• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

धुम्रपानका कारण नेपालमा बर्सेनि २७ हजारको मृत्यु

May 11th, 2022 समाचार, स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
धुम्रपानका कारण नेपालमा बर्सेनि २७ हजारको मृत्यु

काठमाडौं, २८ बैसाखः नेपालमा धूमपान सेवनका कारण बर्सेनि २७ हजारको ज्यान जाने गरेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनअनुसार धूमपान सेवनकै कारण २७ हजार नेपालीले अकालमा ज्यान गुमाइरहेका छन् । नेपालमा तीन जनामध्ये एक जना धूमपानका अम्मली रहेको परिषद्को अध्ययनमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरि ८० लाख मानिसको मृत्यु धूमपान र सुर्तीजन्य पदार्थ सेवनका कारणले हुने गरेको छ । त्यसमध्ये ७० लाख प्रत्यक्ष सेवनकर्ता हुन् भने १० लाख भने अम्मलीसँगै बस्नेछन् । नेपाललगायत विश्वका अधिकांश देशमा मे ३१ का दिन विश्व धूमपानसहित दिवस मनाइएको छ । यो वर्ष धूमपान दिवसको नारा ‘सूर्तीजन्य उद्योगहरूले गर्ने छलकपटपूर्ण प्रवर्धनबाट युवाहरूलाई बचाऔं र उनीहरूलाई धूमपान तथा निकोटिनबाट हुने असरहरूको रोकथाम गरौं’ भन्ने रहेको छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार सुर्तीजन्य पदार्थको सेवन गर्नेहरूमा कोभिड—१९ को संक्रमण गम्भीर देखिएको छ । सुर्तीजन्य पदार्थको सेवन गर्नेहरूको फोक्सोमा पहिले नै क्षति भइसकेको हुने हुँदा कोभिड—१९ ले उनीहरूको फोक्सोलाई अझै बढी असर पु¥याउने दाबी विश्व स्वास्थ्य संगठनको छ । धूमपान सेवन नसर्ने रोगहरू क्यान्सर, मुटुरोग, दम, खोकी, मधुमेहको कारण रहेको विज्ञहरू बताउँछन् । फोक्सो क्यान्सर रोगविज्ञ डा. अम्बुज कर्णका अनुसार क्यान्सर हुने प्रमुख कारणमध्ये धूमपान हो । त्यसमा पनि फोक्सोको क्यान्सरको ८० प्रतिशत कारण धूमपान र सुर्तीजन्य पदार्थ सेवन रहेको उनको उनको दाबी छ । सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि कानुन ल्याएको धेरै वर्ष भइसके पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने कानुनी व्यवस्था भए पनि व्यवहारमा लागू हुन सकिरहेको छैन । सुर्तीजन्य पदार्थको बट्टामा ७५ प्रतिशत चित्र घातक रोगहरूको राख्ने प्रावधान लागू भए पनि सरकारले ९० प्रतिशत राख्ने कार्यान्वयन हुन सकिरहेको छैन । त्यसैगरी सरकारले कुनै पनि सञ्चारमाध्यममा सुर्तीजन्य पदार्थको विज्ञापन गर्न निषेध गरेको छ । तर विभिन्न बहानामा सुर्ती उद्योगहरूले वालबालिका र युवायुवतीलाई प्रलोभन दिएर अप्रत्यक्ष विज्ञापन गर्ने गरेका छन् । यस्तै किसिममा प्रलोभनबाट युवा पुस्तालाई बचाउन सरकारले विशेष अभियान चाल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बताएका छन् । खतिवडाले धूमपानको लतमा नफस्न र यसको प्रभावबाट हुने मृत्युलाई न्यून गर्न सबैले आआफ्नो ठाउँबाट योगदान दिन आग्रह गरेका छन् ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ३० लाख जनसंख्यामा कुनै न कुनै किसिमको मृगौलाको रोग
Next article शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई विस्तार गरिने

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133185
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web