हेल्थ टुडे,
काठमाडौं, ११ जेठ : स्वास्थ्य कार्यालय ललितपुरले कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन छुटेका अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई जेठ १२ (बुधबार ) देखि खोप लगाउन सुरु गर्ने भएको छ । जिल्ला खोप समन्वय समिति ललितपुरको मंगलबार बसेको बैठकले फागुन २३ गते अगाडि पहिलो प्राथमिकतामा परी खोप लगाएका तर दोस्रो डोज लगाउन छुट भएकालाई खोप दिने निर्णय गरेको हो ।
अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने सुरक्षाकर्मीहरुलाई जेठ १२ गते बिहान १० बजेदेखि ललितपुरस्थित महानगरीय प्रहरी वृत्त जाउलाखेलमा खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले छ ।
यसैगरी स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सरसफाइकर्मी, पत्रकार, कुटनीतिक नियोगका कुटनीतिज्ञ तथा नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थानका कर्मचारीहरुलाई जेठ १३ र १४ गते स्वास्थ्य कार्यालय ललितपुरमा बिहान १० बजेदेखि खोप लगाउने व्यवस्था मिलाइएको छ ।
Leave a Reply