• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सकको अभावले जिल्ला अस्पताल बैतडीको सेवा प्रवाह प्रभावित

October 28th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सकको अभावले जिल्ला अस्पताल बैतडीको सेवा प्रवाह प्रभावित

हेल्थ टुडे,
बैतडी,११ कात्तिकः
जिल्ला अस्पताल बैतडीमा चिकित्सक नहुँदा अस्पतालले दिने सेवा प्रभाव प्रभावित भएको छ । प्रदेश सरकार मातहतको अस्पतालमा तीन जना स्थायी चिकित्सकको दरबन्दी रहे पनि अहिले एक जना चिकित्सकको भरमा अस्पताल सञ्चालन भईरहेको छ । दुई जना छात्रवृत्ति करारका चिकित्सकहरुले सेवा दिइरहेका छन् ।
एक नवौँ तह र दुई जना आठौँ तहका चिकित्सकको दरबन्दी रहेको अस्पतालमा आठौँ तहका एक जना मात्रै कार्यरत छन् । आठौँ तहका चिकित्सक जगदीशचन्द्र बिष्टले अस्पताल प्रमुखको जिम्मेवारीसमेत सम्हालिरहेका छन् । उनी पनि संघमा समायोजन भएकाले पदस्थापन हुने बित्तिकै अस्पताल छोड्नुपर्ने हुन्छ ।

अहिले पनि छात्रवृत्ति करारका चिकित्सकबाट सेवा सञ्चालन भइरहेको छ । जिल्ला अस्पतालमा शल्यक्रिया गरेर महिलाको बच्चा जन्माउने जटिल प्रसूति सेवा पनि सञ्चालनमा छ । सो सेवा निरन्तरताका लागि स्त्रीरोग विशेषज्ञ आवश्यक पर्छ । डाक्टर बिष्टको सरुवा भएमा प्रसुति सेवा पनि बन्द हुने अस्पतालले जनाएको छ ।

जिल्ला अस्पतालमा विभिन्न प्रकारका बिरामी आउने भए पनि जनशक्तिको अभावमा सेवा दिन समस्या भएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोरियाले नेपालमा नेसनल हेल्थ इन्सुरेन्स सपोर्ट प्रोजेक्ट सञ्चालन गर्ने
Next article स्वास्थ्य अनुसन्धानमा नयाँ आचारसंहिता ल्याउने तयारी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132698
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web