• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रसूति गृहको ओपिडी सेवा फेरि सुरु भयो भैसैपाटीबाट

April 22nd, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रसूति गृहको ओपिडी सेवा फेरि सुरु भयो भैसैपाटीबाट

हेल्थ टुडे,
काठमाडौं, १० बैसाख : परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) ले कोराना भाइरस संक्रमणको त्रासका कारण भैसेपाटीमा बिगत एक महिनादेखि बन्द रहेको ओपिडी सेवा पुन आजदेखि सुरु गरेको छ । भैसेपाटी र आसपास क्षेत्रका महिलालाई ओपिडी सेवाका लागि समेत थापाथलीस्थित प्रसूति गृहमा आउन जान कठिन भए पछि भैसेपाटीमा स्थगित गरेको ओपोडी सेवा पुन सञ्चालन गर्ने निर्णय प्रसूति गृह प्रशासनले गरेको हो । प्रसूति गृहका निर्देशक प्रा.डा.जागेश्वर गौतमले महिलाहरुको स्वास्थ्यलाई सर्वोपरी महत्व दिएर असहज अवस्थामा समेत आजदेखि पुन भैसेपाटीबाट ओपिडी सेवा सञ्चालन गरिएको जानकारी दिए । प्रसूति गृहले बिगत दुई वर्षदेखि भैसेपाटीमा स्त्रीरोग तथा प्रसूति सेवाको ओपिडी सेवा सञ्चालन गर्दै आइरहेको थियो । कोरोना भाइरसका कारण देशमा लकडाउन भएपछि गत चैत ११ गतेदेखि बन्द गरिएको थियो । भैसेपाटीमा प्रसूति सेवा बाहेकका स्त्री, प्रसूति तथा नवजात शिशु सम्बन्धी स्वास्थ्य जाच सहित ओपिडी सेवा लिन सकिने निर्देशक डा.गौतमले जानकारी दिए । थापाथलीमा रहेको प्रसूति गृहले पनि थुप्रै चुनौति मोलेर पनि स्त्री तथा प्रसूति सेवा प्रदान गरिएको डा. गौतम बताउछन । समाजिक दूरी कायम गरेर, मास्कको प्रयोग गरेर, अस्पताल प्रवेश गर्नु पूर्व ज्वरो मापन गरेर र एक एक जना प्रवेश गराएर प्रसूति गृहले सेवालाई निरन्तरता दिएको डा. गौतमको दावी छ । प्रसूति गृह देशकै सबैभन्दा बढी बच्चा जन्मने र स्त्री तथा प्रसूति सेवा प्रदान गर्ने देशकै एकमात्र रिफरल हस्पिटल हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उदयपुरमा मात्र २८ जनालाई कोरोना संक्रमण, कुल संक्रमितको संख्या ४७ पुग्यो, ९ जना निको भएर फर्के
Next article कोराना संक्रमितको संख्या ४२ पुग्यो, एकै दिन उदयपुरमा ११ जनामा संक्रमण, ५ औं संक्रमित धनगढी अस्पतालबाट डिस्चार्ज

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134422
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web