हेल्थ टुडे,
काठमाडौं, १७ माघ : नेपाली औषधि उत्पादनमा अग्रणी देउराली जनता फर्मास्यिूटिकल्सले शुक्रबार ३० औं बार्षिकोत्सब मनाएको छ । देउराली जनताले बिगत तिन दशकदेखि स्वदेशी औषधि उत्पादनलाई बढावा दिदै अत्यावश्यक र आधुनिक औषधि उत्पादन गर्दै आइरहेको छ । कोरोना भाइरसको प्रकोप पूर्णतह निको भइनसकेकोले यो वर्ष बार्षिकोत्सव भिडभाडबाट टाढा गरिएको थियो । देउरली जनता फर्मास्यिूटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले औषधि उद्योग कठिन परिस्थितिमा पनि आफ्नो लक्ष्यबाट बिचलित नभएर अगाडि बढ्न सक्नुमा कम्पनीप्रति सबैको विश्वास प्रमुख कारण रहेको बताएका छन् । देउराली जनताले अहिले बिभिन्न ३३० प्रकारका औषधि उत्पादन गरिरहेको र भविश्यमा नेपाली उपभोक्ताको आवश्यकता अनुसार औषधि उत्पादन गर्ने शर्माले जानकारी दिएका छन् । देउराली जनतामा अहिले ५ सयभन्दा बढीले रोजगारी पाएका छन् ।
Leave a Reply