सुलिन इन्जेक्सन ९क्ष्लकगष्लि क्ष्लवभअतष्यल० लिनु पर्ने भएमा इन्जेक्सन लिन्न भन्नु हुँदैन । खाने औषधि जस्तै बानी परेपछि इन्सुलिन लिन झन्झट महसुस हुँदैन । चिकित्सकसँग नियमित रूपमा परामर्श गर्नु पर्दछ र समय समयमा रगत परीक्षण गराई आवश्यकतानुरूप औषधोपचारलाई निरन्तरता दिनु पर्दछ ।
४.व्यायाम :
व्यायाम गर्नाले शरीरमा भएको इन्सुलिनको उचित प्रयोग हुन्छ । मधुमेहीले व्यायाम गर्दा आफ्नो शरीरको क्षमतानुसार हलुका व्यायाम मात्र गर्नु पर्दछ । मौसम अनुसार बिहान ३० देखि ६० मिनेटसम्म नरोकी एकै गतिमा फुर्तिसाथ फटाफट हिँड्नु मधुमेह रोगीको निमित्त अत्यन्त राम्रो व्यायाम मानिन्छ ।
५.नियमित रक्त परीक्षण :
नियमित रक्त परीक्षणले मधुमेहीहरूको उपचारमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । मधुमेहीहरूले यदि रगतमा चिनीको मात्रा घटवढ छैन भने १५ दिनमा १ देखि २ पटकसम्म रक्त परीक्षण गर्ने तर रगतमा चिनीको मात्रा घटबढ भइरहेमा कम्पतीमा हप्ताको २ पटक अनिवार्य रक्त परीक्षण गर्नुपर्दछ ।
मधुमेह मुख्य दुई प्रकार
क)पहिलोः इन्सुलिन इन्जेक्सनमा भर पर्नु पर्ने
ख)दोस्रोः इन्सुलिन इन्जेक्सनमा भर पर्नु नपर्ने
मधुमेहका लक्षणहरू
क)बढी प्यास लाग्नु, (ख) बढी भोक लाग्नु, (ग) धेरै पिसाव लाग्नु, (घ) दुव्लाउँदै जानु, (ङ) बढी थकाइ लाग्नु, (च) घाउ छिटो निको नहुनु, (छ) पैतला पोलिरहनु, (ज) दृष्टिमा अवरोध आउनु, (झ) खुट्टाको पैतालामा ससाना घाउ देखिनु, (झ) पिसाबको नलीमा इन्फेक्सन हुनु ।
मधुमेह कसलाई बढी लाग्ने सम्भावना हुन्छ ?
क)वंशानुगत, (ख) अत्यधिक मोटो व्यक्ति, (ग) शारीरिक परिश्रम नगर्ने, (घ) ४० वर्ष नाघेका, (ङ) उच्च रक्तचाप, (च) मुटु÷मृगौलाका रोगी, (छ) ग्रन्थीहरूको असन्तुलन, (ज) कुपोषित रोगीहरू कतिपय गर्भावस्थामा महिलाहरूलाई र (ञ) जन्मँदा ३.५ किलोभन्दा बढी तौल भएका बच्चाहरूलाई पनि मधुमेह हुने सम्भावना छ ।
के मधुमेहबाट सदाको लागि छुटकारा पाउन सकिन्छ ?
मधुमेहबाट स्थायी रूपमा छुटकारा पाउन सकिँदैन । मधुमेह लागेपछि जीवनभर यसले पछ्याई राख्दछ । तर त्यसको मतलव मधुमेह लागेपछि मधुमेह रोगबाटै मृत्यु हुन्छ भन्ने विल्कुल होइन । मधुमेहलाई तपाईंले सधैं पूर्णरूपमा नियन्त्रणमा राख्न सकिन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने
Next article नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Health Today Nepal

Related Posts

उपचारकैलागि रित्तिदै सुदूरपश्चिमका पहाडि बस्ती 

उपचारकैलागि रित्तिदै सुदूरपश्चिमका पहाडि बस्ती 

बेनी अस्पताल भ्रष्टाचारीहरुको अखडा बनेको आरोप

बेनी अस्पताल भ्रष्टाचारीहरुको अखडा बनेको आरोप

रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि

रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि

Leave a Reply Cancel reply

Timeline
Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132493
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

37
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web