• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
लेखविचार

उपचारकैलागि रित्तिदै सुदूरपश्चिमका पहाडि बस्ती 

December 6th, 2017 लेखविचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उपचारकैलागि रित्तिदै सुदूरपश्चिमका पहाडि बस्ती 

नमराज भट्ट

बैतडी कुवाकोटकी मानवती रतुकी गाउँमा उपचार सेवा नपाएपछि थालथलो छोडेर उखरमाउलो गर्मीमा धनगढी बसाइ सरिन । बिगत एक वर्षदेखि स्वासप्रस्वासको समस्याबाट ग्रसित मानमतीलाई चिकित्सकले हरेक १५ दिनमा फलोअफमा आउनु पर्ने बताएपछि उनी बाध्य भएर धनगढी बसाई सरेकी हुन । आफू जन्मेको, हुर्केको र गरिखाने पहाड छोडेर तराई झर्न उनलाई कमै थिएन । तर गाउँमा स्वास्थ्य उपचार सेवा नभएपछि बाच्नैकै लागि परिवार सहित उनी धनगढी झरेकी हुन । ‘सेती अञ्चल अस्पतालमा मेरो रोगको उपचार होला की भन्ने आश लिएर घरबार छोडेर बसाई सरेकी हु ।’ सेती अञ्चल अस्पतालमा भेटिएकी मानमतीले भनिन । डडेल्धुरा बेलापुरका सरोजसिह ऐडी पनि डडेल्धुरा उपक्षेत्रिय अस्पतालको उपचारले पेटको रोग निको हुने नदेखेपछि बसाई नै धनगढी सरेका छन् । उनले भने, ‘ उपचारकै लागि पहाडको घरबारी बेचेर तराई झर्ने पर्यो । उतै उपचार भएको भए यहा आउने मन थिएन । ’

रतुकी र ऐडीजस्तै उपचारकै लागि थालथलो छोडेर धनगढी बसाई सरेकाहरु थुप्रै भेटिन्छन सेती अञ्चल अस्पतालमा । सुदूरपश्चिमका पहाडि जिल्लाहरु बैतडी, डडेल्धुरा, दार्चुला, अछाम, बझाङ, बाजुरा र डोटीका हजारौ बासिन्दा उपचार सुविधा नभएकै कारण तराई तिर बसाई सराई गरिरहेका छन । डडेल्धुरामा नाम मात्रको उपक्षेत्रिय अस्पताल छ । त्यहा स्वास्थ्य केन्द्रमा पाइने उपचार सेवा समेत नभएकाले यस क्षेत्रका बासिन्दा उपचार पाउने आशले कैलाली, कञ्चनपुर बसाई सर्ने गरेका छन । पत्नीकै उपचारका लागि डोटीको घरबार बेचेर धनगढीको शान्तिनगर बसाई सरेका डोटीका कपल्लेका धनराज बोकटीले भने, ‘ अधिकांश रोगको उपचार सेती अञ्चल अस्पतालमै हुन्छ । यहा भएन भने पनि सिमापारी जान सजिलो छ । त्यसैले उपचारकै लागि पहाड छोड्नु पर्ने बाध्यता आयो । ’  पैसा खर्च गरेर पनि पहाडमा उपचार सेवा नपाइने भएकाले बाध्य भएर तराई झर्नु पर्ने बाध्यता धेरैको छ । उसैपनि विभिन्न सुविधाको खोजीमा अधिकांश पहाडी जिल्लाका बासिन्दा कैलाली र अञ्चनपुर झर्ने क्रम बढ्दो छ । त्यसमा पनि उपचार सेवाका लागि आउने बर्षेनी बढीरहेको  जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका प्रमुख शिवदत्त भट्ट बताउछन् । उनी भन्छन, ‘ हरेक व्यक्तिका लागि शिक्षा र स्वास्थ्य नभइनहुने कुरा हुन । उपचार सुविधा नपाएपछि त्यसको खोजी गर्नु स्वभाविक हो । ’ उपचारकै कारण पहाडी जिल्लाबाट विदेशीको सहायतामा सञ्चालित डडेल्धुराको टीम अस्पताल तिन वर्ष पहिले बन्द भएपछि सुदूरपश्चिमका पहाडि जिल्लाका बासिन्दाका लागि सेती अञ्चल अस्पताल आशाको केन्द्र बनेको छ । यहा उपचार संभव नभएका विरामीलाई सिमापारी पलिया, गौरिफन्टा, खटिमा, पिलिभित र लखनउसम्म पठाउने गरिन्छ । संघियता अनुसार क्षेत्र नम्बर ७ मा पर्ने तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा अञ्चल अस्पताल छन ।

डडेल्धुरामा उपक्षेत्रिय अस्पताल छ भने बाकी ६ जिल्लामा जिल्ला अस्पताल छन । स्वास्थ्य मन्त्रालयले गत वर्ष गरेको मूल्यांकनमा बाजुरा बैतडी र अछामले अग्रणी स्थानमा रहेको बताए पनि यी जिल्लाका स्वास्थ्य संस्थाहरुको उपचार सेवा दयनिय नै छ । स्वास्थ्यकर्मि भए औषधि नहुने र औषधी भए स्वास्थ्यकर्मि नहुने समस्या छ । सानातिना रोगको उपचारका लागि समेत औषधि उपचार नपाउने पहाडि जिल्लाका जिल्ला अस्पतालमा गम्भिर प्रकृतिका रोगको पहिचान गर्न उपकरण नभएका झन समस्या देखिएको छ । पछिल्ला वर्षमा पहाडी जिल्लामा सडकको पहूच बढी रहेको छ । तर स्वास्थ्य उपचारको भरपर्दो सेवा उपलब्ध छैन । त्यसैले उपचारकै लागि तराई झर्नेको संख्या बढेको सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति डा. जयराज अवस्थी बताउछन । महाकाली अञ्चल अस्पतालको तुलनामा सेतीमा उपचार सेवा राम्रो छ । सेती अञ्चल अस्पतालमा गत वर्षदेखि आईसियू सेवा समेत सुरु गरिएको छ । सुदूरपश्चिमकै रिफरल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पतालमा  विरामीको चाप हरेक दिन बढ्दै गइरहेको छ । अस्पतालको रकर्ड साखाका कर्मचारी नरबहादुर चन्दका अनुसार गर्मि मौषममा त शैया अभावले भूईमा राखेर उपचार गराउनु पर्छ । २७ लाख जनसंख्या भएको सुदूरपश्चिममा ७५ जना विशेषज्ञको दरबन्दी भएपनि एक दर्जनको हाराहारीमा मात्र कार्यरत छन । सेती अञ्चल अस्पतालमा ५ जना विशेषज्ञ छन भने महाकाली अस्पतालमा ३ जना छन । पहाडि जिल्लामा औलामा गन्न सकिने अवस्थामा मात्र छन । उनीहरु पनि कहिले तालिमका लागि त कहिले काम बिशेषले भन्दै राजधानीमै बस्ने गरेका छन । जिल्लामै बसेर डटेर सेवा गर्ने चिकित्सक मध्ये बैतडीका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. गुणराज अवस्थी छन । तर त्यहा पनि आवश्यक यन्त्र उपकरण अभावले जिल्ला अस्पतालले दिन सक्ने उपचार दिन सकिरहेको छैन । डडेल्धुरा उपक्षेत्रियमा २० जना बिशेषज्ञको दरबन्दी भएपनि अहिलेसम्म सरकारले एकजना पनि पठाउन सकेको छैन ।

डोटी, दार्चुला, अछाम, बाजुरा र बझाङमा विशेषज्ञ चिकित्सक छैनन् । पहाडि जिल्लामा पछिल्ला वर्षमा बर्थिङ सेन्टरको संख्या बढेको छ । तर त्यहा समान्य डेलिभरी बाहेक जटिल किसिमको डेलिभरी गराउन सक्ने क्षमता छैन । सिजरिङ गराउनु पर्ने केसका लागि अन्त नलगी खुशै छैन । पडाडी भेकमा स्थापना गरिएका स्वास्थ्य संस्था पायक पर्ने स्थानमा छैनन् । बस्ती एकातिर छ भने स्वास्थ्य संस्था अर्कैतिर । यसले गर्दा जनताको स्वास्थ्यमा सहज पहूच छैन । क्षेत्रिय स्वास्थ्य निर्देशनालयका निवर्तामन  निर्देशक डा. शुशिल प्याकुरेल भौगोलिक रुपले पनि पहाडि क्षेत्रमा स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन चुनौति भएको बताउछन् । तर पहिलेको तुलनामा सुदूरपश्चिमको स्वास्थ्य सेवामा केही सुधार भएको दाबी डा. प्याकुरेलको छ । उपचारकै लागि पहाडी जिल्लाबाट तराई बसाई सराई भइरहेको उनी स्विकार्छन ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गर्भपतनकी सधै बिरोधी डाक्टर
Next article बच्चालाई यौन शिक्षा कुन बेला दिने र कसरी ? 

Health Today Nepal

Related Posts

बेनी अस्पताल भ्रष्टाचारीहरुको अखडा बनेको आरोप

बेनी अस्पताल भ्रष्टाचारीहरुको अखडा बनेको आरोप

रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि

रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि

कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका

कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134332
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web