• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

दोस्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन भव्यताका साथ काठमाण्डौमा शुरु

November 12th, 2022 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दोस्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन भव्यताका साथ काठमाण्डौमा शुरु

हेल्थ टुडे
दोस्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन भव्यताका साथ काठमाण्डौमा शुरु
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या, मन्त्रालय शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुुर र अंग प्रत्यारोण समाज नेपालको संयुक्त अयोजनामा मिति २०७९ कार्तिक २६ गते होटल एभरेष्ट, नयाँ बनेश्वरमा दोस्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलनको शुरुवात भएको छ । उक्त सम्मेलनमा अमेरिका, जापान, भारत, बंगलादेश, हल्याण्ड, बेल्जियम, स्लोभानिया तथा नेपालका ख्याति प्राप्त प्रत्यारोपण विज्ञहरु, र नेपालका स्वास्थ सँग सम्बन्धि विज्ञहरु, समाजसेवी, पत्रकार, कालाकार, कानूनविद तथा जिल्ला अस्पताल सम्मका अस्पताल प्रमुख र नर्सिङ्ग प्रमुखका सहभागिता रहेको छ । प्रत्यारोपण सम्बन्धि सम्मेलनले नयाँ प्रविधिको हस्तान्तरण र मस्तिष्क मृत्यू पश्चात हुने अंगदान तथा प्रत्यारोपण सम्बन्धि अनुभव आदान प्रदान हुने साथै अंग दान तथा प्रत्यारोपण कार्यले अझै प्रभावकारी रुपमा गति लिने विश्वास गरिएको छ ।
उक्त सम्मेलनमा नेपाली विज्ञहरुबाट १६ वटा कार्यपत्र र विदेशी विज्ञहरुबाट १२ वटा कार्यपत्रहरु प्रस्तुत हुने । उक्त सम्मेलनको नारा विकासोन्मुख मुलकहरुको लागि मूत्यू पर्यन्त अंगदान र प्रत्यारोपण भन्ने रहेको छ जसबाट विकासोन्मुख मुलुकमा रहेका अंगदान सम्बन्धि समस्या र सोको समाधान तथा मृत्यू पश्चात अंग दिन सकिने प्रवाधानको व्यापक प्रयोग हुने र विदेशी मुलुकमा जस्तै मस्तिष्क मूत्य्र पश्चात हुने अंगदान र प्रत्यारोपण कार्य सूचारु हुने विस्वास गरिएको छ ।
दुई दिनसम्म संचालन हुने सम्मेलनबाट देशका नीति निर्माण र कार्यान्वयन तहमा कार्यरत व्यक्तिहरु लाई नीति नियम तर्जुमा गर्न मार्ग दर्शन हुनेछ भने उपचारमा नयाँ प्रविधि र विज्ञताको प्रयोगले सर्वसाधारण प्रत्यक्षरुपमा लाभान्वित हुने कुरा आयोजक कमिटीका अध्यक्ष तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले बाताउनु भयो ।
उक्त सम्मेलनको उद्घाटन नेपाल सरकारका मुख्य सचिव शंकरदाश बैरागीबाट भएको थियो । मुख्य सचिव शंकरदाश बैरागीले नेपाल सरकारले मृर्गौला रोगीमा गरेको लगानीबाट उत्साहाजनक नतिजा देखिएको बताउनु भयो । कार्यक्रममा स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवद्वयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नसर्ने रोगको रोकथाममा गम्भीरता पूृर्वक लागेको र मृर्गौला रोगीलाई जस्तो अरु रोगहरु जस्तै मुटु, क्यान्सर लगायतमा राहत पुर्‍या प्रयासरत रहेको जानकारी गराउनु भयो । पहिलो मस्तिष्क मृत्यूबाट मृर्गैला ग्रहण कर्ता मिलन श्रेष्ठले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले समयमै मस्तिष्क मृत्यूबाट प्राप्त मृर्गैला प्रत्यारोपण गरी दिएकृोमा आफ्नो ज्यान बचेको र मानिसमा भविष्यमा यस क्षेत्रमा कार्र्य गर्ने इच्छा ब्यक्त गरे । साथै नेपाल सरकारको योजना अनुसार प्रत्यारोपण सेवालाई देशका ७ वटै प्रदेशमा विस्तार गर्ने र केन्द्रलाई प्रत्यारोपण सम्बिन्ध विशेषज्ञ उत्पादन गर्ने विशेषज्ञ प्रतिष्ठनको रुपमा विकास गर्ने प्रस्ताव अगाडी बढाइएको कुरा बताउनु भयो ।
नेपाल सरकारले मृगौला रोगीको लागि प्रत्यारोपण तथा डाइलाइसिस निशुल्क गरेको तथा शहीद धर्मभक्त राष्ट्रिय प्रतयारोपण केन्द्र स्थापना गरेको कारण विश्व स्वास्थ्य संघको २००८ को अध्ययन प्रतिवेदनमा ९० प्रतिशत भन्दा बढी मृर्गौला फल भएका व्यक्तिहरु केही महिनामा मृत्यू बरण गर्ने उल्लेख भएकोमा एक दशकको अन्तरालमा केन्द्रमा उपचार गराउनेहरु मध्ये प्रत्यारोपण गर्नेहरु ९८ प्रतिशत र डाइलाइसिस गर्नेहरु ९६ प्रतिशत बाँच्न सफल भएका छन् । यसबाट नेपाल सरकारको लगानीको सही सदुपयोग भएको पाइएको छ ।
केन्द्रका कार्यकारी निर्देशकले नेपालमा प्रत्यारोपण सम्बन्धि कानूनमा सुधार, सेवाको विस्तार, विश्वसनीयता र प्रत्यारोपण सेवा विस्तार गर्ने योजना, साथ सहयोगको बारेमा चर्चा गर्नु भयो । केन्द्रले विश्वस्तरीय प्रत्यारोपण सेवा प्रवाह गरिरहेको र देशका ७ वटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने योजना अनुरुप हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रको प्राविधिक सहयोगमा प्रत्यारोपण सेवा सञ्चालन गसिकिएको र निकट भविष्यमा नै सुर्खेत प्रादेशिक अस्तालमा शुरु गर्न लागिएको र क्रमशः देशका ७ प्रदेशमा यो सेवा विस्तार गर्ने बताउनु भयो । प्रत्यारोपण कार्यनेपाल सरकारको सफल कार्यक्रमको रुपमा हेरिएको छ र मृर्गौला रोगीहरु तथा स्वास्थ्यकर्मीहरु सरकार प्रति अत्यन्त आभारी भएका छन् । सम्मेलनले हाल प्रत्यारोपण सेवामा देखिएका कानूनी तथा प्राविधिक समस्याको हल गर्नका लागि मार्गदर्शक भूमिका निर्वाह गर्ने विश्वास आयोजकले लिइएको छ भने यो कार्यलाई अगाडी बढानको लागि यहाँहरु सबैको साथ सहयोगको अपेक्षासाथ भोलि मिति २०७९।०७।२७ गते समापन हुने कुरा डा श्रेष्ठले बताउनु भयो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर
२०७९।०७।२६

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मधेश प्रदेशमा ७ प्रतिसत जनताले मात्र गराए स्वास्थ्य बिमा
Next article डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134259
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

139
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

109
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web