• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुदूरपश्चिम प्रदेशमा यसै आर्थिक वर्ष भित्र मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने

September 5th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुदूरपश्चिम प्रदेशमा यसै आर्थिक वर्ष भित्र मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने

पदमराज जोशी,
धनगढी, १९भदौ   : सुदूरपश्चिम प्रदेशमा यसै आर्थिक वर्ष भित्र मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको सहकार्यमा धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने छ । धनगढीमा भदौ १९ गते आयोजित कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं कलेजो तथ मिर्गौला प्रत्यारोपण विज्ञ डा.पुकारचन्द्र श्रेष्ठ र सेती प्रादेशिक अस्पतालका निर्देशक डा.हेमराज पाण्डेले मिर्गौला प्रत्यारोपण गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सुदूरपश्चिम सरकारका समाजिक विकास मन्त्री गोविन्द बोहोरा र सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. जगदीश जोशीको उपस्थितिमा भएको समझदारीमा यही आर्थिक वर्ष भित्र मिर्गौला प्रत्यरोपण सुरु गर्ने वाचा गरिएको छ । देशका सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने र डायलासिस सेवा विस्तार गर्ने सरकारको योजना अनुसार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सुदूरपश्चिममा पनि सेवा बिस्तार गर्न लागेको हो । सेती प्रादेशिक अस्पतालमा अहिलेसम्म मिर्गौलाका विरामीका लागि डायलासिस सेवामात्र उपलब्ध छ । प्रत्यारोपण सेवा उपलब्ध नहुदा यहाँका विरामीले प्रत्यारोपणका लागि कि काठमाडौं आउनु परेका छ भने नभए भारत जानु गरिरहेको छ । सुदूरपश्चिममा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न आवश्यक पर्ने पुर्वाधार विकासको लागि सहजिकरण, परामर्श र जनशक्तिलाई तालिम लगायतका क्षेत्रमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सघाउने समझदारी पत्रका उल्लेख छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले  गण्डकी प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन गरिसकेको छ । पोखरामा ३ जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.  श्रेष्ठका अनुसार निकट भविश्यमै कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नम्बर १ को विराटनगरमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने योजना केन्द्रको छ । धनगढीमा आयोजित कार्यक्रममा सुदूरपश्चिम सरकारका समाजिक विकास मन्त्री  बोहोराले सुदूरपश्चिममा मिर्गौला प्रत्यारोपणका लागि बजेट विनियोजन देखि आवश्यक पर्ने सहयोग गर्न मन्त्रालय तयार रहेको बताए । उनले यो पहलका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र,भक्तपुरका कार्यकारी निर्देशक डा.श्रेष्ठ सहितको टीमलाई धन्यवाद दिदै योजनाले चाडै मुर्त रुप पाउने विश्वास व्यक्त गरे । चार वर्ष पहिले २ वटा डायलासिस मेसिनबाट मिर्गौला रोगीको उपचार सुरु गराएको स्मरण गर्दै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र,भक्तपुरका कार्यकारी निर्देशक डा.श्रेष्ठले अहिले २२ वटा मेसिनबाट डायलासिस भइरहेको थाहा पाउदा खुशी लागेको बताउदै चाडै डायलासिस मेसिन पनि थप गरेर उपचार सेवा विस्तार गर्न केन्द्रले सेती प्रादेशिक अस्पताललाई सहयोग गर्ने बताए । कार्यक्रममा पूर्व मन्त्री  रमेश लेखक, प्रदेशकी पूर्व मन्त्री पूर्णा जोशी र प्रदेशका स्वास्थ्य निर्देशक डा. जगदीश जोशीको पनि उपस्थिति थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुर्तीजन्य पदार्थको प्याकेटको ९० प्रतिशत भाग चेतावनीमुलक रंगिन चित्रले छोप्नु पर्ने सर्बोच्चको फैसला
Next article डा. पुकार भन्छन, ‘आफ्नो गल्ती ढाकछोप गर्न दुव्यवहारको आरोप लगाइयो। ’

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132369
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web