• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 20th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

दोश्रो मेडिकल टुरिजम एशिया समिट २०१९ राजधानीमा सुरु, महतोले गरे उद्घाटन

December 27th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दोश्रो मेडिकल टुरिजम एशिया समिट २०१९ राजधानीमा सुरु, महतोले गरे उद्घाटन

हेल्थ टुडे,
काठमाडौं, ११ पुस : दोश्रो मेडिकल टुरिजम एशिया समिट २०१९ शुक्रबारदेखि राजधानीको याक एण्ड यति होटेल दरवारमार्गमा सुरु भएको छ । दुई दिनसम्म चल्ने समिटको नेपाल मेडिकसिटी हस्पिटलका अध्यक्ष उपेन्द्र महतोले रिवन काटेर उद्घाटन गरेका हुन । एक्स्प्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्स र नेपाल मिडिकल टुरिजम अर्गनाइजेसनको संयुक्त आयोजनामा समिट सुरु भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै महतोले नेपालको स्वास्थ्य सेवाको विकास प्रतिस्पर्धाले नभएर सहकार्य र सुमन्वयले मात्र संभव भएको बताए । स्वदेशी र विदशी स्वास्थ्य सेवा प्रदायकहरुलाई एक ठाउँमा ल्याएर सहकार्यको सुरुवात हुनु समिटको सफलता भएकोमा महतोले जोड दिए । नेपालमा स्वास्थ्य पर्यटनका प्रसस्त संभावना भएको औल्याउदै उनले यी अवसरहरुलाई खेर जान दिनु नहुने बताए ।
नेपाल मेडिकल टुरिजम अर्गनाइजेसनका अध्यक्ष कृष्ण पाण्डेले नेपालको स्वास्थ्य सेवालाई विदेशमा समेत प्रचारप्रसार गरेर स्वास्थ्य पर्यटनको विकास गर्न समिट आयोजना गरिएको बताए । वीर अस्पतालका पूर्व निर्देशक डा. बुलन्द थापाले यस किसिमका समिटमा स्वास्थ्य क्षेत्रमा स्वदेशी र विदेशी अनुभव आदानप्रदान हुने भएकाले अझ प्रभावकारी हुने बताए ।
नेपाल मेडिकल टुरिजम अर्गनाइजेसनका प्रवन्ध निर्देशक अर्जुन चन्दले नेपाल सरकारले मनाउन लागिरहेको नेपाल भ्रमण वर्ष २०२० लाई समिटले ठूलो सकारात्मक प्रभाव पार्नेमा जोड दिए । स्वास्थ्य पर्यटनका लागि नेपाल सरकारले पनि पहल गर्नु पर्ने आवश्यक रहेको चन्दले बताए । समिटमा स्वदेशी र विदेशी गरि दुई करिव तीन दर्जन अस्पताल र स्वास्थ्य सेवा प्रदायकहरुले स्टल राखेर जानकारी गराइरहेका छन । स्वास्थ्य क्षेत्रका विभिन्न विज्ञहरुले शनिबार करिव दुई दर्जन कार्यपत्र प्रस्तुत हुने आयोजकले जानकारी दिएको छ । चन्दका अनुसार शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पनि समिटमा भाग लिने छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पूर्व स्वास्थ्य सचिव श्रेष्ठ रहेनन्
Next article जहाँ सडक त्यहाँ मधुमेह

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132123
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web