• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

राती गाडी चल्दा पनि कोरोना बोकेका मान्छे त आएनन् भन्दै झस्किन्छन् रोङवासी

April 27th, 2020 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
राती गाडी चल्दा पनि कोरोना बोकेका मान्छे त आएनन् भन्दै झस्किन्छन् रोङवासी

मिलनकुमार पौडेल,
ईलाममा यतिबेला जताततै हरियाली छाएको छ । बादल लाग्दै, पानी पर्दै मौसम खुलेको बेला डाडापाँखा निक्कै हरियो देखिन्छ । पूर्वी पहाडी जिल्ला ईलामको प्रवेशद्वार हो, रोङ गाउँपालिका । यहाँबाट ईलामहुदै, पाचँथर तथा ताप्लेजुङसम्म मेची राजमार्ग जान्छ ।
६ वडा रहेका रोङ गाउँपालिका एक सय ५५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । १२ किलोमिटर क्षेत्रफल भारतकासंग जोडिएको छ ।
कोभिड — १९ ले अहिले विश्वभर लाखौ मानिसको ज्यान लिईसकेको छ । नेपालमा पनि ५२ जना संक्रमित भईसकेका छन् । एक महिनाभन्दा बढी समयदेखि देश बन्दाबन्दीबाट गुज्रिरहेको छ । अहिले रोङ गाउँपालिकाको दैनिकी फेरिएको छ, छिनछिनमा नै कार्यापालिका तथा विपद् व्यवस्थापनको बैठक बस्नु पर्ने भएको छ । विकास र योजनाका कामहरु निक्कै पर धकेलिरहेका छन् । ‘हाम्रो सारा प्रयास नै कसरी यो महामारीबाट आफ्ना क्षेत्रका बासिन्दालाई बचाउँन सकिन्छ सम्पूर्ण ध्यान त्यतातिर लगाएका छौं । अहिले यो संकट पार लगायौं भने साथीहरु हाम्रो विकास नै यै हो भन्ने गरेका छौं ।’ रोङ गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला राईले भनिन, ‘कोरोनाभाईरसलाईनै सबैभन्दा ठूलो चुनौतीमानेर कामगरिहेका छौं, कोहीकोही बेला त निक्कै डर पनि लागिरहेको छ । छिमेकी जिल्ला झापामा पनि कोरोना संक्रमित भेटिएपछि रोङवासी निक्कै आत्तिएका पनि छन् ।’
झण्डै बीसहजार ४ सयको हाराहारीमा जनसंख्या छ रोङ गाउँपालिकामा । अहिले ६ वटा क्वारेन्टाईन संचालनमा छन् जसमा २ सय जनाव्यक्तिलाई राख्न मिल्छ । अहिले ९१ जनाक्वारेन्टाईनमा बसिसकेका छन् । विद्यालयलाई नै अहिले क्वारेन्टाईन बनाईएको छ । रोजगारीका सिलसिलमा भारत जाने मानिसहरु आफ्नो गाँउ फर्किदा शुरुमा निक्कै अप्ठेरो पर्यो । वडा नम्बर ६ भारतसंग सिमाना जोडिएकाले निक्कै सर्तक भएर काम गर्नु पर्यो । त्यहाँ चार वटा क्वारेन्टाईन बनाई उनीहरुलाई राख्ने काम गरियो ।
लुकीछीपी आउँनेहरुलाई पनि जनप्रतिनिधी र स्वयंसेवकले संम्झाई बुझाई गरेर क्वारेन्टाईनमा राख्न शुरु भयो । चौध दिनसम्म क्वारेन्टाईनमा राखी पन्ध्रौं दिनमा ज्वरो नाप तथा आरडीटी जाँच गरी नेगेटिभ रिजल्ट आएकालाई घर पठाउँने गरेका छौं । उपाध्यक्ष चन्द्रकला राई भन्छिन, ‘घरमा पनि थप ७ दिन सेल्फक्वारेन्टाईनमा बस्नु होला भनेर हामीले संम्झाएर पठाउँछौं । बसे नबसेको जनप्रतिनिधीमार्फत फलोअप पनि गरिरहेका छौं । ’

६ वटा वडामा २५ जना स्वास्थ्यकर्मी अहोरात्र खटिरहेका छन् । पालिकामा ६९ जना महिला स्वास्थ्य स्वंयसेविकाहरु पनि छन् । झापा ईलामको सिमानामा पर्ने जोरकलशमा पनि हेल्थ डेस्कको स्थापना गरिएको छ ।
‘हामीले जहाँजहाँ क्वारेन्टाईन राखेका छौं, त्यहाँत्यहाँ स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई राख्यौ र हेरचाह गर्ने काम गर्यौं । ज्वरो नाप्नथर्मल गनको मात्र भर परेनौं अन्यखाले थर्मोमिटरको सहायताले पनिज्वरो नाप्ने काम गर्यौं । स्वास्थ्यकर्मीले विहान बेलुकादिनमादुई पटक ज्वरो नापेर त्यसको रेर्कड राख्ने काम गर्नु भयो ।’ उपाध्यक्ष चन्द्रकला राईले बताइन ।
गाउँपालिकासंग छुट्टै स्वास्थ्य शाखा छ, जहाँ दुई जना सिनियर कर्मचारी कार्यरत छन् । ७ वटा हेल्थ पोष्ट छन् जहाँ एक एकजना अहेब र दुई दुई जना अनमिको व्यवस्था छ । जुन वडामा अलिक बढी खतरा महसुस गरिएको छ ती वडाहरुमा अलिक बढी स्वास्थ्यकर्मीहरु परिचालन गरेर रोकथाम तथा नियन्त्रणका कामहरु भइरहेको राईले जानकारी दिइन ।
उनले आफ्नो अनुभव सुनाउदै भनिन, ‘कोरोनाको संन्त्रास सर्वत्र फैलिरहेको बेलाहामीसंग ज्वरो नाप्ने उपकरण समेत पनि थिएन । राजमार्ग छेउमै भएपनि पर्याप्त स्वास्थ्यउपकरण थिएनन् । थर्मल गन, पिपिई सेट जुटाउन निक्कै मुस्किल पर्यो । केही गाउँपालिकाले खरिद गर्यो केही संघसंस्थाहरुले उपलब्ध गराए । अहिले भने हामी स्वास्थ्य सामग्रीहरु छन् । विहान उठेदेखि राती अबेरसम्म कोरोना रोकथामको अभियानमा रोङका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधीहरु लागिपरेका छन् । यस्तो विषम परिस्थितिमा मध्यरात पनि नभनी हामीहरु काम गरिरहेका छौं ।’

यो विपद्बाट रोङले के सिक्यौ त ?
उपाध्यक्ष चन्द्रकला राईले भनिन, शुरु शुरुमा हामीले निर्माण गरेका क्वारेन्टाईनहरु अलिक विकटमा थिए । अहिले राजमार्ग छेउमा बनाएका छौं । यसले गर्दा जिल्लाबाट आउँने स्वास्थ्यकर्मी तथा अरु अनुगमनमा आएकाहरुका लागि पनि सजिलो भएको छ । खुल्ला सिमानामा सुरक्षाकर्मी बढाएर सिमानामा सर्तकता बढाएका छौं । पुर्वतयारीले गर्दा पनि हामीलाई यो विपत्तिसंग सामाना गर्न अलिक सजिलो बनाएको छ ।
१. विपद् जतिबेर पनिआईलाग्न सक्छ । त्यतिबेला जे आईपर्छ टारौलाभनेर बस्नु नहुने रहेछ । अगाडि देखिनै अलिअलि काम गर्दै गयो भने यस्ता स्वास्थ्य संकटहरु आउँदा सामना गर्न सजिलो हुँदो रहेछ ।
२. गाउँपालिकाले आफ्नो आर्थिक व्यवस्थापनलाई पनिचुस्त दुरुस्त बनाएर राख्नु पर्ने तर्फ पनि सचेत बनायो । विपद् व्यवस्थापन कोष त छ तर यस्ता महामारी आएका बेला थोरै नै हुदो रहेछ ।
३. व्यक्तिगत सरसफाई, साबुनपानीले नियमित रुपमाहातधुने,आफुलाई परेका स्वास्थ्य समस्याहरु स्थानीय स्वास्थ्य संस्थामा जानु भनेर त हामीले भनी रहेका हुन्छौं तर यसलाई अझ प्रभावकारी बनाउँनु पर्ने रहेछ ।
४. सबैभन्दा ठुलो कुरा सामाजिक सचेतना रहेछ । यस्ता खाले महामारी तथा संकटहरु आउँदा हामीले समाजलाई राम्रोसंग बुझाउन सकेनौं भने हामीएक्लैले मात्र पनि सामना गर्न नसकिने रहेछ ।
५. स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, जनप्रतिनीधि तथा स्वयंसेवकहरु सबै संगसंगै पाईला चालेन भने यो महामारीको मुकाविला गर्न कठिन पर्दो रहेछ ।

मेची राजमार्ग, भारतसंगको सिमाना, बाहिरबाट आएका मानिसहरुले गर्दा अहिले रोङवासी निक्कै सर्तक रहने गरेका छन् । त्यसो त बाहिरबाट आएकाहरु लागि अनिवार्य रुपमा १५ दिन क्वारेन्टाईनमा बस्ने व्यवस्था मिलाईएको छ ।
पहिला कहिल्यै नसुनेको, कहिल्यै नजानेको स्वास्थ्य संकट अहिले झेलिरहनु परेको छ । समग्र प्रदेश नम्बर एक कोरोनाको उच्चजोखिमबाट गुज्रिरहेको बेलापूर्वी पहाडी जिल्ला ईलाम रोङका बासिन्दामध्ये रातमा गाडी चल्दा पनि कतै कोरोना बोकेका मान्छेहरु त आएनन् भनेर शंसकित हुने गरेका छन् ।
(रोङ गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला राईसंग हेल्थ टुडेका विशेष संवाददाता मिलनकुमार पौडेलले गरेको कुराकानीमा आधारित )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सक संघलाई ज्याकेट हस्तान्तरण
Next article २ दिनमा ३ नयाँ संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुग्यो

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132544
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web