• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गैरकानूनी रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा १२ जना पक्राउ

July 13th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गैरकानूनी रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा १२ जना पक्राउ

हेल्थ टुडे,

काठमाडौं, २८ असार :  नक्कली कागजात तयार पारेर गैरकानूनी रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा नेपाल प्रहरीको मानव तस्करी नियन्त्रण व्यूरोले चितवनको भरतपुर मेडिकल कलेजका प्रमुख सञ्चालक अधिकृत डा.सुप्रभात श्रेष्ठ र प्रत्यारोपणको नेतृत्व गर्ने डा. रोकश बर्मा सहित १२ जनालाई पक्राउ गरेको छ ।

भरतपुर मेडिकल कलेजमा २०७६ साल जेठ २७ गते मिर्गौला प्रत्यारोपण गरिएका ललितपुरका ५७ बर्षिय पुरुषलाई मिर्गौला दान दिने व्यक्ति भक्तपुरका २७ बर्षिय युवकसंग उनको कुनै नाता नपर्ने भए पनि पक्राउ परेकाहरुको मिलेमतोमा उनलाई सक्कली भान्जा बनाएर फर्जी कागजात तयार गरेर प्रत्यारोपण गरेको पाइएको व्यूरोको अनुसन्धानले देखाएको छ ।

नौ महिना लामो अनुसन्धानपछि प्रहरीले अवैध मिर्गौला  प्रत्यारोपणको घटनामा नेपाल मेडिकल काउन्सिलको कार्यकारी समितिका सदस्यसमेत रहेका मेडिकल कलेजका प्रमुख सञ्चालक अधिकृत डा. सुप्रभात श्रेष्ठ, मेडिकल कलेजका कानुनी सल्लाहकार रमेश काफ्ले, जिप्रका चितवनमा कार्यरत अधिकृत रामचन्द्र ढकाल, काठमाडौंको नोबेल अस्पतालका डा. राकेशकुमार बर्मा, अस्पतालका डाक्टर बालकृष्ण कालाखेती, ललितपुर महानगरपालिका वडा ३ का अध्यक्ष गोपाल महर्जन, जिप्रका ललितपुरका अवकाशप्राप्त खरिदार नवराज केसी, भक्तपुर नगरपालिका वडा नम्बर ६ बस्ने जमुना राजभण्डारी र जिप्रका ललितपुरका कार्यालय सहयोगी रहेका छन । त्यसैगरि पक्राउ पर्नेमा रेश्मा राई, असई भीम खनाल, सई योगेन्द्र थपलिया पनि छन । अस्टेलियामा रहेको भान्जाको काजजातको आधारमा  भक्तपुरका ती युवकको नक्कली कागजात बनाइएको प्रहरीको दावी छ ।

मिर्गौला दान दिने नक्कली भान्जालाई १० लाख दिने भन्दै फकाएर मिर्गौला लिन सफल भएपछि यो गिरोहले ती युवकलाई दुई लाख रुपैयामात्र दिएपछि यो घटना सार्वजनिक भएको हो । मिर्गौला तस्करीको घटनामा प्रहरी नै जोडिनुलाई मिर्गौला तस्करीको जालो कतिसम्म पुगेको रहेछ भन्ने देखाउछ ।

प्रहरीले पक्राउ परेकाहरूलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ । मानव शरीर अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ ले परिवार र एकाघरबाहेक व्यक्तिको मिर्गौला लिन वा दिन निषेध गरेको छ । ३९ प्रकारका नाताभित्रका व्यक्तिले मिर्गौला दान दिन सक्ने संसोधित ऐनमा व्यवस्था छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गुरुपुर्णिमा, मानसिक स्वास्थ्य र कोभिड १९
Next article ओम्नी प्रकरणमा सार्वजनिक लेखा समितिले बोलायो स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा. कार्की, पूर्व सचिव कोइराला र पूर्व महानिर्देशक श्रेष्ठलाई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132555
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web