• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 23rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

खोड्पेको सिद्धेश्वर स्वास्थ्य चौकीको स्वास्थ्य मन्त्री ढकालले गरे उद्घाटन

January 22nd, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
खोड्पेको सिद्धेश्वर स्वास्थ्य चौकीको स्वास्थ्य मन्त्री ढकालले गरे उद्घाटन

हेल्थ टुडे,
बैतडी, खोड्पे, ८ माघ : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बैतडीको पाटन नगरपालिका ८ स्थित खोड्पेमा नवनिर्मित सिद्धेश्वर स्वास्थ्य चौकी भवनको उद्घाटन गरेका छन् । ढकाल बिगत तिन दिनदेखि सुदूरपश्चिम प्रदेशका विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रममा सहभागी हुन बैतडी पुगेका हुन । मन्त्री ढकालले कर्मचारी समायोजनका कारण स्वास्थ्य क्षेत्र प्रभावित भएको स्विकार गर्दै समायोजनले अहिले विभिन्न स्वास्थ्य संस्थाहरूमा कर्मचारी अभाव भएको बताए ।
‘स्वास्थ्यका कर्मचारी अभावप्रति गम्भीर ध्यानाकर्षण भएको छ’ उनले भने ‘समायोजन प्रक्रिया चाँडै टुंगिने र स्वास्थ्यका कर्मचारी अभाव रहने छैन्, त्यसका लागि सरकार लागि परेको छ।’ मन्त्री ढकालले भने । स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य उपकरण कमी रहेकोले परिपूर्ति गर्न आफू लागि परेको उनले बताए ।
सुदूरपश्चिमका जनताको चाहना र आवश्यकता अनुसार बैतडीको खोड्पेमा ट्रमा सेन्टर स्थापनाका लागि पहल गर्ने पनि मन्त्री ढकालले बताए । खोड्पे बैतडी जिल्लाका साथै दार्चुला, बझाङ र डडेल्धुरा जिल्लाको समेत पायक पर्ने उचित स्थान भएको भन्दै स्थानीय सरोकारवालाले ट्रमा सेन्टर स्थापनाका लागि माग गरेका थिए ।
खोड्पेमा भएको स्वास्थ्य चौकी भवन उद्घाटनका अवसरमा मन्त्री ढकालसँगै बैतडीका सांसद समेत रहेका पूर्व अर्थराज्य मन्त्री दामोदर भण्डारी, बैतडीका प्रदेश सांसद लिलाधर भट्ट, सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थी, पाटन नगरपालिकाका मेयर केशवबहादुर चन्दलगायत नेता एवं सर्वसाधारणको उपस्थिति थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बिएण्डसीका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न जिल्ला जिल्ला प्रशासन कार्यालयको अनुमति, प्रसाईं फरार
Next article कुष्ठ प्रभावित भन्छन्, आत्मविश्वासले भेदभाव घट्यो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132237
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web