हेल्थ टुडे,
काठमाडौं ,१३, जेठ ः भक्तपुरस्थित धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई विस्तार गरिने भएको छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई विस्तार गरिने बनाउने भएको छ ।
अंग प्रत्यारोपण गर्ने उद्धेश्यले १० वर्ष अगाडी सरकारको लगानीमा स्थापना भएको सुरुमा मिर्गौला प्रत्यारोपण गरेको थियो । स्थापनाको केही वर्षपछि केन्द्रले कलेजो प्रत्यारोपण समेत सुरु गरिसकेको छ । केन्द्रमा हालसम्म हालसम्म ९०० जनाको मिर्गौला प्रत्यारोपण र ८ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ ।
अहिलेको अवस्थामा सबै बिरामीको मिर्गौला प्रत्यारोपण गर्न र सहज सुविधा दिनका लागि ७ वटै प्रदेशमा कम्तिमा पनि १ प्रत्यारोपण केन्द्र आवश्यक पर्ने सुझाव केन्द्रको छ ।
Leave a Reply