• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वीर अस्पतालको दुवाकोट परियोजनालाई अघि बढाउन स्वास्थ्यमन्त्रीको निर्देशन

November 29th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वीर अस्पतालको दुवाकोट परियोजनालाई अघि बढाउन स्वास्थ्यमन्त्रीको निर्देशन

हेल्थ टुडे,
भक्तपुर,१३ मंसिरः स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वीर अस्पतालको दुवाकोट परियोजनालाई तत्काल अघि बढाउन निर्देशन दिएका छन् । यसअघि प्राविधिकहरुले अस्पताल बनाउने भनिएको ठाँउको माटो अनुपयुक्त भएको निस्कर्ष निकालेको भन्दै तत्कालिन उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले परियोजना स्थगित गरेका थिए ।
तर,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गत आइतबार बसेको मन्त्रालय स्तरीय विकास समाधान समिति बैठकमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स र वीर अस्पतालका अधिकारीहरुलाई मन्त्री दुवाकोट परियोजना तत्काल अघि बढाउन निर्देशन दिएका छन् । बैठकमा मन्त्री ढकालले भनेः‘यो राष्ट्रिय गौरवको आयोजना हो । वीर अस्पताललाई अन्तराष्ट्रिय स्तरको विशिष्ठकृत सेवा सहितको उत्कृष्ठ केन्द्रको रुपमा विस्तार गर्न सरकारले यो जग्गा छुट्टयाएको हो । त्यसैले यसमा नअल्मलिकन तत्काल परियोजनाको काम अघि बढाउनुसन् ।’
बैठकमा स्वास्थ्य सचिव खगराज बरालले पनि भौगोलिक बनावट अनुसार डिजाइन गर्न सकिने भन्दै परियोजना रोक्न नहुने धारणा राखेका छन् । सरकारले चार वर्षअघि वीर अस्पताललाई भक्तपुरको चाँगुनारायणस्थित दुवाकोटमा ५७० रोपनी जग्गा उपलब्ध गराएर १ हजार ५ सय शैय्याको अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक अस्पताल बनाउने निर्णय गरेको थियो ।
कुल ५० अर्व लागतमा निर्माण गरिने सो अस्पतालका लागि चीन सरकारले सहयोग गर्ने घोषणा गरेको थियो । दुवाकोटको उक्त परियोजनाका लागि सरकारले चालु आर्थिक बर्षको बजेटमा ४० करोड रुपैयाँ विनियोजन गरिसकेको छ । गत वर्ष सोही परियोजनाका लागि १५ करोड छुट्याएपनि काम अघि नबढ्दा बजेट फ्रिज भएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जाडोमा छालाको हेरचाह कसरी गर्ने ? यस्ता छन् उपाय
Next article प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, केही दिन अझै अस्पतालमै रहने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134360
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web