मिलनकुमार पौडेल,
ईलाममा यतिबेला जताततै हरियाली छाएको छ । बादल लाग्दै, पानी पर्दै मौसम खुलेको बेला डाडापाँखा निक्कै हरियो देखिन्छ । पूर्वी पहाडी जिल्ला ईलामको प्रवेशद्वार हो, रोङ गाउँपालिका । यहाँबाट ईलामहुदै, पाचँथर तथा ताप्लेजुङसम्म मेची राजमार्ग जान्छ ।
६ वडा रहेका रोङ गाउँपालिका एक सय ५५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । १२ किलोमिटर क्षेत्रफल भारतकासंग जोडिएको छ ।
कोभिड — १९ ले अहिले विश्वभर लाखौ मानिसको ज्यान लिईसकेको छ । नेपालमा पनि ५२ जना संक्रमित भईसकेका छन् । एक महिनाभन्दा बढी समयदेखि देश बन्दाबन्दीबाट गुज्रिरहेको छ । अहिले रोङ गाउँपालिकाको दैनिकी फेरिएको छ, छिनछिनमा नै कार्यापालिका तथा विपद् व्यवस्थापनको बैठक बस्नु पर्ने भएको छ । विकास र योजनाका कामहरु निक्कै पर धकेलिरहेका छन् । ‘हाम्रो सारा प्रयास नै कसरी यो महामारीबाट आफ्ना क्षेत्रका बासिन्दालाई बचाउँन सकिन्छ सम्पूर्ण ध्यान त्यतातिर लगाएका छौं । अहिले यो संकट पार लगायौं भने साथीहरु हाम्रो विकास नै यै हो भन्ने गरेका छौं ।’ रोङ गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला राईले भनिन, ‘कोरोनाभाईरसलाईनै सबैभन्दा ठूलो चुनौतीमानेर कामगरिहेका छौं, कोहीकोही बेला त निक्कै डर पनि लागिरहेको छ । छिमेकी जिल्ला झापामा पनि कोरोना संक्रमित भेटिएपछि रोङवासी निक्कै आत्तिएका पनि छन् ।’
झण्डै बीसहजार ४ सयको हाराहारीमा जनसंख्या छ रोङ गाउँपालिकामा । अहिले ६ वटा क्वारेन्टाईन संचालनमा छन् जसमा २ सय जनाव्यक्तिलाई राख्न मिल्छ । अहिले ९१ जनाक्वारेन्टाईनमा बसिसकेका छन् । विद्यालयलाई नै अहिले क्वारेन्टाईन बनाईएको छ । रोजगारीका सिलसिलमा भारत जाने मानिसहरु आफ्नो गाँउ फर्किदा शुरुमा निक्कै अप्ठेरो पर्यो । वडा नम्बर ६ भारतसंग सिमाना जोडिएकाले निक्कै सर्तक भएर काम गर्नु पर्यो । त्यहाँ चार वटा क्वारेन्टाईन बनाई उनीहरुलाई राख्ने काम गरियो ।
लुकीछीपी आउँनेहरुलाई पनि जनप्रतिनिधी र स्वयंसेवकले संम्झाई बुझाई गरेर क्वारेन्टाईनमा राख्न शुरु भयो । चौध दिनसम्म क्वारेन्टाईनमा राखी पन्ध्रौं दिनमा ज्वरो नाप तथा आरडीटी जाँच गरी नेगेटिभ रिजल्ट आएकालाई घर पठाउँने गरेका छौं । उपाध्यक्ष चन्द्रकला राई भन्छिन, ‘घरमा पनि थप ७ दिन सेल्फक्वारेन्टाईनमा बस्नु होला भनेर हामीले संम्झाएर पठाउँछौं । बसे नबसेको जनप्रतिनिधीमार्फत फलोअप पनि गरिरहेका छौं । ’
६ वटा वडामा २५ जना स्वास्थ्यकर्मी अहोरात्र खटिरहेका छन् । पालिकामा ६९ जना महिला स्वास्थ्य स्वंयसेविकाहरु पनि छन् । झापा ईलामको सिमानामा पर्ने जोरकलशमा पनि हेल्थ डेस्कको स्थापना गरिएको छ ।
‘हामीले जहाँजहाँ क्वारेन्टाईन राखेका छौं, त्यहाँत्यहाँ स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई राख्यौ र हेरचाह गर्ने काम गर्यौं । ज्वरो नाप्नथर्मल गनको मात्र भर परेनौं अन्यखाले थर्मोमिटरको सहायताले पनिज्वरो नाप्ने काम गर्यौं । स्वास्थ्यकर्मीले विहान बेलुकादिनमादुई पटक ज्वरो नापेर त्यसको रेर्कड राख्ने काम गर्नु भयो ।’ उपाध्यक्ष चन्द्रकला राईले बताइन ।
गाउँपालिकासंग छुट्टै स्वास्थ्य शाखा छ, जहाँ दुई जना सिनियर कर्मचारी कार्यरत छन् । ७ वटा हेल्थ पोष्ट छन् जहाँ एक एकजना अहेब र दुई दुई जना अनमिको व्यवस्था छ । जुन वडामा अलिक बढी खतरा महसुस गरिएको छ ती वडाहरुमा अलिक बढी स्वास्थ्यकर्मीहरु परिचालन गरेर रोकथाम तथा नियन्त्रणका कामहरु भइरहेको राईले जानकारी दिइन ।
उनले आफ्नो अनुभव सुनाउदै भनिन, ‘कोरोनाको संन्त्रास सर्वत्र फैलिरहेको बेलाहामीसंग ज्वरो नाप्ने उपकरण समेत पनि थिएन । राजमार्ग छेउमै भएपनि पर्याप्त स्वास्थ्यउपकरण थिएनन् । थर्मल गन, पिपिई सेट जुटाउन निक्कै मुस्किल पर्यो । केही गाउँपालिकाले खरिद गर्यो केही संघसंस्थाहरुले उपलब्ध गराए । अहिले भने हामी स्वास्थ्य सामग्रीहरु छन् । विहान उठेदेखि राती अबेरसम्म कोरोना रोकथामको अभियानमा रोङका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधीहरु लागिपरेका छन् । यस्तो विषम परिस्थितिमा मध्यरात पनि नभनी हामीहरु काम गरिरहेका छौं ।’
यो विपद्बाट रोङले के सिक्यौ त ?
उपाध्यक्ष चन्द्रकला राईले भनिन, शुरु शुरुमा हामीले निर्माण गरेका क्वारेन्टाईनहरु अलिक विकटमा थिए । अहिले राजमार्ग छेउमा बनाएका छौं । यसले गर्दा जिल्लाबाट आउँने स्वास्थ्यकर्मी तथा अरु अनुगमनमा आएकाहरुका लागि पनि सजिलो भएको छ । खुल्ला सिमानामा सुरक्षाकर्मी बढाएर सिमानामा सर्तकता बढाएका छौं । पुर्वतयारीले गर्दा पनि हामीलाई यो विपत्तिसंग सामाना गर्न अलिक सजिलो बनाएको छ ।
१. विपद् जतिबेर पनिआईलाग्न सक्छ । त्यतिबेला जे आईपर्छ टारौलाभनेर बस्नु नहुने रहेछ । अगाडि देखिनै अलिअलि काम गर्दै गयो भने यस्ता स्वास्थ्य संकटहरु आउँदा सामना गर्न सजिलो हुँदो रहेछ ।
२. गाउँपालिकाले आफ्नो आर्थिक व्यवस्थापनलाई पनिचुस्त दुरुस्त बनाएर राख्नु पर्ने तर्फ पनि सचेत बनायो । विपद् व्यवस्थापन कोष त छ तर यस्ता महामारी आएका बेला थोरै नै हुदो रहेछ ।
३. व्यक्तिगत सरसफाई, साबुनपानीले नियमित रुपमाहातधुने,आफुलाई परेका स्वास्थ्य समस्याहरु स्थानीय स्वास्थ्य संस्थामा जानु भनेर त हामीले भनी रहेका हुन्छौं तर यसलाई अझ प्रभावकारी बनाउँनु पर्ने रहेछ ।
४. सबैभन्दा ठुलो कुरा सामाजिक सचेतना रहेछ । यस्ता खाले महामारी तथा संकटहरु आउँदा हामीले समाजलाई राम्रोसंग बुझाउन सकेनौं भने हामीएक्लैले मात्र पनि सामना गर्न नसकिने रहेछ ।
५. स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, जनप्रतिनीधि तथा स्वयंसेवकहरु सबै संगसंगै पाईला चालेन भने यो महामारीको मुकाविला गर्न कठिन पर्दो रहेछ ।
मेची राजमार्ग, भारतसंगको सिमाना, बाहिरबाट आएका मानिसहरुले गर्दा अहिले रोङवासी निक्कै सर्तक रहने गरेका छन् । त्यसो त बाहिरबाट आएकाहरु लागि अनिवार्य रुपमा १५ दिन क्वारेन्टाईनमा बस्ने व्यवस्था मिलाईएको छ ।
पहिला कहिल्यै नसुनेको, कहिल्यै नजानेको स्वास्थ्य संकट अहिले झेलिरहनु परेको छ । समग्र प्रदेश नम्बर एक कोरोनाको उच्चजोखिमबाट गुज्रिरहेको बेलापूर्वी पहाडी जिल्ला ईलाम रोङका बासिन्दामध्ये रातमा गाडी चल्दा पनि कतै कोरोना बोकेका मान्छेहरु त आएनन् भनेर शंसकित हुने गरेका छन् ।
(रोङ गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला राईसंग हेल्थ टुडेका विशेष संवाददाता मिलनकुमार पौडेलले गरेको कुराकानीमा आधारित )
Leave a Reply