• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोरोना संक्रमित चिकित्सकहरुको उपचारमा चिकित्सक संघको चासो, संक्रमित र प्रभावित चिकित्सकको विवरण उपलब्ध गराउन साखाहरुलाई पत्राचार

August 19th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरोना संक्रमित चिकित्सकहरुको उपचारमा चिकित्सक संघको चासो, संक्रमित र प्रभावित चिकित्सकको विवरण उपलब्ध गराउन साखाहरुलाई पत्राचार

हेल्थ टुडे,

काठमाडौं  : पछिल्ला दिन कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक समेत संक्रमित हुनेको संख्या बढे पनि सरकारले उनीहरुको उपचारमा चासो नदिएको भन्दै देशभरिका चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघ (एनएमए) ले कोरोना संक्रमित र प्रभावित चिकित्सकहरुको उपचारमा चासो देखाएको छ ।

एनएमएले आफू मातहत देशभरिका नेपाल चिकित्सक संघका साखाहरुलाई कोरोना संक्रमित र प्रभावित चिकित्सकहरुको विवरण केन्द्रमा पठाउन पत्राचार गरेको छ । एनएमएको तथ्यांक अनुसार अहिलेसम्म ७० जना भन्दा बढी चिकित्सक कोरोना संक्रमित भएका छन् । देशभरि संक्रमित चिकित्सकहरुको संख्या त्यो भन्दा बढी भएको हुन सक्ने उसको आकलन छ ।

देशभरिबाट प्राप्त विवरणका आधारमा संघले आफ्ना सदस्यहरुको जिवन रक्षा र उपचारका लागि बिषेश पहल गर्नु पर्ने देखिएकोले साखाहरुलाई विवरण पठाउन पत्राचार गरेको नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीले बताए । कोरोना संक्रमितको उपचारमा फ्रन्ट लाइनमा रहेर उपचार गरिरहेका चिकित्सकहरु आफै संक्रमित भएपछि उनीहरुको उपचारमा सरकारले चासो र चिन्ता नदेखाएर गैरजिम्मेवारपूर्ण काम गरेको डा. कार्कीको आरोप छ । उनले भने, ‘ संक्रमित चिकित्सक आफै अस्पताल र शैय्या खोज्दै जानु परिरहेको छ । कत्तिलाई त हामीले शैय्या खोजीदिनु परेको छ । सरकार यस बिषयमा संवेदनशिल नै देखिएन । ’

देशभरिमा कति जना चिकित्सक संक्रमित छन भन्ने बिषयमा समेत सरकारले  सत्यतथ्य जानकारी दिन नचाहेको बताउदै डा.कार्कीले संघले देशभरिका संक्रमित र प्रभावित सबै सदस्य चिकित्सकहरुको विवरण चाडै संकलन गरेर उनीहरुको उपचार र सेवा सुविधाका लागि ठोस पहल गर्ने बताए । नेपाल चिकित्सक संघको देशभरि करिव १० हजार चिकित्सक सदस्य छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चीनको भ्याक्सिन कम्पनी क्यानसिनोले पायो कोरोना भ्याक्सिनको प्याटेन्ट
Next article निषेधाज्ञाको अवधिमा सरकारले यी काम गरोस्

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132128
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web